ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

सहकारी किसानमैत्री बन्दाः बीउमा परनिर्भता हट्दै

खेतमा किसानमार्फत लगाइएको बीऊको लागि मुल बिऊ सहकारीले उपलब्ध गराउँदै आएको छ । किसानले उत्पादन गरेर बीउलाई प्रमाणीकरण गरेपछि पुनः बिक्री वितरण हुँदै आएको छ ।
२५ चैत्र २०८०, आईतवार
२५ चैत्र २०८०, आईतवार

बुटवल, २५ चैत । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर–५ मा रहेको अन्नपूर्ण बिउ उत्पादक कृषि सहकारी संस्थाले २०६५ साल देखि खाद्यान्नमा बाली तर्फ बीउ उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ । सहकारीले गहुँको बीउ र धानको बीउ उत्पादन, प्रमाणकीरण र बजारीकरण गर्दै आएको हो । सहकारीका व्यवस्थापक विशाल रानाका अनुसार बर्षमा २ सय मेट्रिक टन धानको बीऊ उत्पादन हुँदै आएको छ ।

सहकारीले गहुँको बिजय, एनएल ९७१, गौतम, बणगंगा, वर्नक २०२० जातको गहुँको बीउ उत्पादन गरी विक्रि वितरण गर्दै आएको हो भने धान तर्फ किसानको बढि रोजाईमा पर्ने सावा मन्सुली १, रामधान, हर्दिनाथ ६ जातको गहुँ उत्पादन गर्दै आएको छ । ५० लाख पुँजी भएको सहकारीले बार्षिक डेढ करोड भन्दा बढिको बीऊको कारोबार गर्दै आएको हो । यो बर्ष ४० हेक्टर क्षेत्रफलमा गहुँको बीउको लागि लगाइएको छ । सहकारीका अध्यक्ष दामोदर पौडेलका अनुसार सहकारी मार्फत किसानले धान, गहुँको बीऊ उत्पादन गरी बिक्री वितरण गर्दा अन्य प्राईभेट कम्पनीहरूको भन्दा सस्तो समेत हुने गरेको छ । विउ विजन प्रयोगशाला बाट गुणस्तर प्रमाणीत गरेर, सोही अनुसार बीउको शद्धता कायम गरी विक्रि वितरण गर्दा सहकारीको विश्वास समेत किसानहरूको बढि भएको उनको भनाई छ ।

यस्तै बीऊ उत्पादनको काम गर्दै आएको ज्ञान विज्ञान कृषि सहकारी संस्था सियारी ६ रानीगञ्जमा पनि किसान लाई सहकारी मार्फत आवद्ध गराएर विउ उत्पादन, बजारीकरण गर्दै आएको छ । सहकारीका अध्यक्ष ढुनराज शर्माका अनुसार सहकारी खाद्यान्नबाली तर्फ धान, गहुँ, मकै, दलहन बालीमा मसुरो, दाल बोडी, तेलहन बालीमा तोरीको बीऊ उत्पादन गर्दै आएको छ । सहकारी मार्फत कारोबार गर्दा किसानहरूको लागि आएको बीउको अनुदान सिधै किसानहरूले नै पाउने गरी बिऊ उत्पादनको काम गर्दै आएको सहकारीका अध्यष शर्माको भनाई छ ।

गहुँ २० हेक्टरमा सहकारी मार्फत लगाइएको छ भने धान ७० मेट्रिक टन, तोरी ८ मेट्रिक टन उत्पादन भएको छ । यस्तै मकै १२ हेक्टरमा सहकारीले लगाएको छ । मसुरो २ हेक्टरमा, दाल बोडी २ हेक्टरमा लगाएको छ । खेतमा किसान मार्फत लगाइएको बीऊको लागि मुल बिऊ सहकारीले उपलब्ध गराउँदै आएको छ भने किसानले उत्पादन गरेर बीउलाई प्रमाणीकरण गरेपछि पुन विक्रि वितरण हुँदै आएको छ ।
सहकारी मार्फत बीउ उत्पादन भएपछि उत्पादन गर्ने किसानाई सरकारी निकायबाट बीउ उत्पादनको लागि आएको अनुदानको लाभ प्राप्त गर्दै आएका छन् भने अर्को तर्फ किसानले बजारमा खाद्यान्न बाली भन्दा ५० देखि ७० गुणा सम्म बढि मुल्य पाउने गरेका छन् ।
खाद्यान्न बाली उत्पादन गर्दा भन्दा बीउ उत्पादन गर्दा किसान लाई लाभ समेत बढि हुने गरेको सहकारीले जनाएको छ । सहकारीमा आद्धव १५५ जना शेयर सदस्य मध्ये नियमित रूपमा बीउ उत्पादनको काम गर्दै आएका सहकारी सदस्यहरू ८० जना रहेका छन् । बर्षमा सहकारीले ७० देखि ८० लाखको कारोबार गर्दै आएको छ ।

