ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

अन्ततः कर्णालीका मुख्यमन्त्री बने यमलाल कँडेल

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

सुर्खेत, २७ चैत ।

कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका प्रभावशाली नेताको रुपमा परिचित कँडेलको ६ वर्षपछि मुख्यमन्त्री बन्ने सपना पुरा भएको छ ।

०७४ मा प्रदेश सभामा झरेका उनी पार्टी केन्द्रको असहयोगका कारण मुख्यमन्त्री हुन पाएनन् । त्यो बेला एमाले–माओवादीबिचको समीकरणले माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । २० सिट जितेको एमालेसँग बहुमतका लागि १ सिट अपुग थियो । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सिट आवश्यक थियो ।

पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने भनेका थिए तर त्यसो हुन सकेन । ०७७ असोज २४ मा मुख्यमन्त्री शाहीविरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए । तर उनी सफल हुन सकेनन् ।

प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत कँडेल प्रतिपक्षको कुर्सीमा बस्न बाध्य भएका थिए । कँडेल पुनः मुख्यमन्त्री बन्ने उद्देश्यसहित ०७९ को आम निर्वाचनमा प्रदेशमै बसे । आफूभन्दा जुनियर नेतालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर प्रदेश सभामै चुनाव लडेका उनी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै विजयी भएका थिए ।

वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेल २०१८ कात्तिक २५ गते दैलेखमा जन्मिएका थिए । पार्टीभित्र उनी एमाले केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै ०७८ मा पार्टीको १० औँ महाधिवेशनदेखि स्थायी कमिटी सदस्य छन् । एमाले कर्णालीको इन्चार्ज समेत रहिसकेका उनी हाल स्थायी कमिटी सदस्य र दैलेख इञ्चार्जको जिम्मेवारीमा छन् ।

०३६ सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका कँडेल शिखर मावि दशरथपुरमा शिक्षण पेसामा संलग्न समेत थिए । ०४० सालमा काठमाडौँको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवार बनेका उनी नेविसंघका तत्कालीन उम्मेदवार हृदयराम थानीसँग पराजित भएका थिए । त्यसपछि भने हरेक निर्वाचनमा यी दुई नेताबिच प्रतिस्पर्धा हुन थाल्यो ।

०४० देखि २०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील भएका कँडेल २०४९ सालमा सुर्खेत जिल्ला नेकपा (एमाले) को प्रथम अधिवेशनबाट सचिव बने । ०४९ को स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका उनले मेयर पदबाट राजीनामा दिई ०५१ सालको मध्यावधि निर्वाचनमा उम्मेदवार बने । उक्त निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । ०५१ सालमा एमालेको भेरी अञ्चल सचिव हुँदै ०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको नेकपा मालेमा सामेल भए उनी । त्यही बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका थिए ।

कँडेल २०६४ सालमा एमालेको तर्फबाट सुर्खेत–२ बाट संविधान सभा सदस्य निर्वाचित भए । ०७० मा पनि सोही क्षेत्रबाट लडेका उनीकांगे्रसका हृदयराम थानीसँग पराजित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?