ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

के हो जीवनको सार्थकता ?

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

संसारमा सबैभन्दा पातलो वस्तु के हो भन्ने हो भने सावुनको फिंज भन्ने उत्तर आउँछ तर सबैभन्दा बाक्लो बस्तु के हो ? भन्यो भने सायद यसको उत्तर आउँदैन । किनकी यही वस्तु बाक्लो भन्ने केही छैन । हरेक वस्तु बिभिन्न आकारमा बाक्लो हुन सक्छ । यस्तै सबैभन्दा सस्तो केहो भन्यो भने यसको पनि धेरै उत्तर आउन सक्छ । सस्तो वस्तु भाउ सस्तो र धेरै मात्रामा पाइने वस्तुलाई सस्तो भनिन्छ । यस्तै सबैभन्दा महङ्गोको वारेमा पनि उत्तर ठीक यही भन्ने हुँदैन तर हाम्रो परिवेशमा हुने सस्तो र महङ्गोको कुरा यहाँ चर्चाको विषय वस्न सक्छ जस्तो लाग्दछ । सस्तोको कुरा गर्दा अनैतिकता, व्यभिचार, कुशासन, घुसखोरी, भ्रष्टाचार र अरूको वारेमा खुराफात कुरा गर्नेहरू सस्तोमा पाइने कुराहरू हुन् । यिनीहरूको खासै मूल्य हुँदैन । यस्ता कुरामा लत बसाल्नका लागि कुनै विश्वविद्यालयमा अध्ययन गर्नुपनि पर्दैन । अनैतिकता र व्यभिचारीको के मूल्य हुन्छ र ? कुशासन, घुसखोरी, भ्रष्टाचार र अरूको वारेमा खुराफात गर्ने कुराको कहिले मूल्य बढेको हुन्छ र ? यसको मूल्य हुँदैन । त्यसकारण यो सस्तो हुन्छ । नैतिकता, सदाचार, सुशासन, सम्मान, आदर्श र आचरण अनुसारको मति भए त ठीकै हो । आफूले आदर्शका कुरा गरेर देखाउन सक्नु यो महङ्गो कुरा रहेछ । यो धेरै महङ्गो हुन्छ । यसकारण कोही कसैलाई यो मार्ग पच्छ्याउन गाह्रो हुन्छ होला । आदर्शका कुराले मात्र गरुंगो वा महङ्गो बनाउन सकिदैन । आदर्शका कुरा गर्दा हामी सधै रामचन्द्रको सम्झना गर्न मन पराउँछौं । हुन त उनका अतिरिक्त अरू यस्तै आदर्श पुरुषहरू हुन सक्छन् । तर सबैका मुखमा झुण्डिएको शब्द राम नै हो । कसैले उनलाई भगवान भन्ने गर्दछन । जेसुकै भनिएपनि उनको आदर्श उच्च थियो । उच्च आदर्श भएका व्यक्तिहरू भगवान हुन्छन् भने केही आपत्ति हुँदैन । अघिल्लो दिन उनलाई राज्याभिषेक दिने भनिएको थियो । भोलीपल्ट उनलाई वनको लागि प्रस्ताव गरियो । रामचन्द्र विना हिच्किचाहट वनमा पुग्न तयार भए । रामचन्द्र र माता कैकेई बाहेक अरू सबै वनमा जान हुँदैन भन्ने पक्षमा थिए तर पिताजीको आज्ञालाई उनले उल्लंघन गर्न मन लागेन । यदि उनले त्यो आज्ञा उल्लंघन गर्न सकेको भए राज्य त भोलीपल्ट मिल्थ्यो तर उनको आदर्शता !

आजभोली धेरै मानिसहरू महङ्गो वा गरुंगो बन्न गर्न चाहँदैनन् । उनीहरूलाई सस्तो चाहिन्छ अनि आफ्नै देशको माटो वेचेर हुन्छ कि वन तथा खानी वेचेर हुन्छ कि, उत्पादन हुने भूमिमा बालुवा भरेर घडेरीमा परिणत गरेर हुन्छ कि वा राष्ट्रको ढुकुटी रित्याएर हुन्छ कि आफूलाई र आफ्ना सन्ततिलाई गाँठको कुरा चाहियो । गोजी तथा झोली भर्नुप¥यो । यही सस्तोमा लागेर धेरैले लाखौं कमाइ गरेका छन् तर उनीहरूको नैतिकता धुलोमा मिल्दै गरेको छ । तत्कालको लाभले मिल्ने भनेको यही धुलो हो । कालो ध्वाँसो हो । जुन आफ्नो अनुहारमा पोतिएको कालो आफूले देख्न सकिदैन तर अरूले जीवन पश्चात पनि सन्ततिका अनुहारमा त्यही देखिरहन्छन् ।

