ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

गुल्मीको विकासका दुई आधार

२१ चैत्र २०८०, बुधबार
२१ चैत्र २०८०, बुधबार

गुल्मी जिल्ला मेरो जन्म थलो हो । शिक्षा दीक्षा पनि पाएको थलो । तथापी गुल्मीसँग भौतिक सानिध्य टुटेको झण्डै तीन दशक पुगेछ । भौतिक सानिध्य टुटे पनि भाव सानिध्य गहिरो छ । जिल्लाको हरेक गतिविधि जानकारीमा राख्छु । साथीभाई इष्टमित्र मान्यजन आफन्तसँगको सम्बन्ध कायम छ । जन्मे हुर्के बढेको र शिक्षा दीक्षा प्राप्त गरेको थलोको माया विछट्टै हुँदो रहेछ । २०५४ सालदेखि रूपन्देहीको बुटवलमा बसाइ सरेपछि गुल्मीसँगको भौतिक सानिध्य टुटेको हो । हुन त बुटवल गुल्मीबासीको बेंसी बसाई सरे जस्तै हो । अचेल अधिकांश गुल्मीबासी यतै भेटिन्छन् । गुल्मी जिल्लावासी बिचको सम्पर्क सम्बन्ध माया ममता यथावत् कायम राख्ने उद्देश्यले गुल्मी सम्पर्क समाज रूपन्देही स्थापना गरिएको छ, दुई दशक अघि नै । राजनीतिक दलहरूका सम्पर्क समिति पनि कृयाशिल छन् । रूपन्देहीमा बसाई सरेपनि जन्म वा पुख्र्यौली थलो गुल्मीको विकास निर्माणमा इँट्टा थप्ने उद्देश्यले गुल्मी सम्पर्क समाज रूपन्देहीले गुल्मीको विकासका आधार पहिल्याउन छलफल र बहस प्रारम्भ गरेको छ । यसका लागि नयाँ वर्ष २०८१ को अवसरमा एक स्मारिका पुस्तक प्रकाशन गर्न लागिएको छ । जुन कार्य प्रशंसनीय छ ।

गुल्मी जिल्लाको आर्थिक विकासका मुलतः दुई आधार छन्, ति हुन– पर्यटन र कृषि । पर्यटकीय विकासको राम्रो सम्भावना बोकेको जिल्ला हो, गुल्मी । कृषि विकासको पनि प्रशस्तै सम्भावना छ गुल्मीमा । पर्यटनको दृष्टिले सबैभन्दा बढी महत्वपूर्ण सम्पदा रेसुङ्गा र रुरु क्षेत्र हुन् । रुरु क्षेत्र गुल्मी पाल्पा र स्याङ्गजा जिल्लाको सङ्गममा रहेको भएपनि गुल्मी तर्फपनि महत्वपूर्ण दर्शनीय गुफा, पुरानो रिडी बजार र पवित्र कालिगण्डकी नदी आदि सम्पदा रहेका छन् । रुरु क्षेत्र र कालिगण्डकी अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय सम्पदा हुन् । रुरु क्षेत्र अन्र्तगतको रिडीमा सताब्दी पुरानो संस्कृत विद्यापिठ छ । जो गुल्मी जिल्लाको सम्भवतः पहिलो शिक्षाको ज्योती हो । गुल्मीमा बैदिक शिक्षाको प्रकाश यसैले फैलाएको हो भन्दा अतिशयोक्ति नहोला । यो पनि एउटा पर्यटकीय गन्तव्य हो । कालिगण्डकी नदीमा संसारमै दुर्लभ मानिएको सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान विष्णुको रूपमा पुजा गर्दै आएको शालिग्राम शिला पाइन्छ । रुरु क्षेत्रको महिमा अपारम्पार छ । यहाँ भगवान विष्णुको साक्षात् दर्शन पाइने स्थलका रूपमा पौराणीक साहित्यमा चर्चा गरिएको पाइन्छ । कालिगण्डकी किनारस्थित ऋषिकेशव मन्दिरमा भगवान विष्णुको साक्षात् दर्शन मिल्ने लोक मान्यता रहेको छ । जनविश्वास रहेको छ । त्यसैले नेपालका चार धाम (चार मुख्य तिर्थ स्थल) मध्ये रिडी (रुरु क्षेत्र) लाई पनि एक मानिएको छ । नेपालको बनारस (वाराणसी) भनिन्छ रिडीलाई । यद्यपी नेपाल सरकारले रुरु क्षेत्रको पर्यटकीय विकास र प्रबर्धन गर्न यथोचित प्रबन्ध मिलाउन भने सकेको छैन । यो सनातन हिन्दू धर्मावलम्बीहरूका लागि अन्तर्राष्ट्रिय महवको तिर्थस्थल हो । संसारका अन्य धर्मावलम्वी पर्यटकलाई पनि यहाँको आध्यात्मिक र प्राकृतिक वातावरणले मोहित तुल्याउन सक्छ । यहाँ भई बग्ने पवित्र कालिगण्डकी नदी र रिडीखोला, गुफा, कन्दरा हरियाली वनजङ्गल र जङ्गली जीवजन्तुहरूको क्रिडास्थल यहाँका पर्यटकीय स्रोत हुन् । ऋषिकेशव मन्दिरमा पाँचसय वर्ष अघिदेखि अर्गलीको एउटै भट्टराई परिवारले पूजा परम्परा धानेको साँस्कृतिक कथा पनि कम रोचक छैन ।

