ट्रेंडिंग:

>> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

सुनछहरीमा ‘शून्य उजुरी’

चालु आवको चैत २७ गतेसम्म जिल्लामा ५५ वटा उजुरी परेका छन । जसमध्ये सबभन्दा धेरै सुनिलस्मृती गाउँपालिकामा १२ वटा उजुरी परेका छन । यसैगरि गंगादेव गापामा १०, त्रिवेणी गापामा ८, रुन्टीगढी र थवाङ गापामा ६/६ वटा उजुरी परेका छन् । रोल्पा नपामा ५, माडी गापा र लुंग्री गापामा ४/४ वटा उजुरीको संख्या छन् ।
३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

रोल्पा, ३ बैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रोल्पाको सुनछहरी गाउँपालिकामा हालसम्म शून्य उजुरी परेको छ । चालु आर्थिक वर्षको चैत २७ गते सम्म सो पालिकामा उजुरी संख्या शून्य रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको चैत २७ गतेसम्म जिल्लामा ५५ वटा उजुरी परेका छन । जसमध्ये सबैभन्दा धेरै सुनिलस्मृती गाउँपालिकामा १२ वटा उजुरी परेका छन् । यसैगरि गंगादेव गाउँपालिकामा १०, त्रिवेणी गाउँपालिकामा ८, रुन्टीगढी गाउँपालिका र थवाङ गाउँपालिकामा ६÷६ वटा उजुरी परेका छन । यसैगरि रोल्पा नगरपालिकामा ५, माडी गाउँपालिका र लुंग्री गाउँपालिकामा ४/४ वटा उजुरी परेका छन । यसैगरि चालु आर्थिक वर्षमा परिवर्तन गाउँपालिकामा पनि शुन्य उजुरी परेको छ ।
गत वर्ष जिल्लामा कुल २० वटा उजुरी परेका थिए । जसमा सुनछहरी गाउँपालिका र थवाङ गाउँपालिकामा शुन्य उजुरी परेका थिए । सो वर्ष गंगादेव गाउँपालिकामा सवभन्दा धेरै ६ वटा उजुरी परेको थियो । यसैगरि माडी गाउँपालिकामा ४ वटा, रोल्पा नगरपालिकामा ३ वटा उजुरी परेको थियो । सो वर्ष सुनिलस्मृती गाउँपालिका र परिवर्तन गाउँपालिकामा २/२ र त्रिवेणी, लुंग्री र रुन्टीगढी गाउँपालिका १/१ उजुरी परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगंज कार्यालयले जानकारी दिएको छ ।

गत वर्ष र चालु आर्थिक वर्षको चैत्र २७ गतेसम्म कुल ७५ वटा उजुरी परेकोमा हाल सम्म ३२ वटा उजुरी फच्छ्यौट भएको र ४३ वटा उजुरी फच्छ्र्याैट हुन बाँकी रहेका छन । जस अनुसार गत वर्ष परेका कुल २० उजुरी मध्ये ५ वटा फच्छर्यौट भएको र चालु आर्थिक वर्षका कुल ५५ उजुरी मध्ये २७ उजुरी फच्छ्र्यौट भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगंज कार्यालयले जानकारी दिएको छ ।

‘बेनामे उजुरी नलिए अख्तियारमा ताला ’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त जयवहादुर चन्दले अख्तियारमा वेनामे उजुरी नलिए अख्तियारमा ताला लाउने अवस्था आउन सक्ने वताएका छन । सदस्य चन्दले उक्त कुरा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धि अन्तक्र्रिया कार्यक्रममा बताएका हुन ।

हाम्रो जस्तो देशमा वेनामे उजुरी लिन छोड्ने हो भने अख्तियारका सवै कार्यालय ताल्चा लाउनुपर्ने अवस्थामा पुग्ने उनको भनाई छ । वेनामे उजुरी दिने कुरा प्रजातान्त्रिक भएको उनको भनाई छ । अख्तियारको अनुसन्धान पद्दती वैज्ञानिक रहेको बताउँदै अनुसन्धान वाहेक अख्तियारका अन्य सवै काम पारदर्सि रहेको वताए । अनुसन्धानलाई पारदर्सि गराउन मिलेन अन्य सवै काम पारदर्सि छन चन्दले भने ।

अख्तियारसंग जो आतंकित हुन्छ उसले कुनै न कुनै अख्तियारको दुरूपयोग गरेको हुन सक्ने वताए । अन्यथा अख्तियारसंग किन डराउनु पर्ने सदस्य चन्दले प्रश्न गरे । जवाफदेहीता शुसासनको मुलमन्त्र भएको वताउदै जवाफदेहिता वढे भ्रष्टचार घट्छ सदस्य चन्दले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सीता आचार्यले भ्रष्टाचारका कारण व्यवस्था माथि नै प्रश्न उठेको वताउदै यसलाई सवै मिलेर न्यूनिकरण गर्नुपर्ने वताईन । कानून सम्मत तरिकाले काम गरे अख्तियार नलाग्ने बताउँदै, अख्तियार लागेका कारण कैयौं योजना अलपत्र वनेको उनको भनाई थियो । कागजमा मिलाउन जाने भ्रष्टाचार नहुने, मिलाउन नजाने भ्रष्टाचार हुने गरेको प्रमु आचार्यको भनाई थियो । अख्तियारमा उजुरी पर्ने वित्तिकै दोषी नहुने वताउदै, राम्रा काम भएका कैयन ठाउँमा पनि अख्तियारमा उजुरी परेको आचार्यको भनाई थियो ।

अन्तरकृया कार्यक्रममा रोल्पा नगरपाकिामा नगर प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख जिल्ला अधिकारी खिमवहादुर रायमाझी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव रमेश कुमार केसीले पनि वोलेका थिए । कार्यक्रममा जिल्लाका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?