ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
जनयुद्ध दिवस तथा नया वर्ष २०८१ शुभकामना कार्यक्रम

‘कोरा नारा र भाषणबाट युवा स्वदेश फिर्ता हुदैनन ।’—माओवादी नेता बलदेव

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २४ चैत । वैदेशिक रोजगारमा रहेका युवाहरुलाई कोरा नारा र भाषण गरेर स्वदेश भित्राउन नसकिने नेकपा माओबादी केन्द्रका उपमहासचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज चन्द्रपाणी खनाल (बलदेव) ले दाबी गरेका छन । देशको अर्थतन्त्रको एक तिहाई हिस्सा रेमिट्यान्सबाट भित्रने गरेको भन्दै उनले यो विषयमा सरकार गम्भिर हुनुपर्ने उनले बताए । युवाहरुलाई स्वदेश फिर्ता गर्ने कुरा केवल भाषण भन्दा योजना बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ । ‘सत्तामा भएको जुनसुकै पार्टी यो विषयमा गम्भिर हुनुपर्छ ।’—उनले भने । यो राष्ट्रको र सबै राजनीतिक दलका नेतृत्वको दायित्व भएको उनले बताए ।

शहिद स्मृति खेलकुद क्लब, शहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा जनयुद्ध दिवस तथा नया वर्ष २०८१ को अवसरमा युवाहरु बिचमा भातृत्व विकास गर्दै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले १८ वर्षदेखी माथि र ४० वर्षमुनिका ३५ लाख युवाहरु बाहिर छन । यसैगरि ३५ वर्षदेखि ५० वर्षसम्मका ४० लाख जनशक्ति बाहिर छन । यो दोष युवाहरुको नभई उनिहरु आफनो कर्म गर्न गएको बताए । अहिले २७ लाख युवाहरु खाडी मुलुकमा रहेको र रेमिट्यान्स साढे २९ प्रतिशत भित्रने गरेको उनले बताए ।

पृथ्वी नारायणले एकिकरणपछिको दोस्रो ठुलो ऐतिहासिक आन्दोलन माओबादी आन्दोलन भएको उनले दाबी गरे । ‘यो ईतिहास पढ्न जरुरी रहेको बताए ।’—उनले भने । केही भुईखुट्वाहरुले सराप्दैमा तिनिहरुले यो आन्दोलनको बदनाम गर्दैमा बदनाम हुनेवाला चिज नभएको उनले बताए । यो ईतिहास कम्युनिष्ट सर्मथकहरु र माओबादी बिरोधी दुबैले नपढी नहुने ईतिहास भएको उनले दाबी गरे । युवाहरु ऐतिहासिक रुपमा पंचायत, बहुदल, दशवर्षको युद्ध , शान्ति प्रक्रिया र गणतन्त्रसम्म आईपुग्दा कति चक्र पुरा गरेका छौ त्यो पढ्न, बुझन जरुरी रहेको बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष योगेन्द्र गौतमले राजनीतिक दलहरु युवाहरुको समस्यालाई सम्बोधन गर्दै समाजमा अग्रसर गराउन जरुरी रहेको बताए । धेरै निर्वाचन भोगेर अहिलेको युवाहरु अब भने नेतृत्वमा अवसर पाउनुपर्ने उनले बताए । युवाहरु पार्टी जोगाउन सधै अग्रसर रहेपनि आत्मकेन्द्रित केही नेताका कारण पार्टी अहिले धरापमा परेको उनले गुनासो गरे । देशमा भएका धेरै राजनितीक परिवर्तनमा भोगेका र देखेका युवाहरुको योगदानप्रति राजनितिक नेतृत्व चासो नदिएको दुखेसो गरे । शहिदहरुको बलिदानलाई नेतृत्वले अवमूल्यन गर्न नहुने भन्दै सत्तामुखी मोह तोड्न पर्ने बताए ।

कार्यक्रममा नेकपा पुर्वि लुम्बिनी ईन्चार्ज वसन्त श्रेष्ठले जनआन्दोलनमा विभिन्न राजनितिक पार्टीको एकताको स्मरण गर्दै गणतन्त्र ल्याउन सफल भएको बताए । बुटवलको आन्दोलनमा दुई जना मृत्युवरण भएको भन्दै यसबारे थप खोज्न जरुरी रहेको बताए । कम्युनिष्ट पार्टीहरु कमजोर हुने अवस्थामा आएको भन्दै उनले नकारात्मक धारणा चिर्दै अघि बढ्न जरुरी रहेको उनले बताए । आत्मसमिक्षा गर्ने समय आएको उनले बताए । भष्ट्राचारको तुलना गर्दा नेपाली काग्रेस पार्टी पहिलो नम्बर, नेकपा एमाले दोस्रो नम्बरमा रहेको दाबी गर्दै माोबादीभित्र पनि केही समस्या भने रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका प्रदेश सभामुख वसन्त घर्ती, नेकपा माओबादी केन्द्रका स्थाई कमिटि सदस्य हकिउल्ला खा, पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज बामदेव क्षेत्री, केन्द्रका रुपन्देही सहईन्चार्ज सोनिया यादव, यज्ञ पोखरेल, प्रतिष्ठानका अध्यक्ष हरि घिमिरे, शहिद परिवार अध्यक्ष शिवप्रसाद घिमिरे, सचिवालय सदस्य रुपन्देही जिल्ला संयोजक नारायण जिसि (निर्मल) ले क्लबका सचिव होम विश्वकर्माले शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?