ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

नयाँ शैक्षिक सत्रमा नयाँ शैक्षिक योजना खोइ ?

२२ चैत्र २०८०, बिहीबार
२२ चैत्र २०८०, बिहीबार

शैक्षिक सत्र २०८० को अन्तिम परीक्षा र परीक्षाको नतिजा पछि नयाँ शैक्षिक सत्रका लागि के गर्ने, कसरी गर्ने, कहाँ गर्ने, कसले गर्ने, श्रोत के हो ? आदि कुराहरूको वारेमा योजना बनाउने समय भनेको यही समय हो । हाम्रा सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा प्रेमी सबैको चासोको विषय हो “नयाँ योजना तर्जुमा” । जसका बालबालिकाले जुन विद्यालयमा अध्ययन गर्दछन् उनीहरूका लागि उक्त विद्यालय स्तरीय चाहिएको छ । जसका बाल बच्चाले उक्त विद्यालयमा अध्ययन गर्दैनन् उहाँहरूका लागि उक्त विद्यालय गहना जस्तै हो । जसरी गहनाले सुन्दरता प्रदान गर्दछ, त्यसैगरेर स्तरीय विद्यालयले पनि हरेक अभिभावकमा सुन्दरता प्रदान गर्दछ । कुन छिमेकी नहोला आफ्नो छिमेकको विद्यालयस्तरीय भएको देख्न नचाहने ? साह्रै पूर्वाग्रही भावनाको रहेछ भने मात्र उसको मनमा विद्यालयको स्तरताको वारेमा चासो नहुन सक्छ, होइन भने आफ्नो छिमेकमा रहेको विद्यालयको नाम अली परसम्म सुन्दा मनमा आनन्द अवश्य लाग्छ होला । जसले शिक्षालय र शिक्षाको महत्व बुझेको हुन्छ उसले आफ्नो छिमेकमा रहेको विद्यालय वा कलेजप्रति कहिल्यै पनि नकारात्मक धारणा राख्दैन । नकारात्मक धारणा राख्नपनि कुनै जरुरी छैन । नकारात्मक धारणा राख्ने होइन आफूसक्दो नैतिक, भौतिक वा आर्थिक सहयोग गर्न चाहनुपर्दछ । जुन स्थानका अभिभावक वा छिमेकीहरू सचेत छन् त्यो विद्यालयको स्तर थोरै भए पनि माथि उठेको हुन्छ । सिकाइ उपलब्धि पनि केही उच्च हुन्छ । जुन विद्यालयको स्तर माथि उठेको हुन्छ त्यहाँबाट शिक्षा आर्जन गरेर गएका विद्यार्थीहरूले उच्च कक्षामा पनि राम्रो प्रगति गरेको देखिन्छ । विद्यालय तथा विद्यार्थीले गरेको प्रगति सुनेर वा देखेर छिमेकीले पनि अलिपर पुगेर पनि नाक ठाडो पार्न सक्दछ । आफ्नो सानो सद्भावले विद्यालयले गुणस्तर कायम गर्न सकेको हुन्छ । यसैमा गर्व लाग्दछ । गर्व गर्नका लागि ठूलो लगानी लगाउनु पर्दैन । ठूलो सद्भाव राखेमात्र पनि हुन्छ ।

यो समय विद्यालयमा विद्यालय सुधार योजना (यस.आई.पी) निर्माण गर्ने समय हो । विगतमा तयार गरेका योजनाहरू कति पुरा हुन सके, कति सकेनन् ? पूरा भएको भए कसरी सम्भव भयो र बाँकी रहनुको कारण के हो ? यसका वारेमा पनि गहन अध्ययन, विश्लेषण, छलफल वा समीक्षा समेत यसै समयमा गर्नु आवश्यक हुन्छ । हामीले विद्यालय सुधार योजनामा राखेका योजना अनुसार सम्वन्धित निकायमा योजना माग गर्नुपर्ने प्रावधान रहेको छ । हामीले पूरा गर्न नसकेका ती योजनाहरू पूरा हुन नसक्नुका कारण राम्ररी केलाएर आगामी वर्षका लागि पुनः तयारीमा राख्नुपर्दछ । पुराना योजनाको साथमा नयाँ योजना समेत थप गर्नुपर्दछ । एकपटक केही योजना बनाइयो र त्यो पूरा भयो भन्ने हुँदैन । हरेक दिन नयाँ कुराको चाहना बढ्दै जान्छ । यसकारण हरेक वर्ष नयाँ योजना थप गर्नुपर्दछ ।

