ट्रेंडिंग:

>> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

हरेक नेपाली युवाहरूको अन्तिम गन्तव्य सोध्यो भने तुरुन्तै जवाफ पाइन्छ– विदेश । पढाईका लागि होस् या रोजगारीका लागि उनीहरूले विदेश नै रोज्न थालेका छन् । नेपालमा बसेर कुनै किसिमको प्रगति गर्न नसकिने कुराले युवापुस्ताको मथिङ्गललाई राम्रैसँग गाँजेको पाइन्छ । कुनैपनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भूमिका निकै महत्वपूर्ण हुन्छ । राज्यले युवाहरूको जोस, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति शून्य हुन्छ । एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ । युवाशक्तिको अभावमा मुलुकको कुनैपनि क्षेत्रमा विकास हुन सकेको छैन । त्यतिमात्रै होइन गाउँघर पनि शून्यप्रायः देखिन थालेका छन् भने चहलपहल निकै घटेको छ ।

बेरोजगारी समस्या, आर्थिक समस्या, शैक्षिक क्षेत्रको अस्तव्यस्त नीतिका कारणले १८ देखि ३० वर्षसम्मका युवाहरू रोजगारीको सिलसिला तथा अध्ययनको सिलसिलामा विदेशिने क्रममा छन् । कक्षा ११÷१२ पास गरिसकेपछि नेपालबाट प्रत्येक दिन रोजगारी र अध्ययनको सिलसिलामा औसत २ हजार ५ सयदेखि ३ हजारसम्म युवा जनशक्ति रोजगारी तथा अध्ययनको सिलसिलामा युरोप एवं मलेसिया, खाडी मुलुक लगायतका देशहरूमा जाने गरेका छन् भने अध्ययनको सिलसिलामा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापानजस्ता सम्पन्न मुलुकहरूमा जाने गरेको सरकारी तथ्याङ्कहरूले देखाउँछन् । खुल्ला सिमाना भएका कारण दोस्रो देशमा र सो देश भएर युद्धग्रस्त मुलुक र श्रम स्वीकृति नभएका देशहरूमा विदेशिनेहरू पनि धेरै छन् । जसको प्रत्यक्ष प्रमाण अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने प्रत्येक दिनको बाक्लो भीडले जनाउँछ ।
युवाहरूलाई आफ्नै देशमा रोक्न राज्यले कुनै किसिमको तयारी गरेको देखिदैन । नागरिकहरूलाई रोजगारी दिने कुनै स्पष्ट योजना देखिदैन । प्रजातन्त्रको करिब ३४ बर्षको दौरानमा एउटा पनि नयाँ उधोगधन्दा खोलिएको छैन । बरु भएका उद्योगहरू समेत राजनीतिक हस्तक्षेपको कारणले बन्द भएका छन् । एकातिर यही युवावर्गले विदेशी भूमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निरासा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्था छ । मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले स्पष्ट योजना बनाउनेतर्फ ध्यान दिन नसक्नु नेपाल र नेपालीको लागि विडम्बना नै भन्नुपर्छ । नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकास गर्न जरुरी छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुनुपरेको हो । थुप्रो संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगार दिई मुलुकलाई समृद्धिको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु आवश्यक छ ।
स्वार्थले निर्लिप्त भएका राजनीतिक दलहरू र तिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भाबनालाई लत्याएको अवस्था छ । समयको माग र नागरिकहरूको चाहाना बुझ्न नसक्ने राज्य जनताका समस्याहरूमा पूर्णतः बेखबर रहेको देखिन्छ । अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनीतिक अभ्यासमा अभ्यस्त छ । हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था केही व्यक्ति र समूहको लागि मात्र दुहुनो गाई भएको छ । आम नागरिकहरूको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गइरहेको अवस्था छ । गाउँका घरहरू क्रमशः सुनसान बन्दै गइरहेका छन् । मुलकमा तीब्र राननीतिक परिवर्तन त भयो तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन । राजनीतीले देश बनाउने होइन, देश त नागरिकहरूले बनाउने हो भन्ने यथार्थलाई बुझ्न अब राज्यले ढिला गर्नुहुँदैन । अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ । नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका संभावनाका क्षेत्रहरूमा योजनाकासाथ कार्यक्रमहरू तय गरी नवीन जोश तथा जागरका सम्बाहक युवाहरूलाई स्थान दिईनुपनि आवश्यक छ ।
विभिन्न आकांक्षाहरू राखि विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खोल्नका लागि कृषि र पशुपालनमा आधुनिक तरिकाले व्यवसाय गर्नको लागि राज्यले योजना बनाउन आवश्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्धविच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । किनकि यस्तोे कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री, त्यो पनि आयातित गैरखाद्य वस्तुमा बढी खर्च हुने गरेको छ । र, यसको अर्को दुःखद पाटो पनि छ । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि हामी भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ जसले गर्दा यहाँबाट विप्रेषण भारत जाने गरेको छ ।

युवावर्गको जोश, जाँगर र सीपलाई सहि ढंगले उपयोग नगरेसम्म देश विकासको कल्पना ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै देखिन्छ । युवाहरूलाई आफ्नै देशमा आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनैपनि युवा रहरले विदेश जादैन । स्वदेशमा नै काम, दाम र मामको व्यवस्था भएमा विदेशी भूमिमा श्रम वेच्न युवाहरू जाँदैनन् । उनीहरूको विदेश मोह स्वतः भंग हुन्छ । विदेशको भूमीमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा पूर्णविराम नलागेमा केहि वर्षमै देशको हरेक क्षेत्र नराम्रोसंग थला पर्ने निश्चित छ । यसरी बिदेशिने युवाहरूलाई आर्थिक उन्नतिको मेरुदण्डको रूपमा रहेको कृषिमा आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरूलाई सीप र क्षमतामा विकास गरि सीप र क्षमता अनुसारको काममा युवालाई स्वदेशमै रोजगारी दिलाई उनीहरूका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ ।

राज्यले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर युवाहरूलाई सहज र सरल योजना पनि दिन सकिरहेको छैन । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुन् या नसिकेका हन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि ढिलासुस्ती नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यवहारिक योजना ल्याई हाम्रा युवाहरूलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउदै देशमा पनि केहि गर्न सकिन्छ भन्ने कुरामा निर्धक्क गराउनु पर्ने अहिलेको आवश्यकता देखिएको छ । उजाडिँदै गएका गाउँघरका वस्तीहरूमा आशाका सुनौला किरणहरू छर्न कत्तिपनि ढिलाइ गरिनु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?