ट्रेंडिंग:

>> जिल्ला लिगमा देखिदै नयाँ खेलाडी >> मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन >> भारतीय राजदुताबासको सहयोगमा निर्मित ३६ कोठे भवन उद्घाटन >> कोईलासबाससहित नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द >> सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन >> नेपालमा केपी-१ र केपी-२ कोरोना भेरियन्ट पुष्टी,तर सामान्य >> लुम्बिनीबाट तिलाैराकोट लगियाे शिशु बुद्ध >> कांग्रेसको अवरोध पछि संसद वैठक जेठ १३ सम्म स्थगित >> कार्यदलको बैठक शुरु >> आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै >> बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा >> यस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदको दुवै सदनको बैठक आज बस्दै >> कालिका युवा क्लव रापाकोटले पुरुष भलिवल प्रतियोगिता गर्ने >> गुरुङ राष्ट्रिय परिषदले भव्य रुपमा मनायो बुद्ध जयन्ती >> स्थानीय सरकार जनताको विश्वास जित्न असफल >> बाँदरबाट मकै जोगाउन दैनिक १३ घण्टा पहरा, विकल्पमा बेसार खेती >> तुलसीपुरका बस्तीमा खानेपानीको हाहाकार >> पहिलो ‘मायादेवी ट्रेल रन’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवता चडेको भन्दै कुपिण्डे तालमा हाम फालेकी महिलाको मृत्यु >> कार्यदलको बैठक निष्कर्षबिहीन >> दुई पासपोर्ट भएका गृहमन्त्रीले उन्मुक्ति पाउंदैनन् : शेखर >> प्रधानमन्त्री लोकतन्त्र सिध्याउने खेलमा : उपेन्द्र >> सहकारी पीडितले भोलिदेखि आन्दोलन गर्ने >> मणिमुकुन्द कलेजको सहयोगमा बुटवल–लुम्बिनी साइकल यात्रा >> दाङले चुम्यो दोहोरी खेलको उपाधि >> लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषयः प्रधानमन्त्री >> एशिया कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा >> यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका व्यक्ति प्रभावित हुने आकलन >> चीनले सुरु गर्‍यो ताइवानको आकाशमा युद्धअभ्यास >> सिंहासन त्यागेर शान्ति खोज्ने पहिलो मानव बुद्ध : प्रदेश प्रमुख शेरचन >> बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा  बुद्धजयन्तीले सार्थकता पाउँछ:  मुख्यमन्त्री >> सहकारी छानबिन समिति कार्यदलको बैठक आज बस्दै >> बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग आज पनि उत्तिकै सान्दर्भिक छ- प्रधानमन्त्री >> राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश >> आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनीमा उल्लास >> ‘सत्ता र शक्तिको बलमा प्रेसमाथि प्रहार’ >> बुद्ध जयन्ती कि बुद्ध पूर्णिमा ? >> रामग्राममा धातु जात्रा >> वर्तमान समयमा बुद्ध धर्मको सान्दर्भिकता >> लुम्बिनीमा मनोजको मन >> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश

औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल, २३ चैत । नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेसनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहका बिच नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर वुढा, सल्लाहकार डा रोहितराज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्युड हस्तान्तरण गरि पदस्थापन गरिएको हो ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ब्यवसायक हकहितसंगै संघ सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए । जिल्ला एकतावद्ध र बलियो भए संघको केन्द्र बलियो हुने तर्क दिदै उनले ब्यवसायीहरु एकजुट भई संस्थागत रुपमा आवाज उठाउनुपर्ने बताए । ब्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखिकरण जरुरी हुने भन्दै उनले यस्ता कार्यक्रममा जोड दिएर योजना अघि बढाउन सुझाव दिए । हाल २ वर्षसम्मको म्याद ग्रुजेका औषधीहरु फिर्ता हुने प्रावधान रहेको भन्दै यसको शतप्रतिशत कार्यान्वयनमा लाग्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले गुणयुक्त, असरयुक्त जनसुरक्षित औषधीको आपूर्ति, हाम्रो प्रतिवद्धतालाई मुलमन्त्रलाई सधै आत्मसात गरेर अघि बढ्नुपर्ने बताए । अबको कार्यकालमा अफिस ब्यवस्थापन, ३–३ महिनामा पुर्ण बैठक बस्ने, कार्य मुल्यांकनलाई जोड दिने, क्षतिपूर्ति नियमावलीको विषयमा कडाईका साथ कार्यान्वयनका विषयमा गम्भिर भएर लाग्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला पुर्वअध्यक्ष सुरज भट्टराईले खाद्यपुरक बस्तु (फुड सप्लिमेन्ट) को विषयमा चासो दिन जरुरी छ । कुनै पनि हालतमा यो विक्रिवितरणमा रोक्न जरुरी रहेको उनले बताए । आजिवन औषधीको म्याद ग्रुजेको अवस्थामा फिर्ता हुनुपर्ने मागलाई जोडदिनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, महासचिव प्रकाश ज्ञवालीले नया कार्यसमितिलाई अवसरका साथै धेरै चुनौतीहरु आईपरेको भन्दै जिल्लाहरुलाई सबल र सक्षम बनाउदै अघि बढ्ने बताए । यसैबिच संघका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष नारायण बहादुर थापा, सचिव कृष्ण पोखरेल, पुर्व अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित प्रदेश समितिलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?