हाम्रा सबै योजनाहरू रकम लाग्ने मात्र हुँदैनन् । केही योजना वा कार्यक्रम विना रकम वा न्यून रकममा पनि सम्पन्न गर्न सकिने खालका हुन्छन् । विद्यालयमा विद्यार्थीलाई अनुशासनको पाठ सिकाउनका लागि रकम खर्च गर्नुपर्दैन । शिक्षक विद्यार्थी समयमा आउने र नियमित अध्ययन अध्यापनमा जुटने कुरा कुनै रकम लाग्ने हुँदैन । सबैभन्दा ठूलो योजना यही हो । यस्तै प्रार्थनाको समयमा विद्यार्थीलाई दिइने विभिन्न किसिमका जानकारीले पनि विद्यार्थीमा सकारात्मक सोंचको विकास हुन्छ । यस्ता खालका सकारात्मक सोंचका कुरा विद्यार्थीलाई निर्देशन दिने कुरामा पनि रकम खर्च गर्नुपर्दैन । विद्यालयको हाता सरसफाई गर्ने कुरा, गल्ने फोहर अलग र नगल्ने फोहर अलग राख्नका लागि कुनै ठूलो धनराशी खर्च गर्नुपर्दैन । गल्ने फोहरलाई निश्चित स्थानमा विसर्जन गर्ने गर्नाले त्यसबाट मल उत्पादन गर्न सकिन्छ । विद्यालय हातामा क्यारी बनाएर पुष्पहरू रोप्ने जिम्मा विद्यार्थीहरूलाई दिने हो भने विद्यालयको शोभा बढने र विद्यार्थीको विद्यालयप्रति माया बढ्ने हुनजान्छ । जहाँ जहाँ विद्यालयहरूमा यसरी क्यारी बनाएर विद्यार्थीलाई त्यसको संरक्षणको जिम्मा दिईएको हुन्छ, त्यस विद्यालयका विद्यार्थीहरूले अति नजिकबाट आफ्नो विद्यालयलाई माया गरेको कुरा विभिन्न विद्यालयमा गरिएका अवलोकनबाट सिद्ध भएको कुरा हो । विद्यालयमा गरिने कुनैपनि काममा शिक्षकले आफूले मात्र त्यसको जिम्मा लिने होइन त्यसको जिम्मेवार विद्यार्थीलाई बनाउन जान्नुपर्दछ । विद्यार्थीले पनि यो विद्यालय हाम्रो हो । हामीले यसको संरक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास गराउन सक्नुपर्दछ । यस्ता कुराहरू योजनामा पर्नुपर्दछ । यसका लागि खासै रकम खर्च गर्नुपर्दैन । सानो तरिकाले मात्र पनि विद्यालयमा सुन्दर कार्यहरू हुन सक्दछन् ।

हामीले विद्यालयमा धारा, शौचालयको आवश्यकता महसुस गर्दछौं । पुस्तकालय तथा कम्प्युटर कक्षको आवश्यकता महसुस गर्दछौं । अनि यसको निर्माण तथा संकलनमा योजना बनाउँछौं तर यिनै पानीका धारा तथा शौचालयको सुरक्षा तथा सरसफाईको महत्वको वारेमा हाम्रो विद्यार्थीलाई प्रशिक्षण दिने कुरा योजनामा राख्ने हेक्का गर्दैनौ अनि विद्यालयमा बनेका धारा, शौचालयको अवस्था दुई वर्षमा पूरै जीर्ण बनिसकेका हुन्छन् । प्रयोगविहीन अवस्थामा पुगेका हुन्छन् । यसको कारण के हो ? निराकरण के हो ? भन्ने वारेमा हाम्रो सोंचाइ हुँदैन अनि हाम्रो यस्ता योजनाले सार्थकता पाउँदैनन् । हामीले ठूलो रकम खर्च गरेर मात्र योजना मागिन्छ वा सम्पन्न गर्न सकिन्छ भन्ने सोंचाइ भएका कारणले गर्दा हाम्रा विद्यालयमा निर्माण भएका हरेक भौतिक संरचनाहरू छिट्टै नष्ट हुने अवस्थामा पुगेका देखिन्छन् । योजना माग गर्नु अघि यसको संरक्षण कसरी, कसले गर्न सक्छ ? भन्ने धारणाको विकास गराउन जरुरी छ । अर्कोकुरा योजना सबै धनको लगानीले मात्र सम्पन्न हुन्छन् भन्ने धारणा हाम्रो मनमा भएका कारणले हामीले हाम्रा विद्यार्थी, शिक्षक, अभिभावक तथा छिमेकीहरूलाई विद्यालयको स्तरताको लागि प्रशिक्षित गर्नुपर्छ भन्ने सोंचाइमा कमी भएको पाइन्छ । यो हामीमा रहेको एउटा कमजोरीपना हो । हामीले हामीमा भएको कमजोरी कतै देखाउन चाहँदैनौं । किनकी कमजोरी देखाइयो भने अयोग्य होइन्छ भन्ने धारणा हामीमा रहेको छ । वास्तवमा मानिसमा रहेको कमजोरीका वारेमा पनि समीक्षा गरिनुपर्दछ । यदि कमजोरी छन् भने सुधार्न तर्फ लाग्नुपर्दछ ।

हाम्रा सबै योजनाहरू विद्यार्थी लक्षित हुनुपर्दछ । उनीहरूको सिकाइ उपलब्धि बृद्धिको लक्ष बानाइनुपर्दछ । पाठ्यपुस्तकमा रहेको ज्ञान दिलाउनु मात्र सिकाइ उपलब्धि होइन । कक्षामा पढाएको राम्ररी ध्यान दिएर सुन्छ, कक्षा कार्य राम्ररी गर्छ । गृह्य कार्य पनि राम्ररी गर्छ । परीक्षामा पनि राम्रो अंक ल्याउँछ तर विद्यालयको समपत्तिको संरक्षण गर्न जान्दैन, गुरुहरूप्रति सद्भाव दर्शाउन सक्दैन, आफ्नै साथीहरूसंग मित्रभाव कायम गर्न सक्दैन भने परीक्षामा जतिसुकै अंक प्राप्त गरे पनि त्यो सिकाइ उपलब्धि उच्च मान्न सकिदैन । हामीले यस प्रकारका विद्यार्थीलाई पनि प्रशिक्षित गर्ने सहितका योजना बनाउन सक्यौं भने सुनमा सुगन्ध भएको मानिने छ । आम शिक्षक साथीहरू एकपटक रकम नलाग्ने वा कम लाग्ने योजनामा पहिले ध्यान दिन आग्रह गर्नु अनुचित हुन्छ जस्तो लाग्दैन । समय समयमा शिक्षक प्रशिक्षण कार्यक्रम र कक्षाकोठामा या प्रार्थनाका सयममा विद्यार्थीलाई दिइने निर्देशनका वारेमा पहिले विद्यालय प्रशासन जानकार हुन आवश्यक छ । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?