ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

वन प्राविधिक संघको चुनावमा कांग्रेस–माओवादी र मधेशवादी तथा एमाले र मधेशवादीको असन्तष्ट पक्षबीच प्रतिष्पर्धा

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल,२३ चैत । नेपाल वन प्राविधिक संघको नयां नेतृत्वच चयनका लागि भोलि शनिबार मतदान हुने भएको छ । बिहान १० बजेदेखि ५ बजेसम्म सातै प्रदेश र काठमाडौं उपत्यका गरी आठ स्थानमा हुने मतदानमा करिब ३२ सय मतदाता सहभागी हुंदैछन् । नयां नेतृत्वका लागि कांग्रेस–माओवादी र मधेशवादी दल निकटको संयुक्त प्यानल तथा एमाले र मधेशवादी दल निकटको असन्तष्ट पक्षको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

संयुक्त प्यानलमा प्रजातान्त्रिक वन प्राविधिक संघ,नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल र मधेशका लागि वनमा आवद्ध प्राविधिकहरु छन् भने एमाले निकट प्रगतिशिल वन प्राविधिक संघसंग मधेशका लागि वनको असन्तुष्ट पक्षाले गठबन्धन गरेको छ । कांग्रेस माओवादी र मधेशका लागि वनको प्राविधिकहरुको प्यानलबाट अध्यक्षमा राकेश कर्ण र अर्को प्यानलबाट विजयराज पौडेल उम्मेदवार छन् ।
कांग्रेस माओवादी र मधेशका लागि वनको प्यानलले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेको छ । जसमा यसअघि प्रगतिशिल वन प्राविधिक संघको नेतृत्वले जितेपनि वन काउन्सील गठनको एजेण्डा कार्यान्यवन गर्न नसकेकाले सो एजेण्डा पूरा गर्न यसपटक आफूहरुले जित्नुपर्ने लुम्बिनी प्रदेश सचिव केशव खड्काले बताए ।

यस्तै सक्रिय वन व्यवस्थापन,पेशागत सुरक्षा र पेशागत दक्षता बृद्धि लगायतका एजेण्डा रहेको खड्काले बताए । वैज्ञानिक नीति र कानुन बन्न सके वनबाट देशकाो आर्थिक समृद्धि र रोजगारी हासिल गर्ने गरी आफ्नो प्यानले काम गर्ने खड्काले बताए ।

लुम्बिनी प्रदेशको हकमा आफ्नो प्यानलले पाउने मत बराबर आगामी असारमा बृक्षारोपण गर्ने,सक्रिय वन व्यवस्थापन भएका क्षेत्रमा माउ रुखहरुको कलरिङ गर्ने रहेका छन् ।
संयुक्त प्यानलले मतदानमा सक्रिय सहभागिताका लागि सबै मतदातामा अपील समेत गरेको छ ।

यसपटक तीनवटा संगठनको तालमेल भएकाले आफूहरुको जित सुनिश्चित भएको सो प्यानलका नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल प्रदेश महासचिव मोतिराम पौडेल र मधेशका लागि वनका केन्द्रीय सदस्य दिनेश जैसवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?