ट्रेंडिंग:

>> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली

हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

रुकुमकोट, २९ चैत ।

नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले नेपालका हरेक परिवर्तनको नेतृत्व नेकपा एमालेको विचारले निर्देशित गर्दै आएको बताएकी छन् ।

नेकपा (एमाले) रुकुम पुर्वको नवौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले २०४६÷०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस कि २०५२ सालदेखि सुरु भएको युद्ध ठिक होइन, शान्तिपुर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने बिचार होस्, या त २०६२÷०६३ सालको जनआन्दोलन तथा संविधान जारी गर्ने कुरामा नेकपा एमालेको नीति र बिचार अनुसार सफल भएको बताइन् ।

अर्यालले नेकपा एमाले पहिचान बिरोधी नभएको र सबै जाती सबै भाषा, लिङ्ग, धर्म, सस्कृती, धार्मिक सहिष्णुता सहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र रास्ट्र निर्माण हुनुपर्छ भन्ने बिचार नेकपा एमालेको भएको बताइन् । नेपालको संविधान आफुले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको बताउँदै सचिव अर्यालले इतिहास सही ढङ्गले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन आग्रह गरिन् ।

अर्यालले राजनीतिक अस्थिरताका कारण आज आम जनता निराश हुनु परेको बताउँदै जसको थोरै सिट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताइन् ।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि दुई कित्ताको राजनीतिक धुर्वीकरण आवश्यक भएको बताइन् । उनले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै कार्यकर्तालाई आन्तरिक प्रतिष्पर्धा नभई एमाले बिरुद्धको मोर्चाबन्दी र घेराबन्दी तोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गरिन् ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्युरो सदस्य खेममान खड्काले बिगतका दिनको समिक्षा र आगामी कार्ययोजना बनाउने यो अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताए ।

अधिबेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउदै आएको बताए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पुर्व इन्चार्ज नवीन रोका मगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पच्छिम अध्यक्ष नन्दराम देवकोटाले सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?