ट्रेंडिंग:

>> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै

प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टनको उपाधि रविन र युवराजको जोडीलाई

२५ चैत्र २०८०, आईतवार
२५ चैत्र २०८०, आईतवार

तिलोत्तमा,२५ चैत ।   तिलोत्तमा १ डाइभर टोलको नवीन ज्योति क्लबले आयोजना गरेको प्रदेशस्तरीय मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रविन केसी र युवराज पुनको जोडीले जितेको छ । उनीहरु स्म्यास ब्याडमिन्टन क्लब बुटवलका खेलाडी हुन् । लुम्बिनी प्रदेशका ३२ टिमले भाग लिएको प्रतियोगितामा जबई ब्याडमिन्टन क्लबका रक्षा गुरुङ र प्रसाद गुरुङको जोडी दोस्रो भएको छ । यस्तै लाफा समूहका कृष नेपाल र पवन गिरीको जोडी तथा स्म्यास ब्याडमिन्टन क्लबका कमल गौतम र तुल्सी पाडे मगरको जोडी तृतीय भएका छन् ।
प्रतियोगितामा सेमलारका मनसुन थापा उदियमान खेलाडी भएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले नवीन ज्योति क्लबले ब्याडमिन्टन खेलको विकास र रखेलाडी उत्पादनसंगै सामाजिक काममा राम्रो काम गरेको भन्दै सराहना गरे । उनले तिलोत्तमालाई खेलकुदको हब बनाउन सकिने बताए । यस्तै होराइजन जीबीएसका प्राचार्य गोपाल आचार्यले युवा पुस्तालाई खेलकुदमा जोड्न सके उनीहरु गलत बाटोमा जानबाट रोकिने र हरेक व्यक्ति शारीरिक र मानसिकरुपमा स्वस्थ हुन खेलकुदको धेरै ठूलो भूमिका हुने बताए ।
विजयी खेलाडीहरुलाई क्लबका अध्यक्ष कृष्ण पाण्डे,कार्यक्रम संयोजक विक्रम गुरुङ,ुचिव गंगा गैरे,सहसचिव दीपक भट्टराई, क्लबकै सुमन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र,मेडल र ट्रफीहरु प्रदान गरेका थिए ।
लुम्बिनी प्रदेशभित्र रहेका खेलाडीहरुमा भएको कला, क्षमता प्रदर्शनको अवसर प्रदान गर्ने र प्रदेशमै खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले दोस्रो नबिन ज्योति कप पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता गरिएको र आगामी दिनमा थप राम्रो गर्ने अध्यक्ष कृष्ण पाण्डेले बताए ।

प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैया नगद पुरस्कारका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने उदियमान खेलाडीलाई नगद पुरस्कार पाएका छन् । प्रतियोगिता सम्पन्न गर्न तिलोत्तमा नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?