ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

बिदेश जानेको लहरः बाध्यता कि रहर ?

२५ चैत्र २०८०, आईतवार
२५ चैत्र २०८०, आईतवार

केही बर्षदेखि बिदेश जानेको लहर बढेको छ । काठमाण्डौ बिमानस्थलमा प्रत्येक दिन बिदेश उडनेको भीड देख्न सकिन्छ । हालै मात्र होइन बैदेशिक रोजगारका निम्ति बिदेश लाग्नेको भीड बर्षाँैदेखि चलिरहेको छ । प्रजातन्त्रको आगमनसँगै बिभिन्न देशमा सरकारले बैदेशिक रोजगारको सम्झौता बढाएसँगै यसरी बैदशिक रोजगारका निम्ति भीड निरन्तर बढदै गएको हो । बिगतमा नेपाली यूवाहरू फाट्ट फुट्ट ताइवान, मलेसिया, कतार जाने गर्थे तर मेला नै लाग्नेगरी बिदेश जानेको भीड बढन थालेको चाहिँ प्रजातन्त्रपछि नै हो । करिब तिन दशक पहिले बिदेश जानुभन्दा नेपालमै केही गर्नेको संख्या धेरै थियो । अहिले भने नेपालमा केही गर्न सकिँंदैन भन्नेको संख्या अधिकतम छ । बिगतमा बिदेश जाने भनेको कि त ब्रिटिस आर्मीमा भर्ती भएर जानेहरू थिए कि त ठूला ब्यापारीहरू र हङकङ, सिंगापुर फेन्सी सामान लिन भरियाका रूपमा केही मानिसहरूलाई लिएर केही दिनका लागि जाने गर्थे । अहिले ती कुराहरू कथा बनेका छन । पछिल्लो पिँंढीलाई त यो कुरा थाहा पनि छैन । अहिले दुईसय भन्दा धेरै देशमा नेपालीहरू छापछाप्ती छाइएका छन । यो गतिबिधिलाई हामीले राम्रो भन्ने कि नराम्रो ।

करिब दुई दशक अगाडी बेलायत सरकारले यस्तो नियम ल्यायो कि बिगतका बेलायती सेना तथा उनका परिवारहरूले चाहेमा हडकङ वा बेलायत फर्केर बस्न पाउने भए । त्यो समयमा जस्का कागजपत्र थिए उनीहरू हाम फाल्दै हङकङ र बेलायत गैरहे । रिटायर भएर नेपाल फर्केर स्थाई रूपले बसोबास गरिरहेका भूतपूर्व सेना तथा उनका परिवार पनि पुनः फर्केर बेलायतमै बसोबास गर्न गए । योमात्रै होइन त्यतिबेलासम्म नेपालमा कुनै नीति नबनेका कारण धमाधम नेपालको सम्पत्ति बेचेर बेलायतमै घर किनेर स्थायी रूपमा उतै बस्न लागे । हाल बेलायतमा नेपालीको बाक्लो बसाई छ । उनीहरू त्यहिँ पेन्सन बुझेर वा काम गर्ने गरी खुशीका साथ जीवन बिताइरहेका छन । वास्तवमा हङकङ यस्तो ठाउँ हो जहाँ बेलायतले चाइनासंँग १०० सय बर्षको लागि जिम्मा लिएको थियो । जुन १०० बर्ष पुगेपछि फिर्ता गर्नैपर्ने थियो र फिर्ता गर्यो पनि र त्यहाँ रहेका भूतपूर्व सेना तथा उनका परिवारलाई बेलायमा बस्न जाने कि स्थाईरूपले हङकङमै बस्ने भनि छनोट गर्न पाउने मौका दियो । त्यसपछि भूतपूर्व सेना तथा उनको परिवारमध्ये कति बेलायतमा गइ बसे भने कोही हङकङमै बसोबास गरे । बेलायतको अधिन सकिएपछि हङकङमा बसीरहेका नागरिकले हङकङलाई चाइनाको अधिनमा नभएर स्वतन्त्र राष्ट्र हुनुपर्छ भनि लगातार आवाज उठाईरहेका छन तर उनीहरूको यो चाहना सजिलै पूरा हुनसक्ने देखिँदैन । अचेल त यो आवाज पनि कमजोर हुँदेै गैरहेको छ । आफनो जन्मभुमि बिर्सेर, जन्मघरलाई भग्नाबेशष बनाएर नेपालीहरू सेवा सुविधा र सिस्टममा रहेको भन्दै उतै बसोबास गरिरहेका छन ।

