ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

उद्योग व्यवसाय क्षेत्रमा आगलागीको जोखिम

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

विराटनगरमा रहेको एमएम प्लाष्टिक उद्योगमा साउनको अन्तिम साता आगलागी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको थियो । झापा मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा मङ्सिर ८ गते आगलागी हुँदा रु ३५ लाखको क्षति र १० टन कच्चा पदार्थ नोक्सान भएको केही समय पछि मङ्सिर १७ गते नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा–८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आगलागी हुँदा करोडौको क्षति भयो । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो प्लाई उद्योगमा फागुन २८ गते आगलागी हुँदा करोडौ रुपैयाँको कच्चा तथा उत्पादित पदार्थ र मेशिनरीमा क्षति पुगेको थियो, त्यो आगो निभाउन ७ वटा दमकललाई आधा दिन लागेको थियो । यसैगरी चैत २४ गते ललितपुरको हात्तीवनस्थित एक सोफा उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । व्यावसायिक क्षेत्रमा यो वर्ष भएका केही आगलागीका यो प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्ला १२ महिनाका समाचारहरुलाई अध्ययन गर्दा नेपालका विभिन्न जिल्लाहरुमा रहेका विभिन्न किसिमका उद्योग व्यवसायिक प्रतिष्ठानमा २५ लाख भन्दा बढी क्षति पु¥याएका ८० भन्दा बढी आगलागीका घटनाहरु भएको देखिन्छ । साना पसल र उद्योगहरुमा भएको तथा ५ लाख भन्दा कम क्षति भएका आगलागीहरुलाई गणना गर्ने हो भने यो संख्या २०० को हाराहारीमा पुग्छ ।

नेपालमा औद्योगीकरणको शुरुवात भएको ९ दशक भैसके पनि औद्योगीकरणको गति निकै सुस्त छ । यति हुँदाहँुदै पनि २०७९ फागुन मसान्तसम्म नेपालमा उद्योग विभागमा ८ हजार ९ सय ४७ उद्योग दर्ता भएका छन् र यी मध्ये ३७.४ प्रतिशत उत्पादनमूलक उद्योगहरु रहेका छन् । त्यसैगरी घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत देशभर ६ लाख ७३ हजार २४४ उद्योगहरु दर्ता भएका छन् (आर्थिक सर्वेक्षण २०७९÷२०८०) । औद्योगिक विकास सुस्त भएपनि नेपालमा साना ठुला व्यापारिक प्रतिष्ठानहरुको संख्या तीव्रदरमा वृद्धि भैरहेको छ । सबै नगरपालिकाहरू र नगरोन्ंमुख क्षेत्रमा विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरु वर्षेनी थपिदै गएका छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु थपिदै गैरहँदा नेपालमा ती प्रतिष्ठानमा हुने आगलागी समेत वर्सेनि बढ्दै गैरहेको देखिन्छ ।

नेपालमा व्यावसायिक क्षेत्रमा भएका अधिकांश आगलागीहरुमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रुपले हुने आगलागीबाट उद्योग र पसलहरु आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरु जल्ने, विद्युतबाट चल्ने उपकरणहरु विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुदा मेशिनहरु जल्ने , कमसल तार तथा कमजोर वायरिङको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउँछाउँमा फैलिदा समेत आगलागी भैरहेको छ ।

अधिकांश पसलहरुमा रातिको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुँदा विद्युतीय उपकरणहरु बन्द नगरी हिड्ने प्रवृत्ति धेरै व्यापारीहरुमा छ । यसरी खुला राखिएका उपकरणमा रातिको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुँदा आगो लाग्ने गरेको छ । त्यसैगरी लोडसेडिङ्गको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरु निभाउन विर्सदा पनि त्यस्ता वस्तुबाट विस्तारै छेउँछाउँका वस्तुमा आगो सल्कँदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्यास, बारुद जस्ता प्रज्वलनशील पदार्थहरु भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरुमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अति कम मात्रामा भएको देखिन्छ ।

व्यापारिक पसलहरुमा तुलनात्मक रुपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यावसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेशिनहरु, कच्चा पदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संशाधनमा समेत अपुरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यावसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाई औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने, उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामग्रीहरुको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरुलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यावसायिक प्रतिष्ठानहरुले गर्नु आवश्यक मानिन्छ । ग्यास, पेट्रोलियम पदार्थ, प्लाष्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरुले अनिवार्य रुपमा आगलागीको सूचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरुलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सकिन्छ । औद्योगिक व्यवसाय ऐन २०७३ को दफा २२ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दैन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ ।

उद्योग व्यवसायमा अहिले सम्म अरबौ रुपैयाँ लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरु नअपनाउदा वर्सेनि धनजनको अपुरणीय क्षति हुने गरेको छ । व्यावसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्वतयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठा नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरुले विशेष ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?