ट्रेंडिंग:

>> स्थानीय तहमा यो वर्ष मात्रै ३० अर्ब ८३ करोड बेरुजु >> महालेखा प्रतिवेदन: एक बर्षमै थपियो २ खबर बेरुजु, कुल ११ खर्ब ८३ अर्ब पुग्यो >> चेक लिएर घुस खाने गुठीका कर्मचारी दोषी ठहर >> सहकारी ठगीविरुद्ध कांग्रेस सडक आन्दोलनमा >> सिरोहियाको पक्राउ व्यक्तिगत रिसिइबीमा : झांक्री >> सहकारी ठगीमा गृहमन्त्रीमाथि छानवीन हुनुपर्छ : ज्ञानेन्द्र >> सरकारको रवैया निरंकुशताउन्मुख : गगन >> कांग्रेसको विरोधकाबीच नीति तथा कार्यक्रम पारित >> एमाले पाल्पाको नेतृत्व सर्वसम्मत >> संस्कृति संरक्षणमा पुल बन्दै सम्पर्क समाज >> युनाइटेडलाई एफए कपको उपाधि >> सहकारी ठगीविरुद्ध कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै >> गुजरातमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु >> दुर्घटना न्युनीकरण र मर्यादित यात्रामा जोड >> बालीघरे ‘हजाम’ बाट मोहनको सैलुन क्रान्ति >> संस्कृति जोगाउन टप्पा र सिंगारु नाच प्रतियोगिता >> कृषि अनुदानको पुनरावलोकन होस् >> राजनीतिले धर्म छाडेपछि यस्तो हुँदो रहेछ ! >> चक्लाबन्दीमा लोभलाग्दो मकै खेती >> प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी >> भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा >> ‘कुसुण्डा समुदायको उत्थानका लागि स्थानीय सरकार गम्भीर छ’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फ्रीडम फाउन्डेसन कपिलबस्तुले दस जनाको निशुल्क उपचार गर्ने >> डिजिटल मार्केटिङ्ग अभिमुखिकरण >> विरेन्द्रनगरमा ‘मेयरसँग महिला किसान’ >> स्वतन्त्र प्रेस चाहिन्छ : प्रधानन्यायाधीश >> रुपन्देहीको ड्राइभरटोल र जितगढीमा भएका दुर्घटनामा दुईजनाको मृत्यु >> अल्सरका कस्ता हुन्छन् लक्षण ? >> प्रहरी हिरासतमा रहेका कैलाश सिरोहिया अस्पताल भर्ना >> गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? >> छिपछिपे सहकारीको रकम हिनामिना : सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस >> आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा >> बजेटमार्फत माग सम्बोधन गर्न मुक्त कमलरीको सरकारलाई ध्यानाकर्षण >> नवलपुरमा फेरि पाटेबाघको मृत्यु >> बगर बरदान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल, २८ चैत । न्यु होराइजन कलेज (होराइजन जिविएस)का कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुको बिदाई तथा शुभकामना कार्यक्रम गरिएको छ । कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भव्य समारोहबीच शुभकामना तथा विदाई कार्यक्रम गरेका हुन ।

कार्यक्रमको तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष फर्सुराम गिरीले उद्घाटन गर्दै होराइजन गौतम बुद्ध मा.वि तिलोत्तमा नगरपालिका भित्रको नीजि लगानीको राम्रो शैक्षिक संस्था भएको भन्दै राष्ट्रिय,अन्तर्राष्ट्रिय छवि बनाउन सफल भएको बताए । कक्षा १२ पछिका लागि होराइजन ब्रान्डका रुपमा भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत बाबुराम भण्डारीले गुणस्तरीय शिक्षासंगै प्रयोगात्मक, अतिरिक्त क्रियाकलापमा विद्धालयका विद्घार्थीहरु उत्कृष्ट रहेको बताए । दुई वर्षको मेहनतको परिक्षाको घडि अगाडी आएको भन्दै उनले उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । परिक्षामा नदेखिने ब्यक्तित्व विकास, संस्कार, संस्कृतिमा समेत सिकाई उपलब्धि होस भन्ने शुभकामना दिए ।

कार्यक्रममा न्यु होराइजन संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले राष्ट्रकै नेतृत्वदायी संस्था भएको र यसबाट अध्ययन गरेका तमाम विद्यार्थी डाक्टर इन्जिनियर, सि.ए.लगायत विभिन्न वित्तीय संस्थाहरूलाई नेतृत्व दिन सक्ने जनशक्ति उत्पादन गरीसकेको बताए ।

कार्यक्रममा बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, न्यु् होराइजन मातृसंस्थाका उपप्राचार्य बासुदेव अर्यालय, राजिव श्रेष्ठ, प्राध्यापक डा. नारायणप्रसाद पन्थ, डा. तारानाथ भट्टराई, प्रदिप अर्याल, प्रकाश घिमिरे, लक्ष्मणप्रसाद गौतम, रुद्र भुसाल क्षितिज इन्टरनेशनल कलेजका शैक्षिक निर्देशक राजेन्द्र लम्साल, संयोजन अतिरिक्त व्रिmयाकलाप प्रमुख डा. मुरारि पराजुली, रुद्र भुसाल, विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यले विद्यार्थीको सही मूल्याङ्कन ग्रेडसिटमा लेखिएको ग्रेडमा निर्धारण नहुने बताए ।

कार्यक्रममा कक्षा १२ को रशायनशास्त्र, गणित, भौतिकशास्त्र आदी विषयको परियोजना कार्य (प्रोजेक्ट वर्क) मा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयभन्दा बाहिर सञ्चालित विभिन्न अतिरिक्त व्रिmयाकलापमा प्रथम, द्वितीय एवम् तृतीय हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । यसैगरी होराइजन गौतम बुद्ध मा.वि.मा कक्षा ११ र १२ अध्ययन गरी पाइलट कोर्स पुरा गरेकी छात्रा दिक्षा भट्टराईलाई पनि सम्मान गरिएको थियो । कक्षा ११ र १२ को अध्ययन पछि विभिन्न विधामा पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई जनप्रिय गायक वैकुण्ठ महत, कलाकार शिलु भट्टराई तथा विद्यालयका सङ्गीत प्रशिक्षक शुसिल आचार्य, विद्यार्थी, शिक्षक र कर्मचारी कलाकारका बेजोड प्रस्तुतीहरु रहेका थियो । गौतम बुद्ध सेकेन्डरी स्कुलका विद्यार्थी परिषद्का उपाध्यक्ष एवम् कक्षा ११ व्यवस्थापन विहानी समूहका छात्र निकेश मल्ल ठकुरी, कविता पौडेल, प्रकृती सुवेदी, वंशिका न्यौपानेले कार्यक्रमको जिम्मेवारी अनुसार काम गरेका थिए ।
कक्षा नर्सरीदेखी १० सम्मको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम समेत चलेको प्राध्यापक कृष्णप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?