पछिल्लोसमय अध्ययनका लागि अष्टेलिया वा अमेरिका जस्ता देशमा जानेको लहर केही समय पहिले देखि नै चल्यो । बेलायत, जापान तथा युरोपका बिभिन्न देशमा जानेको लहर अहिले पनि चलिरहेको छ । प्लस टु पास गर्नासाथ प्रत्येक बिद्यार्थीको एउटै उद्देश्य रहेको छ कि देश छोडेर बिदेश गएर पढाइ गर्ने । यो सबै कारणले नेपालका कलेजहरूमा ब्याचलर पढने बिद्यार्थी नै नपाएर कतिपय कलेज हाल खाली हुन थालेका छन । बिद्यार्थी बिदेसिने यस्तो अवस्थालाई रोक्नका लागि हाल नेपाल सरकारले बाहिर पढ्न जान ब्याचलर गर्नुपर्ने नियम ल्यायो । तर ठूलो ब्यापारका रूपमा कन्सल्टेन्सी चलाएकाहरूको बिरोधका कारण त्यो निर्णय पनि सरकारले फिर्ता ग¥यो । अहिले प्रत्येक दिन बिमानस्थलमा लावालस्करका साथ बाहिर पढ्न र रोजगारीका लागि बिदेश जानेको भीड लागिरहेको छ । कहिलेसम्म यसरी बाहिर जानेको भीड चलीरहने हो र देशमा यूवाहरू नै सकिने हुन कि भन्ने प्रश्न खडा भएको छ । यतिखेर एकाधघर छोडेर सबै बिदेशमै छन । साउदी, कतार, कोरिया, कुबेत, मलेसिया, दुबईजस्ता देशमा रोजगारका निम्ति गएकाहरू त फिर्ता आउलान तर अन्य देश जापान, अमेरिका, बेलायत, क्यानडा, अस्टेलिया तथा युरोपका राम्रा देश गएकाहरू फर्केर आउने अवस्था देखिँँंदैन ।

