ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

सापकोटाको लोभलाग्दो ‘कृषि उद्योग’

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

जितपुर, २२ चैत । कपिलवस्तु बाणगंगा नगरपालिका ८ धनेशपुरका मित्रलाल सापकोटा पशुपालन कृषि व्यवसायबाट खुशी भएका छन् । आफ्नै साढे ३ विगाहा क्षेत्रफलमा एकीकृत रूपमा कृषि तथा पशुपालन व्यवसाय गरेर उनी खुशी बनेका हुन् । कृषि र पशुपालनमा सफल सापकोटाको एकीकृत रूपमा पशुपालन र कृषि व्यवसायबाट मनग्गै आम्दानी गरेका छन् । उनको मुख्य पेशा नै कृषि तथा पशुपालन क्षेत्र हो ।

मिलास पशुपंक्षी तथा कृषि उद्योग दर्ता गरेर उदाहरणीय काम गरेका छन् सापकोटाले । उनले एकीकृत रूपमा कुखुरापालन, बंगुरपालन, बाख्रापालन, माछापालन र तरकारी खेती गरी नमूना काम गरेका छन् । उनको व्यवसायमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कपिलवस्तुबाट केही अनुदान प्राप्त भएपछि उनको एकीकृत व्यवसाय फस्टाएको हो । उनको कुखुरा फर्ममा ११ सय कुखुरा हँुर्कदै छन् । अबको केही दिनमा कुखुरा विक्रीका लागि तयार हुने उनले बताए । यसको बजारमूल्य घटीबढि हुँदा धेरै नाफा गर्न नसकिने बताएका छन् । कतिपय समयमा कुखुराको मूल्य राम्रो परेपनि कुनैबेला कम मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
उनको बंगुरपालन अर्को मुख्य व्यवसाय हो । माउ र पाठापाठी गरी हाल एक सय २५ वटा बंगुर उनको फर्ममा छन् । ५५ माउ र ७० पाठापाठी गरी १२५ बंगुरपालनबाट राम्रो आम्दानी हुने उनले बताए । यहीँ हिसावले बंगुर हुर्किदै गएपछि बिक्री गर्न कुनै समस्या नहुने र यसको बजार मूल्य राम्रो रहेको उनले बताए ।

हाल ७० बढि पाठापाठी तयार भएका छन् प्रति गोटा ७ हजार सम्ममा विक्री हुने गरेको छ उनले भने, ‘जसले गर्दा ५ लाखकै बंगुरको बच्चा विक्री गर्न सकिन्छ । माउ पनि मासुको भाउमा विक्री हुने गर्दछ, प्रति केजी ४ सय सम्म विक्री गर्दै आइरहेका छन्, एउटा बंगुर १ सय केजिसम्म हुने गर्दछ । जसबाट १६ लाखसम्म आम्दानी हुने अनुमान छ ।’ माउ र बच्चा बिक्रीबाट मात्रै २१ लाख आम्दानी हुने लक्ष्य राखेका छन् । दुईतर्फ बंगुरको सेड बनाएर उनले व्यवस्थित रूपमा बंगुरपालन गरेका छन् । नियमित दाना पानी, रेखदेख र उपचारमा विशेष ध्यान दिनुपरेको उनी बताउँछन् ।

विगतको कोभिड १९ को समयमा बंगुरपालनमा घाटा खाएपनि त्यसपछि भने राम्रो प्रतिफल दिएको बताए ।‘दुई सय बंगुर थिए लगानी बढि गर्नुपथ्र्यो, विक्री हुँदैनथ्यो, त्यसबेला निराश थियौ । अहिले त्यो समस्या छैन’ उनले भने । बंगुरपालन संगसंगै पशुपालनमा योजनाबद्ध काम गरेका उनले गएको साउनदेखि बाख्रा पालन गरेका छन् । कुनै एउटा व्यवसायले साथ नदिए अर्को व्यवसायबाट सहयोग पुग्ने योजनाका साथ बाख्रापालन तर्फ आकर्षित भएको उनले बताए । ७ वटा बाख्राबाट शुरुवात गरेका सापकोटाको फर्ममा हाल २९ वटा बाख्रा छन् । उनले कुनै समय कुखुरा व्यवसायमा घाटा व्यहोर्नुपर्दा विकल्पको रूपमा बंगुर व्यवसाय रोजेको उनले बताए । बंगुर संगसंगै बाख्रापालन थालेका उनले माछापालनमा पनि राम्रो आम्दानी गर्न सफल भएका छन् ।

एकपछि अर्को व्यवसाय गर्नुको फाइदा पनि राम्रैसंग अनुभव गरेका सापकोटाले माछापालनबाट गत सिजनमा ५ लाख बढिको माछाको कारोवार भएको उनले बताए । गत पौष देखि फागुनसम्म १८ क्वीन्टल माछा बिक्री गरेका ५ लाख बढि आम्दानी गरेका थिए । हाल १० हजार भुरा माछा पोखरीमा छन् । डेढ विगाहामा ५ वटा पोखरी निर्माण गरी व्यवसायिक माछापालन गरेका हुन् । माछा पोखरीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अनुदान सहयोग गरेपछि माछापालन विस्तार गरेको उनले बताए । परियोजनाले माछा पोखरी निर्माणमा ५० प्रतिशत अनुदान दिएको हो । माछा पोखरी निर्माण संगसंगै दाना चुना भुरा, नश्ल सुधार र बोरिङ्ग सिंचाईका लागि लागत साझेदारीमा अनुदान सहयोग गरेको हो ।

उनी भन्छन्, ‘परियोजनाको अनुदानले व्यवसायिक पालनमा टेवा पुगेको छ । शुरुका बर्ष ५ वर्ष अघि उद्योग संचालन गर्दा समस्या परेको भएपनि परियोजनाबाट अनुदान प्राप्त भएपछि एकीकृत रूपमा पशुपालन व्यवसायबाट सन्तुष्टी छ ।’यसलाई अझ विस्तार गर्दै जाने उनको लक्ष्य छ । पशुपालनबाट ७ जनाले रोजगारी पाएका छन् जसमा ४ जना आंशिक रोजगारीमा संलग्न छन् । पशुपालनसंगै तरकारी खेती तर्फ पनि सिजन अनुसारको उत्पादन गरेका छन् । टमाटर, काक्रा, आलुबाट पनि उनले आम्दानी गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?