जिल्लामा आदित्य कृषि सहकारी संस्था, गणपती बहुदेश्यीय कृषि सहकारी संस्था, बुटवलको सीम्रीक कृषि सहकारी संस्था, जनसेवा बहुमुखी सहकारी संस्था, नवदुर्गा स्वाबलम्बन बहुदेश्यीय कृषिक सहकारी संस्था लगायतका सहकारी संस्थाहरू रहेका छन् । रूपन्देहीको कोटहीमाई गाउँपालिका नवदूर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले निर्माण प्राथमिक प्रसोधन उद्योग स्थापना गरी विभिन्न जातका बीउ उत्पादन, ग्रडीङ्गको काम गर्दै आएको छ । सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद कुर्मीका अनुसार ३ हजार हेक्टरमा गत बर्ष नेपाली जात को गहुँको बीउको लागि उत्पादन गरिएको थियो ।

उत्पादन भएको गहुँको बीउ किसानले ग्रेडीङ्ग गरे आवश्यक बीउ उपचारपछि गोदाम घरमा राखेर वा बिक्री गरेर जाने गरेका छन् । आवश्यक बखतमा किसानले सोही सहकारी बाट नै खरिद गरेर लैजाने गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई रूपन्देहीको सहयोगमा अहिले कोटहीमाई गाउँपालिमा गहुँ जोन लागू भएको छ । सोही अनुसार परियोजनाले बीउ बिजन/खाद्यान्न भण्डारण घर निर्माण गरिदिएको छ भने प्राथमिक प्रसोधन उद्योग समेत स्थापना गर्नको लागि अनुदान प्रदान गरेको हो ।

सहकारीमा आवद्ध रहेका ४ हजार ५ सय ७६ जना सदस्यहरूले आफूले चाहिएको गहुँ र धानको बीउ सोही सहकारीबाट सहुलियतमा लिँदै आएका छन् । धानको बीउको लागि अझै केही परनिर्भरत रहेको भएपनि गहुँको बीउको लागि भने भारत जानुपर्ने अवस्था नरहेको सहकारीका अध्यक्ष दुर्गा प्रसाद यादव बताउँछन् । सहकारीमा करिव ४० करोड पुँजी रहेको छ । ३ वटा पालिकाका किसान सहकारीमा आवद्ध रहेका छन् । कोटहीमाई, सम्मारीमाई र मर्चवारी गाउँपालिकाका किसानहरूले सोही सहकारीमा अवद्ध भएर बीउ तथा खद्यान्न भण्डारको काम साथै उपलब्ध भएका आधुनिक उपकरण गहु छर्ने मेसिन, रोटावेटर, अन्य उपकरण प्रयोग गर्दै आएका छन् ।

बीउ विजन प्रयोगशाला भैरहवाका निमित्त प्रमुख शालकीराम गौतमका अनुसार रूपन्देही सहित ६ जिल्ला कार्यक्षेत्र रहेकोमा ९२ वटा संघ संस्था आवद्ध भएर बीउ उत्पादनको काम गर्दै आएको जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा विउ उत्पादन गर्ने, सहकारी, संघ संस्था नीजि फार्महरूको संख्या बढ्दै गएको छ । गत बर्ष सो कार्यलयले विभिन्न जातका ५३७.३ मेट्रिक टन मुल तथा प्रमाणीत बीउको प्रमाणीकरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?