ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बैशाख १ गते ग्राण्ड ओपनिङ हुंदै ४० करोड लगानीको दि क्राउन इन होटल

‘ठेक हैन खेप’ को सिद्धान्तमा पांचतारे सरहको सेवा सस्तोमा बेचेर अघि बढ्ने लक्ष्य
२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल,२८ चैत ।

ठूलो बिल्डिङ, करोडौं लगानी, सबै पुर्वाधार र सेवा हेर्दा पांचतारे होटेल जस्तो । यस्तो देखेपछि जो कोही यो होटल त असाध्यै महंगो होला यहां बस्न, खान धेरै रकम चाहिन्छ भन्ने आम मान्छेको मनोविज्ञान छ, जुन सत्य पनि हो । तर तिलोत्तमाको जानकीनगरमा हालै सञ्चालनमा आएको दि क्राउन इन होटलले ठूला होटेलले पनि उचित मूल्यमा सेवा दिएर उपभोक्ताको मन जित्न सक्छन् भन्ने विल्कुलै फरक उदाहरण पेश गर्दैछ ।
बुटवल–भैरहवा खण्डको तिलोत्तमा हाइवे जानकीनगरमा ४० करोड लगानीमा खुलेको पूर्णत बिजनेस होटेल ‘द क्राउन इन’ ले एकैपटक नाफा कमाउने नभई धेरै जनाबाट थोरै थोरै नाफा कमाएर धेरै बनाउने ‘ठेक हैन खेप’ को सिद्धान्त अंगालेर हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान स्थापित गर्ने गरी आफ्नो यात्रा अघि बढाएको छ ।
२ कठ्ठा क्षेत्रफलमा बनेको ६ तले भवनमा सेमि स्वीट,डिलक्स र सुपर डिलक्स गरी तीन क्याटेगोरीका ४० रुम सहितको होटल माघदेखि सफ्ट ओपनिङ भई नयां वर्ष २०८१ को अवसरमा बैसाख १ गतेदेखि ग्राण्ड ओपनिङ गर्न लागेको सञ्चालक अनन्त थैवले बताए ।

बजारमा अध्ययन गर्दा होटेलहरुमा खाना,रुम र मदिराजन्य पेय पदार्थको मूल्य एकदमै महंगो भएको उपभोक्ताको भोगाई थाहा पाएपछि आफूहरुले उपभोक्तालाई गुणस्तरीय सेवा उचित मूल्यमा दिन सके व्यवसाय सफल हुन्छ भन्ने मान्यता अनुसार पांच तारे होटल सरहको गुणस्तरीय सेवालाई एकदमै सुपथ मुल्यमा उपलब्ध गराएको थैवले बताए ।

होेटलको नौलो विशेषता भनेको मदिरा, बियर, वाइन आदि पेय पदार्थ करिब करिब एमआरपी मूल्यमा उपलब्ध गराउने रहेको सञ्चालक थैवले बताए । ‘पांच तारे स्टाण्डर्डको होटलमा यसरी उचित मूल्यमा मदिरा दिने होटेलमा संभवत नेपालमा अरु छैनन्’–थैवले भने–‘किनकि ठेक भन्दा खेप भन्ने सिद्धान्तमा हामी विश्वास गर्दछौं, गेस्टहरुलाई अन्यत्र भन्दा गुणस्तरीय र फरक अनुभूति सहित पूर्ण सन्तुष्ट बनाउने हाम्रो एक मात्र उद्देश्य हो ।’
भारतीय पर्यटकलाई पनि नेपाली सरह एउटै दर रेट लिइने थैवले बताए ।
नेपालमा केही हुंदैन, सबै खत्तम भयो भन्ने निराशाजनक कुरा गर्न छाडेर मुलुकको विषम परिस्थिति केही वर्षभित्र पक्कै राम्रो हुन्छ र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने विश्वास र आशा सहित थाइल्यान्डमा व्यवस्थापन विषयमा मास्टर डिग्री गरेको छोरा शान्तम थैवलाई नेपाल फर्काएर होटेलमा लगानी गरेको थैवले बताए ।
पाहुना र ग्राहकलाई सबै सेवामा नौलोपन र फरक विशेषता दिन होटेलको बिल्डिङ र रुम, बाथरुमहरुको डिजाइन मुम्बईको भिमानी एण्ड एशोसिएट्सले गरेको उनले बताए ।
होटलका प्रबन्ध निर्देशक शान्तम थैवले होेटलको मुख्य विशेषता थ्री बी अन्तर्गत बेस्ट बेड, बेस्ट बाथ र बेस्ट ब्रोडब्याण्ड अर्थात इन्टरनेट तथा थ्री एस अन्तर्गत बेस्ट सर्भिस, बेस्ट सेक्युरिटी र बेस्ट सेफ्टी रहेको सञ्चालक बताए ।

होटलमा सय जना क्षमताको फाइन डाइनिङ बार र ६० जना क्षमताको रुफ टप बार तथा ३५ जना क्षमताको बिजनेस मिटिङ हल र पर्याप्त पार्किङ सुविधा रहेका उनले बताए ।
स्थानीय देखि राष्ट्रिय र वहुराष्ट्रिय कम्पनीका व्यवसायी, उद्योगी, कर्पोरेट सेक्टर, बैंकर तथा आन्तरिक र वाह्य पर्यटक सबैका लागि उचित दरमा उच्च गुणस्तरको सुविधासहित बास बस्ने होटलका रुपमा यसलाई दीगो रुपमा चलाउने आफूहरुको लक्ष्य रहेको शान्तमले बताए ।

‘अरु होटेल भन्दा हाम्रो होटेलमा केही नौलोपन र विशेषताहरु छन्, यो पूर्णत बिजनेस होटेल हो, सबै रुमहरुमा पांचतारे होटेलको स्टाण्डर्ड मेन्टेन गरेका छौं, प्रत्येक रुमका लागि अलग अलग इन्टरनेट राउटर जडान गरेका छौं’–शान्तमले भने–‘प्रतेक रुममा फायर फाइटिङ् प्रविधि तथा प्रत्येक फ्लोरमा फायर एक्जिट प्रविधि राखेका छौं, जसले गर्दा सुरक्षामा ढुक्क भएर बस्न सकिन्छ ।’
होटेलको अर्को विशेषता भनेको विवाह पार्टी ठूला गोष्ठी केही नहुने भएकाले बाह्रै महिना डिस्टर्बमुक्त र शान्त वातावरण हुने र रुममा साउण्ड प्रुफ प्रविधि राखिएको उनले बताए ।

भेज र नन भेज खानाका परिकारका लागि अलग अलग कटिङ स्पट र किचन तथा मुस्लिम समुदायलाई लक्षित गरेर हलाल खानाको पनि व्यवस्थासंगै रेष्टुरेन्ट, बार र हुक्का बारमा मोबाइल चार्जिङका लागि पनि पर्याप्त चार्जिङ प्वाइन्ट र स्मोकिङ जोन बनाइएको जनरल म्यानेजर देविलाल सौमैले बताए । बैसाख महिना ओपनिङ फेज भएकाले रूमको दर मा २० प्रतिशत छुटको व्यवस्था रहेको सौमैले बताए । होटलले प्रत्यक्षरुपमा ५० जनालाई रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?