ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

काठमाडौँ ।

गत वर्षमा विपद्जन्य घटनामा परेर चार सय ९३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । उक्त घटनामा एक हजार ६ सय १६ जना घाइते भएका छन् ।

कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएका थिए । विपद्जन्य घटनाका कारण कूल रु पाँच अर्ब ४२ करोड ५६ लाखको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले बताए ।

गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका विभिन्न घटना भएका थिए ।
गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी एक सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताए। मुलुकभर २०८० मा आगलागीका चार हजार ६१ घटना भएका थिए । त्यसमा परेर एक सय ६ जनाको मृत्यु भएको थियो भने पाँच सय ६ जना घाइते भएका थिए । कूल पाँच हजार एक सय ३० परिवार प्रभावित भएका थिए । आगलागीबाट रु दुई अर्ब ५२ करोडभन्दा बढीको क्षति भएको थियो ।

यसैगरी गत वर्ष दुई सय ५० वटा चट्याङका घटना भएका थिए । त्यसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने दुई सय २८ जना घाइते भएका थिए । जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा दुई सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिए ।

गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?