ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

नवलपुर, २९ चैत ।

आगलागीको घट्ना र त्यसबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरणका लागि नेपाल रेडक्रस सोसाईटीले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । यसैबिच रेडक्रसले डिभिजन वन कार्यालय नवलपुरको सहकार्यमा आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास गरेको छ ।

अभ्यासमा वन कार्यालय, रेन्जर पोष्ट, प्रहरी, जुनियर युवा रेडक्रस स्वयम्सेवक, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, आमा समूह, क्लब, स्थानीय विपद न्यूनिकरण समितिका सदस्यहरु गरी १ सय ५० जना सहभागी थिए । अभ्यासमा आगलागी रोक्न गर्नुपर्ने भूमिका, आगलागी भएको बेलामा महत्वपूर्ण सामानहरुको जतन गर्ने तरिका, मानवीय क्षति न्यूनिकरणमा सरोकार वालाहरुले खेल्नुपर्ने भूमिकाका विषयमा अभ्यास गरिएको थियो ।

जापानिज रेडक्रस सोसाईटीको सहयोगमा रेडक्रस सोसाईटी नवलपुरले विनयी त्रिवेणीमा समुदायको अगुवाईमा विपद जोखिम न्यूनिकरण परियोजना ३ वर्ष देखि सञ्चाल गर्दै आईरहेको सोही परियोजना अन्तरगत आगलागी कृतिम घट्ना अभ्यास गरिएको उपसभापति उमा भुषालले जानकारी दिइन् ।

विनयी त्रिवेणी गाउंपालिका ७६ प्रतिशत वन क्षेत्रले ओगटेकोले आगलागीको उच्च जोखिम रहेको र यतिवेला खडेरीको समय पनि भएकाले यसलाई रोक्न, मानवीय र धनजनको क्षति न्यूनिकरण गर्न सवै एक जुट भएर लाग्न विनयी त्रिवेणी गाउंपालिकाका प्रमुख घनश्याम गिरीले आग्रह समेत गरेका छन् ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले नवलपुर आगलागीको जोखिम मध्ये नेपालकै सोह्रौं स्थानमा रहेकोले यसको रोकथामका लागि समुदायको सकृयताले मात्रै सम्भव हुने बताए । नवलपुरमा यस वर्ष एक दुई स्थानमा छिटफुट घट्ना वाहेक खासै ठूलो वन डढेलो आगलागी नभए पनि गर्मी शूरुवातसंगै जोखिम बढ्दै गएकाले सवै सरोेकारवालाहरु चनाखो भएर न्यूनिकरण अभियानमा जुटन डिएफओ अधिकारीले आग्रह गरेका छन् ।

विनयी त्रिवेणी गाउपालिकाका पुर्वप्रमुख डम्बर वहादुर जिसी, रेडक्रस सोसाईटी गण्डकी प्रदेश सदस्य रेखा अधिकारी, नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपाने, उपमन्त्री निराजन चौधरी, जुनियर युवा रेडक्रस जिल्ला समिति संयोजक केबी राना, रेडक्रस जिल्ला सदस्य दुर्गा लक्ष्मी काफ्ले, परियोजना लेखा प्रशासन अधिकृत सुस्मिता आचार्य, रेडक्रसकर्मी शशिधर कंडेल, विनयी त्रिवेणी–४ का वडाअध्यक्ष साहिल श्रेष्ठ, पुर्वअध्यक्ष, गोपाल प्रसाद अधिकारी, वडा सदस्यहरु, मध्यविन्दु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चेतन प्रसाद पौडेल लगायतले समेत कृतिम घट्ना अभ्यासमा सहजीकरण तथा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?