आजभोली हामीमा आएको नयाँ पालुवा भनेको अरूको खिसी टिउरी गर्नु वा अरूका वारेमा अनावश्यक कुरा काटेर समय विताउनु हो । यो पुरानो शैली त हो तर यो भन्दा पहिले अलिक कमसंगमात्र पाइन्थ्यो । आजभोली यो विस्तार हुँदै गएको पाइन्छ । एकजनाबाट अर्कोजनामा यो सर्दै गएको छ । त्यसैले यो व्यापक बन्दै गएको छ । अरूले गरेको राम्रो कामको प्रशंसा गर्न आज कोही तयार छैन । उसले नगरेका गल्ती कमजोरी उठाएर उसको बेइज्जत गरिरहेको हुन्छ । यो पनि सस्तोमा पाइने प्रवृति हो । यो प्रवृतिले व्यक्तिलाई हित गर्दैन । न त समाजलाई हित गर्दछ तर पनि धेरैका मन मस्तिष्कमा यही कुरा लागेको पाइन्छ । तपाईंको नजिकमा रहेका तपाईका चिनजानका मानिस होउन चाहे नजिकका नातेदार होउन उनीहरूका कुरा खुब केलाएर सुन्नुस्, उनीहरूले अरूको वारेमा खुराफात कुरा गरेको मात्र सुनिन्छ । केही मानिसहरूलाई यस्तै कुरा गर्न मात्र नभएर सुन्न पनि आनन्द आउँछ । यदि आनन्द नआउने भए किन समय खर्च गरेर सुन्न तल्लीन हुने थिए र ? एक छिन घोत्लीनु पर्ने कुरा यहींनेर छ ।
वास्तवमा जो कोही पनि यो सस्तो कुरामा विश्वास गरेर आफ्नो समय वर्वाद गरिरहेका छन् । यो न उनीहरूका लागि फलदायी छ न परिवार र समाजका लागि फलदायी छ । यसले आपसमा मित्रता बढाउँदैन् । जब आपसी मित्रता टुटछ त्यसपछिको अवस्थाको कल्पना गरौं न त । यसको परिणाम आजसम्म के भइरहेको छ ? यसका लागि पहिले आफूमा रहेको यो दुर्बलता त्याग्न सक्नुपर्दछ । जेसुकै गरेर भएपनि धन आर्जन गर्ने, अनावश्यक रूपमा अरूको स्वामित्वमा रहेको धन आफूमा ल्याउन चाहना गर्ने । विकास निर्माण तथा आपसी समन्वयका कुरा छोडेर हरसमय अरूको वारेमा निन्दा मात्र गर्नु तत्काल र दीर्घकालका लागि घातक हो । अरूको निन्दा गरेर फाइदा लुटेको अहिलेसम्म भेटिएको कोही छैन । चुक्ली कुरा लगाउनु र सुन्नु दुबै कुरा गलत हुन् । यसले पनि आपसी मित्रता टुट्न जान्छ । यस्ता सबै कुराहरूलाई सस्तो भनिन्छ । हाम्रा अग्रजहरूले भन्ने गर्नुहुन्थ्यो –“सस्तो बेसाहाले पेट लाग्छ ।” हुन त यो नेपाली उखान हो तर यो हरेक स्थानमा मेलखाने कुरा रहेछ । सस्तो माल वस्तु खोज्यो भने टिकाउ हुँदैन । त्यसैले हिन्दीमा यस्तै उखान छ “सहंगा रोए बार वार महंगा रोए एक बार” हाम्रो नेपालीमा रहेको उखान र हिन्दीमा रहेको उखानको आसय उस्तै हो ।

खाने वस्तु सस्तो होस चाहे लगाउने बस्तु सस्तो होस् । बोल्ने कुरा सस्तो होस या कसैप्रति गर्ने व्यवहार सस्तो होस् । यी सबै घातक कुरा हुन् । जसले जसरी बुझे पनि यसले वेफाइदा नै गर्दछ । तपाई किन छुद्र बोल्नु हुन्छ ? त्यसको साटो मिठो पथ्य बचन बोल्दा के विग्रन्छ ? किन मानिसलाई होच्याउने वा सिध्याउने कुरा सोंचिरहनु हुन्छ । सघाउने कुरा पनि केही मिनेटको लागि सोच्नुस न । आजभोली धेरै मासिनहरू राजनीतिक कर्मीलाई तथानाम भनेको खुव सुन्न पाइन्छ । के यो पुरै सत्य हो ? हामीमा केही कमजोरी छैन् । केही कमजोरी छ भने पहिले आफूलाई सच्याउने प्रयास गर्नुपर्छ कि ? आफू सच्चिन नपर्ने अनि भएभरको गाली राजनीतिकर्मीलाई किन गर्ने ? पहिले आफू सच्चा भएको हुनु परेन ? अरूलाई दोषि भन्नका लागि आफू सच्चा भएको हुनुपर्र्दैन ? एउटा दोषिले अर्को दोषिको निन्दा गरेको कति सुहाउँला ? यो पनि सस्तो कुरा भित्र पर्दछ । एकपटक गंभीर भएर सोंचौं । जीवनमा सस्तो सस्तो खोज्ने कि अलिक महङ्गो पनि खोज्ने ? यदि महङ्गो खोज्ने नै हो भने पहिले आफूबाट आरम्भ गर्नुपर्दछ । नैतिकवान, इमान्दार, चरित्रवान, लगनशील, अध्ययनशील, ठीक वेठिकको भेद थाहा पाउने खालको आफू बन्न सक्नुपर्दछ । अनि मात्र अरूलाई त्यहि पंक्तिमा हिंडाउन सकिन्छ । यही नै जीवनको सार्थकता हो भन्ने लाग्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?