ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

बसन्तपुर कामाख्या मन्दिरमा सन्ध्या महाआरती शुरु

बैशाख ५ गते रामनवमि सम्म हरेक दिन सांझ ६.१५ देखि सांझ ७.१५ बजेसम्म संचालन हुने
२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

बुटवल, २७ चैत । पाल्पाको तिनाउ गाउंपालिका– ३ बसन्तपुरस्थित कामाख्या देवी मन्दिरमा मानव कल्याण, जीव कल्याण र विश्व शान्तिको कामना सहित वैदिक सनातन संस्कार र संस्कृती संरक्षणार्थ सन्ध्या महाआरती शुरु भएको छ ।
लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा रहेको कामाख्या देवीको मन्दिर र सय वर्ष अघि देखि पुजा आजा हुंदै आएको दुर्गा माता मन्दिर परिसरमा मंगलबार सांझदेखि महाआरती शुरु भएको हो । चैत २७ देखि बैशाख ५ गते रामनवमि सम्म हरेक दिन सांझ ६.१५ देखि सांझ ७.१५ बजेसम्म यो सन्ध्या महाआरति संचालन हुने महाआरती कार्यक्रम संयोजक पण्डित प्रकाश तिवारीले बताए ।

महाआरती शुभारम्भ कार्यक्रममा लुम्बिनी केबलकारका परिकल्पनाकार एवं संस्थापक सदस्य लक्ष्मण गौतम, अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू, म्यानेजर प्रज्ज्वल घिमिरे, विभागीय प्रमुख राजन लम्साल, कामाख्या मन्दिरका पुजारी सुरेश शर्मा लगायतले कामाख्या मन्दिर नेपालमा एक मात्र मन्दिर तथा दुर्गा माताको मन्दिर पनि सय वर्ष इतिहास भएको ऐतिहासिक भएकाले बसन्तपुरलाई पर्यटकीय संगै धार्मिक आस्थाको केन्द्र बनाउन महाआरती कार्यक्रमले टेवा पुग्ने बताए । बसन्तपुर क्षेत्र परापूर्वकालमा ऋषिमुनीहरुको तप, ध्यान र साधना स्थल भएपनि ओझेलमा परेकोमा लुम्बिनी केबलकार सञ्चालनमा आएपछि यसको महत्व विस्तारै उजागर हुन थालेको आध्यात्मिक अगुवा समेत रहेका लक्ष्मण गौतमले बताए । लुम्बिनी केबलकारमा यात्रा गर्दा १२ मिनेटमा पुगिने बसन्तपुर
समुद्री सतहबाट झण्डै १ हजार मिटर उचाईमा छ । प्राकृतिक रुपमा स्वच्छ, शान्त, रमणीय हिल स्टेशनको रुपमा रहेको बशन्तपुर लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास हुंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?