सुन्दर

रिडी बजार पनि एउटा पर्यटकीय सम्पदा हो । माघे संक्रान्ति र हरिबोधनी एकादशी एवं द्वादशीमा मेला भर्न र पवित्र कालिगण्डकीमा स्नान गर्न लाखौं मानिस रुरु क्षेत्र पुग्दछन्, हरेक वर्ष । साउन महिनामा पनि गङ्गा स्नान र गङ्गा जल उठाई शिवालयहरूमा पु¥याउन हजारांै भक्तजन रिडी पुग्ने गर्दछन् । कलियुगमा कालिगण्डकी स्नानलाई सबैभन्दा ठूलो तिर्थ मानिएको छ । अतः रुरु क्षेत्र गुल्मी जिल्लाको सबैभन्दा महत्वपूर्ण पर्यटकीय सम्पदा हो । यसको विकास र प्रबर्धनमा गुल्मीबासी जुट्नुपर्छ । रुरु क्षेत्रको पर्यटकीय प्रबर्धन गर्न २०८१ साल बैशाख ७ गते रुरु क्षेत्रमा शालिग्राम शिला महोत्सव आयोजना गरिएको छ, पर्यटन सम्बन्धी संस्था शालिग्राम पर्यटन प्रतिष्ठानद्वारा । रुरुसँगै गुल्मीको अर्को सबैभन्दा बढी महत्वपूर्ण पर्यटकीय सम्पदा रेसुङ्गा हो । श्रृङ्ग ऋषि लगायतका ऋषिमुनी तपश्वीहरूको तपस्या वा साधना स्थल हो रेसुङ्गा । ऋष्य श्रृङ्गकै नामबाट रेसुङ्गा नामकरण भएको जनविश्वास वा जनश्रुति रहेको छ । वाल्मिकी रामायणमा श्रृङ्ग ऋषिको बारेमा चर्चा गरिएको पाइन्छ । त्रेता युगमा भारत वर्ष अन्तर्गतको अयोध्याका राजा दशरथलाई सन्तान नभएको अवस्थामा यिनै रेसुङ्गाका तपश्वी श्रृङ्ग ऋषिले अयोध्या पुगेर अश्वमेघ यज्ञ तथा पुत्रकामेष्टि यज्ञ सम्पन्न गराएपछि दशरथलाई भगवान रामचन्द्र सहित लक्ष्मण, भरत, शत्रुघन गरी चार पुत्र रत्न जन्मिएको रामायणमा चर्चा गरिएको पाइन्छ । रेसुङ्गा यस्ता शक्तिशाली मन्त्रद्रष्टा ऋषि महर्षिहरूको तपस्थली हो । पवित्र पुण्यभूमि हो रेसुङ्गा ।