अझै अर्को समस्या देखिएको छ, त्यो के भने नेपालमै उच्च शिक्षा हासिल गरेका र नेपालमै केही गरेकाहरू पनि फुत्त फुत्त क्यानडा, अमेरिका, लण्डन आदी जस्ता देशमा परिवार सहित बसाई सरिरहेका छन । यो अवस्था हेर्दा मुलुक कता जांदै छ ? राम्रा र ट्यालेण्ट छानेर देशका युवायुवती बिदेशले तानीरहेको छ । हाम्रा नेताहरू तमासे बनीरहेका छन । हुन त यिनै नेताका नीति नियम, यिनैको भ्रष्टाचार र यिनैको दमन हेर्न, सुन्न र सहन नसकेर नै युवाहरू देशबाट अन्य देशमा भागिरहेका छन । यतिखेर नेपालका घरघरमा बृद्ध बाउआमालाई स्याहारसुसार गर्ने र औषधी मुलो गर्ने सन्तान छैनन् । बाउआमालाई बेलामौकामा तेल भिसा वा भिजिट भिसा मिलाएर बिदेश घुम्न बोलाएपनि त्यो क्षणिक हो । धेरै बसे एक बर्ष बस्छन । बृद्धहरू बिभिन्न देशका भाषा नजान्ने, धर्म संस्कृति नमिल्ने त्यहाँको खानपिन अनि मौसम मन नपराउने र आफ्नो देश तथा आफन्तको यादले सताउने जस्ता कारण धेरै बस्न सक्दैनन् । जति दुःख पाएपनि बृद्धहरू आफनै मुलुक फर्किएर आउँंछन । अहिले नेपालीहरूका चाडपर्व पनि ओझेलमा परेका छन । बुढाबुढी घरमा छन अनि छोराछोरी प्रदेशमा अनि बृद्धहरू उनका सन्तानको आउने बाटो हेर्दै मन दुखाएर उनीहरूका चाडपर्वहरू सकिने गरेका छन । एउटा छोरा वा छोरी बिदेशबाट आएपनि अर्को आउँदैन । नेपाललाई रेमिटेन्स आको छ, परिवारलाई आर्थिक सहयोग त पुगेको छ, तर पैसाले सबै काम गर्दैन । भनिन्छ नि पैसा साधन हो साध्य होइन । बृद्धहरूको स्याहार सुसार गर्न पैसा भएपनि गर्नेमान्छे पाईंदैन । काम गर्ने मानिस कहीँ कतै कसैले भेटाएपनि सन्तानले गर्ने माया मोह जस्तो बाहिरकाको हुंँदैन । बिदेश जाने लहरसंँगै गाउंँबस्ती नै खाली भएका छन । बिदेशका पैसाले शहरमा बिल्डिङ बनेका छन तर देशमा बसिरहेका बाउआमा सुगर, प्रेसर, मुटु, थाइराइड जस्ता रोगबाट पीडित छन । कत्तिका औषधी किनेर ल्याइदिने आफन्तसम्म छैनन् । खानामा मेसो मिलाएर खान दिने आफन्त छैनन् । बुढोलाई बुढीको भर र बुढीलाई बुढोको भर गरी बाँचीरहेका बृद्धहरू धेरै छन भने आपसमा छुट्टीएका बुढाबुढीहरूको अर्को बिलाप छ । अहिले नेपालका घरघरमा यस्तो अवस्था छ ।

सरकार चलाउने नेताले देश खोक्रो पारे । देश बनाउने युवाशक्ति अर्काको देश बनाउन पुगेका छन । राजनीति पूरा फोहरी खेल बनेको छ । जुनसुकै भएपनि राजनीतिक आस्था नबोकी कसैलाई बाँच्न छैन । आस्था अनुसार टाउके नेताहरूले जेजस्तो काम गरेपनि सही नै गरेको भन्नुपर्छ । देश दलाल, गुण्डा र भ्रष्टाचारीले चलाएका छन । स्वाभिमानी र इमान्दार मान्छे यो देशमा बांँच्न सक्दैनन् । देशको अबस्था यस्तो भएपछि युवा शक्ति बिदेसिनु बाहेक अर्को बिकल्प नदेखेर प्रत्येक दिन बिदेसिनेको भिड लाग्ने गरेको छ । स्वयम नेताहरूले नै देशमा सन्तानको भबिष्य नदेखेर बिदेश पठाएको अवस्थामा अन्य टयालेण्ट युवाहरू बिदेसिँंदा मौन बस्नु बाहेक अरू के पो गर्न सक्छन र । अब मुलुक कता जांँदै छ ? युरोप अमेरिकाको बिकास हेरेका नेताहरू हाम्रो देश त्यस्तै बनाउने तिर कहिले सोच्ने ? अब आउने नेता कोही त्यस्तो जन्मेको छ त ? एकाध होलान् तर उनीहरू सधै अल्पमतमा पर्छन् र उनीहरूले केहि गर्न नै पाउंँदैनन् । अब सबै नेपालीले यस बिषयमा गम्भीरताका साथ सोच्ने र अघि बढ्नुपर्ने बेला भएन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?