ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

दाङ, ३० चैत ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोईरालाले संविधानमा उल्लेख भएको निर्वाचन प्रणालीको गलत प्रयोग हुन थालेकाले मुलुकको विकासको वाधक बन्दै गएको हुँदा सच्याउन ठूला दल लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै वरिष्ठ नेता डा कोईरालाले मिश्रित निर्वाचन प्रणालीका कारण अहिले कुनै पनि दलको बहुमत आउने अवस्था नबन्दा मुलुक अस्थिरता तर्फ धकेलिने क्रम बढेको हुँदा मुलुकको हीतका लागि अब दुई ठूला दल एक ठाउँमा आउनु पर्ने बताए । उनले स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिँदै निर्वाचन प्रणाली बदल्न लाग्नुपर्ने तर्क गरे । आफूले देशको नियति देख्न नसकेर यसकै लागि कोशी प्रदेशबाट आँट गरेको खुलासा पनि गरे । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताए ।

‘लामो सामय लगाएर लेखेको संविधानको अपव्याख्या गर्दै अघि बढेका केही दलका कारण देश बन्धक बन्न हुँदैन, जो अभ्यास अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेताबाट भईरहेको यही प्रणाली नै मुलुकको विकासको वाधक हो’ उनले भने ‘अहिले कुनै पनि दलको एकल बहुमत आउने अवस्था छैन, अनि मुलुक अस्थिर बन्छ । जुन नियति अहिले देशमा ज्वलन्त उदाहरण बनेको छ ।’

नेपाल र नेपालीको पक्षमा काम गर्न स्थिर सरकारका लागि नेपाली कांग्रेस र एमाले अब एक ठाउँ उभिनुपर्छ ,उनले भने ‘निर्वाचनको समावेशी व्यवस्था वैज्ञानिक बनाउनुपर्छ । शासकीय स्वरुप बदल्न अब दुई ठूला दल एक ठाउँमा आउनु पर्छ । यसकै लागि मैले कोशी प्रदेशबाट आँट गरेको हुँ । नेतृत्वले पहिलो प्राथमिकता राष्ट्र बन्नु पर्छ भन्नेमा म स्पष्ट छु । यो कामको थालनी मबाट शुरु भईसकेको छ ।’ देशका लागि अहिले स्थिरता, सुशासन अनि आर्थिक विकास चाहिएको बताउँदै सरकारको नेतृत्वकर्ताबाट यो काम हुन नसकेको बताए । देशको अवस्था एकातिर अनि नेतृत्वकर्ता अर्को बाटोमा हिँडेर मुलुक नबने उनले बताए ।

नेपालको आर्थिक क्षेत्र कमजोर बन्दै जाँदा व्यापार व्यवसाय खस्कँदो अवस्थामा पुगेको उनको भनाई थियो । ‘देशमा व्यापार गर्ने पचास प्रतिशत सटर बन्द छ । उत्पादन क्षेत्र लगानी भएन, गलत ठाउँमा लगानी भयो अहिले आर्थिक स्थिति नाजुक बन्यो । पैसा चलायमान बन्न सकेन अनि कसरी देशको अर्थतन्त्र चलायनमान बन्छ, नेतृत्वले सोँच्नु पर्दैन’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पार्टीमा अनुशासित एकता चाहिएको बताए । संविधानमा उल्लेख गरिएका विषयको ईमानदार प्रयोग हुन नसक्दा देशले दुख पाईरहेको बताए । अब यी सबै कुरा सच्याउन बलियो कांग्रेस निर्माण लाग्नुपर्ने बताए ।

पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलले राजनीतिक रुपमा अपराधीलाई उन्मुक्ति दिने प्रवृत्ति गलत रहेको हुँदा यसबाट कांग्रेस अलग रहन सक्नुपर्ने बताउनुभयो । ‘राम्रो काम गर्ने निरुत्साहित हुने प्रवृत्ति प्रति नेतृत्व सजग हुनुपर्छ’उनले भने ‘समानुपातिकका नाममा परिवारवाद हावी हुदै गएको छ । समानुपातिक प्रतिनिधित्वको गलत प्रयोगबाट सच्चिनु पर्छ ।’

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले हिजो माओवादीलगायत दलसँग गठबन्धन गर्दा गरिएको वाचाबाट कांग्रेस विचलित नभएको बताए । जनभावनालाई आत्मसात गरेर अघि बढेको हुँदा बलियो कांग्रेस बनाउने शक्ति मिलेको तर्क गरे ।

केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीको विधान परिमार्जन जरुरी रहेको औँल्याए । उनले वडा, क्षेत्रमा कार्य समिति बैठक बस्न नसकेको, एउटा कार्य समितिले अर्को कार्य समितिलाई नचिनेको कुराको ध्यानाकर्षण गराए । सम्मेलनलाई कांग्रेसका विभिन्न तहका नेताहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिवद्वय अर्जुनकुमार योगी र बालिका लम्सालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?