ट्रेंडिंग:

>> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला

२९ चैत्र २०८०, बिहीबार
२९ चैत्र २०८०, बिहीबार

विराटनगरमा रहेको एमएम प्लाष्टिक उद्योगमा साउनको अन्तिम साता आगलागी हुँदा करिब तीन करोड रूपैयाँ बराबरको क्षति भएको थियो । झापा मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा मङ्सिर ८ गते आगलागी हुँदा रु ३५ लाखको क्षति र १० टन कच्चा पदार्थ नोक्सान भएको केही समयपछि मङ्सिर १७ गते नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा–८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आगलागी हुँदा करोडौको क्षति भयो । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठूलो प्लाई उद्योगमा फाल्गुन २८ गते आगलागी हुँदा करोडौ रूपैयाको कच्चा तथा उत्पादित पदार्थ र मेशिनरीमा क्षति पुगेको थियो, त्यो आगो निभाउन ७ वटा दमकललाई आधा दिन लागेको थियो । यसैगरि चैत्र २४ गते ललितपुरको हात्तीवनस्थित एक सोफा उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । व्यवसायिक क्षेत्रमा यो वर्ष भएका केहि आगलागिका यो प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्ला १२ महिनाका समाचारहरूलाई अध्ययन गर्दा नेपालका विभिन्न जिल्लाहरूमा रहेका विभिन्न किसिमका उद्योग व्यवसायिक प्रतिष्ठानमा २५ लाख भन्दा बढी क्षति पु¥याएका ८० भन्दा बढी आगलागीका घटनाहरू भएको देखिन्छ । साना पसल र उद्योगहरूमा भएको तथा ५ लाख भन्दा कम क्षती भएका आगलागीहरूलाई गणना गर्ने हो भने यो संख्या २०० को हाराहारीमा पुग्छ ।

नेपालमा औद्योगीकरणको शुरुवात भएको ९ दशक भैसकेपनि औद्योगीकरणको गति निकै सुस्त छ । यति हँुदाहँुदै पनि २०७९ फाल्गुन मसान्तसम्म नेपालमा उद्योग विभागमा ८ हजार ९ सय ४७ उद्योग दर्ता भएका छन् र यी मध्ये ३७.४ प्रतिशत उत्पादनमुलक उद्योगहरू रहेका छन् । त्यसैगरी घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत देशभर ६ लाख ७३ हजार २४४ उद्योगहरू दर्ता भएका छन् (आर्थिक सर्वेक्षण २०७९/२०८०) । औद्योगिक विकास सुस्त भएपनि नेपालमा साना ठूला व्यापारिक प्रतिष्ठानहरूको संख्या तीव्रदरमा वृद्धि भैरहेको छ । सबै नगरपालिकाहरू र नगरोन्ंमुख क्षेत्रमा विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरू वर्षेनी थपिदै गएका छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानहरू थपिदै गैरहदा नेपालमा ति प्रतिष्ठानमा हुने आगलागी समेत वर्षेनी बढ्दै गैरहेको देखिन्छ ।

नेपालमा व्यवसायिक क्षेत्रमा भएका अधिकांश आगलागीहरूमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रूपले हुने आगलागीबाट उद्योग र पसलहरू आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरू जल्ने, विद्युतबाट चल्ने उपकरणहरू विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुदा मेशिनहरू जल्ने , कमसल तार तथा कमजोर वायरिंगको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउछाउमा फैलिदा समेत आगलागी भैरहेको छ । अधिकांश पसलहरूमा रातीको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुदा विद्युतिय उपकरणहरू बन्द नगरि हिड्ने प्रवृति धेरै व्यापारीहरूमा छ । यसरि खुला राखिएका उपकरणमा रातिको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुदा आगो लाग्ने गरेको छ । त्यसैगरी लोड सेडिङ्गको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरू निभाउन विर्सदा पनि त्यस्ता वस्तुबाट विस्तारै छेउछाउका वस्तुमा आगो सल्कदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्यास, बारुद जस्ता प्रज्वलनशील पदार्थहरू भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरूमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अतिकम मात्रामा भएको देखिन्छ ।

व्यापारिक पसलहरूमा तुलनात्मक रूपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेशिनहरू, कच्चापदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संसाधनमा समेत अपुरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यवसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाइ औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने , उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरूलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यवसायिक प्रतिष्ठानहरूले गर्नु आवस्यक मानिन्छ । ग्यास, पेट्रोलियम पदार्थ, प्लास्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरूले अनिवार्य रूपमा आगलागीको सुचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरूलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकिन्छ । औद्योगिक व्यवसाय ऐन २०७३को दफा २२ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दिन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ ।

उद्योग व्यवसायमा अहिलेसम्म अरबौ रूपैयाँ लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरू नअपनाउदा वर्षेनी धनजनको अपुरणीय क्षति हुने गरेको छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्वतयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठान नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरूले विशेष ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?