ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’

३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

बुटवल, ३० चैत । रूपन्देहीको देवदह नगरपालिका खैरेनी बजारदेखि ३ किलोमिटर मात्रै उत्तर पहाडको छेवैमा रहेको ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ पछिल्लो समयमा स्थानीयहरूको रोजाईमा पर्ने गरेको छ । देवदह नगरपालिका वडा नम्बर ६ ज्योतिनर खैरेनीमा रहेको यो पार्कमा वि.सं. २०७६ साल जेठ ८ गते देखि १६ गते सम्म राष्ट्रिय काष्ठकला कार्याशाला समेत आयोजना गरिएको थियो । जसबाट पार्कमा अहिले काठमा कुदिएका विभिन्न आकृतिहरू रहेका छन् । विभिन्न कलाकारहरूले निर्माण गरेका यो आकृतिको कारण विभिन्न स्थानबाट मानिसहरू अवलोकनको लागि आउने गरेका हुन ।

बुद्ध सामुदायिक वनको स्वामित्वमा रहेको कुल ४ हेक्टर क्षेत्रफलमा पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम पार्क निर्माण गरिएको हो । पार्कमा खासगरी गौतमबुद्ध संग सम्बन्धीत विभिन्न काष्ठकलाका आकृतिहरू राखीएका छन् । सबै काठले कुँदीएका आकृतिमा पहेलो (सुन) रङ्ग पोतिएको छ । जसको कारण कतिपय स्थानीयहरूले सुन पार्क समेत भनेर चिन्ने गरेको पाइएको छ ।
वनमा कुहिएर खेर गएका काठ, मुढाहरूबाट सुन्दर मूर्ति बनाएर सजाइएको कारण यसले थप आकर्षण समेत थपेको छ ।

आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना लगायतका आकृतिहरू रहेका छन् । पार्क भित्र पिकनिक खानेको लागि समेत विभिन्न सेडहरू निर्माण गरिएका छन् । पार्कले पर्यटकको लागि २० रूपैयाँ शुल्क निर्धारण गरेको छ भने, शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागगरिकहरूलाई भने टिकट निःशुल्क गरिएको छ ।

देवदह नरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा मगरका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जाल लगायतबाट पार्कको प्रचार प्रसार भएकोमा खुसी व्यक्त गरे । उनले पार्कलाई देवदहकै गौरवको पार्कको रूपमा विकास गर्ने गरी योजना बनाइएको जानकारी दिँदै यसको लागि नगरपालिका वडा बाट के कस्तो योजना बनाएर अगाडि बढाउन सकिन्छ भन्ने विषयमा योजना बनाएर अगाडि बढ्ने समेत जानकारी दिए ।

पार्क संचालन हुन थालेपछि जिल्ला भित्र र बाहिरबाट पर्यटकहरू रमाइलो गर्न आउन थालेको अध्यक्ष टेक बहादुर रानाले जानकारी दिए । गौतमबुद्ध सामुदायिक वन अन्तर्गत रहेको यो उद्यानमा जिल्ला वन कार्यालयको सहयोगमा चेक ड्याम समेत बनाएर स–साना बालबालिकाहरूको लागि डुङ्गा समेत चलाउने योजना बनाइएको अध्यक्ष रानाको भनाइ छ ।

गर्मी मौसम भएको कारण केही समस्या भएपनि दैनिक १ सयदेखि १ सय ५० जना आन्तरिक पर्यटक पार्कमा आउने गरेको उनको भनाइ रहेको छ । जाडोको समय र पर्व वा बिदाको दिनमा भने पर्यटकहरूको बाक्लो उपस्थिती रहने अध्यक्ष रानाको भनाई रहेको छ ।
पार्कलाई थप आकर्षक बनाउनको लागि पार्कको वाल निर्माण समेत काम सुरुवात गरिएको र अगामी दिनमा जीप लाईन सञ्चालन गरिने समेत योजना रहेको अध्यक्ष रानाको भनाइ छ । उनी भन्छन्–‘हामी आगामी दिनमा वाल पुरा गरेपछि जीपलाईन लगायतका अर्को थप ८ हेक्टर क्षेत्रफलमा पिकनिक सेड निर्माण गरी काम अगाडि बढाउने योजना बनाएका छांै ।’

पार्कलाई देवदहकै नमुना पार्कको रूपमा विकास गर्ने गरी योजना बनाएर अगाडि बढेको अध्यक्ष रानाको भनाइ छ । पर्यापर्यटनका रूपमा काम भइरहेको यस वन क्षेत्रमा पर्यटकलाई लक्षित गरी बाल उद्यान निर्माण गरिएको जानकारी दिँदै उनले अगामी दिनमा थप आर्कषक बनाउनको लागि के कस्तो पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएर अगाडि बढ्ने समेत जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?