ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

भलाई कोषले थाल्यो स्वर्ण महोत्सवको तयारी

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

बुटवल, २७ चैत ।

यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।

सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो ।

कोषले नयाँवर्ष २०८१ को प्रारम्भसंगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको मंगलबार आयोजित पत्रकार सम्मलेनमा कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए ।

कोषमा राजेन्द्रबहादुर सिंह श्रेष्ठ, यम केसी, दामोदर ज्ञवाली, विजय प्रसाद लाकौल। डिलबहादुर थापा, कुमार थापा, चिनबहादुर गुरुङ, नारायणप्रसाद भट्टराई हुँदै पछिल्लो समय दिनेश फुल्लेलले नेतृत्व गरेका छन् ।

कोषका अध्यक्ष फुल्लेलका अनुसार सुदूरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना गरी मजदुरका समस्याबारे सहजीकरण गरिएको छ । हाल कोषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन् ।

तीन दिनसम्म मनाइने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांचसहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताए ।

भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपैयांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए । भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर प्रकाशन गरिने स्मारिका विमोचन गरिने फुल्लेलले जानकारी दिए । त्यस्तै स्वर्ण महोत्सवकै अवसरमा स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम समेत रहेको कोषका महासचिव योग गुरुङले बताए ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउँंदै आएको छ भने दुर्घटनामा परेर ज्यान गुमाएका यातायात मजदुरका परिवारमा राहत, घाइतेहरुको भरण पोषणका लागि मासिक भत्ता तथा दुर्घटनामा परेर हिरासतमा बसेका चालकहरुको परिवारका लागि जिवन यापन गर्न राहत रकम समेत उपलब्ध गराउने गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?