ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

अर्घाखाँची, ३ वैशाख ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी भएको टिप्पणी गरेका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह बढेको महराको तर्क छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री महराले नेपालमा श्रमको मूल्य कमी भएकाले युवाहरू वैदेशिक श्रम बजारतर्फ आकर्षित भएको बताए । नेपालको श्रमको मूल्यले दैनिक गुजारा चलाउन नसक्ने समस्याले देश जनशक्ति विहीन हुँदै गएको बताउँदै मुख्यमन्त्री महराले श्रमको मूल्य बढाउन सकेमा नेपाली मात्र नभई विदेशी समेत आकर्षित हुनमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने बताउँदै जनतामा छाएको निराशालाई आशामा परिणत गर्ने बताउँदै लुम्बिनीको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

पूर्वराज्यमन्त्री सुशीला श्रीपाली, संघीय सांसद बिजुला रायमाझी, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दल बहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खड्काले विद्यालयको समग्र अवश्थाबारे चर्चा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ मान बहादुर पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ‘६० वर्ष प्रवेशसँगै शान्ती माविले हीरक महोत्सव मनाएको बताएका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?