ट्रेंडिंग:

>> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट

वन प्राविधिक संघमा प्रजातान्त्रिक प्यानलको बर्चश्व

दिगो वन व्यवस्थापन कार्यक्रम लागु र नेपाल वन परिषद स्थापना तत्काल गर्न माग
२५ चैत्र २०८०, आईतवार
२५ चैत्र २०८०, आईतवार

 बुटवल, २५ चैत ।   नेपाल वन प्राविधिक संघको अध्यक्षमा राकेश कर्ण निर्वाचित भएका छन् । कर्ण प्रजातान्त्रिक वन प्राविधिक संघ,नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वनको प्यानलका उम्मेदवार थिए ।

कर्णले १२६१ मत पाउंदा एमाले निकट प्रगतिशिल वन प्राविधिक संघका विजयराज पौडेलले ८६८ मत पाए । शनिबार राति सम्पन्न चुनावबाट प्रजातान्त्रिक प्यानलले एक उपाध्यक्ष र सदस्य वाहेक सबै पदमा जित हासिल गरेको हो ।

उपाध्यक्षमा प्रगतिशील प्यानलका सुजितकुमार झा १०८२ मत पाएर निर्वाचित हुंदा प्रतिस्पर्धी अमरदेव यादवले १०२६ मत पाएका निर्वाचन समिति संयोजक अरुण शर्मा पौडेलले जानकारी दिए ।

प्रगतिशिल वन प्राविधिक संघ र मधेशका लागि वनको असन्तुष्ट समूह मिलेर प्यानल बनाएका थिए । महिला महासचिवमा सुनिता उलक,महासचिवमा गोबिन्दप्रसाद दाहाल,महिला सचिवमा श्रृजना श्रेष्ठ,सचिवमा सुदिप छत्कुली र कोषाध्यक्षमा सुजितकुमार राउत निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र झा,प्रकाशराज रेग्मीनिरजबाबु भट्ट,प्रशासन सापकोटा,पुष्पाकुमारी मिश्रा,श्रृजना श्रेष्ठ र राधिका शर्मा निर्वाचित भएका निर्वाचन समिति संयोजक अरुण शर्मा पौडेलले बताए । राधिका शर्मा प्रगतिशील प्यानलकी हुन् ।

नवनिर्वाचित अध्यक्ष कर्णले देशको ४५ प्रतिशत भन्दा बढी हिस्सा वन क्षेत्रले ओगटेको हुँदाहुँदै देशका काठदाउरा जंगलमै सडेको र वार्षिक अरबौं रुपैंयाको काठ आयात गर्नु लज्जास्पद भएकोले वन श्रोतहरुलाई उत्पादनमुखी विज्ञानसम्मत हिसाबले ‘भरि वन संम्वद्धन प्रणाली’ (सिल्भिकल्चर बेस्ड म्यानेजमेन्ट) मा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम तत्काल लागु गर्न सरकारलाई दवाव दिइने बताए । यस्तै वन विज्ञहरुलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद स्थापनालाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए ।

यस्तै सघियताको मर्म अनुरुप सबै तहहरुमा वन श्रोतको प्रभावकारी व्यवस्थापनको लागि पर्याप्त मात्रामा दरबन्दि श्रृजना गरी वन व्यवस्थापन गर्न सबै तहका सरकारहरुसँग पैरवी गरिने र ७५३ वटै स्थानीय तहहरुमा वन प्राविधिकहरुको दरबन्दी श्रृजना गर्नको लागि दवाव दिइने बताए ।
प्रजातान्त्रिक वन प्राविधिक संघ लुम्बिनीका महासचिव केशव खड्काले आफ्नो प्यानलले पाएको मत संख्या बराबर बृक्षारोपण गर्ने र सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरुको कलरिङ गर्ने प्रतिवद्धता पूरा गर्ने बताए । देशभर ३ हजार बढी वन प्राविधिक रहेका खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?