ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

लुम्बिनी केबलकार र कबिर अटोमोबाइल्सबीच सम्झौता

२४ चैत्र २०८०, शनिबार
२४ चैत्र २०८०, शनिबार

बुटवल, २३ चैत । लुम्बिनी केबलकार लि. र कबिर अटोमोबाइल्सबीच पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको छ ।

कबिर अटोमाइःल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट एउटा र खाजा कुपन दिने गरी सम्झौता भएको हो । शनिबार केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र कबिर अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले सम्झौदा पत्र आदान प्रदान गरेका छन् ।

अवसरमा बोल्दै केबलकारका अपरेसन म्यानेजर कायस्थले कम्पनीले होटेल तथा पर्यटन व्यवसायीसंग मात्र नभई अन्य क्षेत्रका व्यवसायीसंग पनि यस्ता सम्झौता गरिरहेको बताए । यसले दुबै पक्षको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने कायस्थले बताए । कबिर अटोमाइल्सका सञ्चालक सिंहले आफ्ना ग्राहकलाई इन्भर्टर ब्याट्री खरिदमा नियम अनुसार पाउने छुट सहित केबलकारको टिकट उपहारको रुपमा दिने गरी बैसाख १ गतेदेखि असार मसान्तसम्मका लागि यो सम्झौता गरेको बताए ।

सम्झौता अनुसार कबिरमा इन्भर्टर ब्याट्री खरिद गरेका ग्राहकले केबलकारको दुई तर्फी यात्रा र टप स्टेशनमा बसन्तपुरमा रहेको रेष्टुटरेन्टमा कोल्ड ड्रिङक तथा कम्बो खाजा सेट निशुल्क पाउने छन् ।

लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार भएकाले यसको प्रवद्र्धन गर्नु यहांका हरेक क्षेत्रका व्यवसायीको दायित्व भएकाले आफूले यो अफर ल्याएको बताए । कबिर अटोमाइल्सका बुटवल,भैरहवा,चन्द्रौटा, तौलिहवा, चितवन लगायतका सबै शाखामा इन्भर्टर खरिद गर्ने ग्राहका लागि यो अफर लागु हुने उनले बताए ।

इन्भर्टर ब्याट्रीको व्यवसायमा कबिर अटोमोबाइल्स नेपालको टप थ्री व्यवसायिक प्रतिष्ठान भएको सिंहले बताए । सो अवसरमा केबलकार कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरे, विभागीय प्रमुखहरु नवराज अधिकारी, रुपेश पौडेल,देउबहादुर चन्द, गायक बसन्त श्रेष्ठ लगायतले बोल्दै केबलकारको दीगो सञ्चालनले बुटवल र आसपासको क्षेत्रको अर्थतन्त्र र व्यवसाय चलायमान बनाउन टेवा पुग्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?