यसको भारतको अयोध्यासँग यस्को साँस्कृतिक सम्बन्ध छ । यसैले रामायण पर्यटन सर्किट (चक्र) मा रेसुङ्गालाई पनि समेटेर प्रशस्त भारतिय पर्यटक आकर्षित गर्न सकिन्छ गुल्मीमा । रामायण पर्यटन सर्किटका चार महत्वपूर्ण स्थल मध्ये तीन स्थल नेपालमा रहेका छन् । श्रृङ्ग ऋषिको तपश्यास्थल रेसुङ्गा गुल्मी जिल्लामा, रामायणका रचयिता बाल्मिकी ऋषिको तपश्या वा रचनास्थल बाल्मिकी आश्रम चितवन जिल्लामा र रामपत्नी सीता माताको जन्म वा विवाह स्थल धनुषा जिल्लामा रहेका छन् भने रामको राज्यस्थल अयोध्या मात्र भारतमा रहेको छ । अतः नेपालले रामायण पर्यटन सर्किटको विकास गर्ने हो भने पर्यटक आगमनबाट नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्छ । रेसुङ्गाको महिमा स्थानीय जनमानस वा समुदायले आत्मसात गरेको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारलाई रेसुङ्गा नगरपालिका नामकरण गरिएको छ । त्यसैले गुल्मी जिल्लावासीले रेसुङ्गाको पर्यटकीय विकासलाई बढी महत्व दिनुपर्छ । रेसुङ्गा ऋषि महर्षिहरूको तपश्यास्थल मात्र नभएर प्राकृतिक सौन्दर्यको दृष्टिले पनि निकै महत्वपूर्ण स्थल छ । जङ्गली जीवजन्तु र जडिबुटीकालागि पनि यो महत्वपूर्ण छ । शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, लुम्बिनी प्रदेशको सबैभन्दा महत्वपूर्ण पर्यटकीय सम्पदा हो, जहाँ बर्षेनी लाखौं पर्यटक दर्शनकालागि पुग्दछन् । लुम्बिनी आउने विदेशी पर्यटकलाई गुल्मीस्थित यि पर्यटकीय स्थलमा पनि घुमाउने वातावरण सिर्जना गर्नुपर्दछ । तब मात्र हामीले पर्यटकको बसाई अवधि लम्ब्याउन सक्छौं । विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्न सक्छौं । रुरु र रेसुङ्गा क्षेत्रको एकिकृत र समान ढंगले विकास गर्ने उद्देश्यले नेपाल सरकारले रुरु रेसुङ्गा विकास समिति गठन गरेको थियो, पहिले । अहिले यो समिति निष्कृय छ । यसलाई फेरी जगाउनुपर्छ ।
रुरु रेसुङ्गको अतिरिक्त गुल्मी जिल्लामा अन्य सहायक पर्यटकीय सम्पदा पनि रहेका छन् । धुर्कोटको विचित्र गुफा, पुर्कोटको कङ्के देउराली, इश्मा र धुर्कोटका प्राचिन राजदरबार एवं कोट (कोत), बलेटक्सार, श्रृङ्गा, आँपचौरको कफी केन्द्र, डिब्रुङ्ग, शान्तिपुर, नयाँगाउँको झल्याकोट, मदाने लेक, मदाने मालिका मन्दिर, ठूलो लुम्पेकको सत्यवती, रुरुको अचम्मेश्वर गुफा, गुल्मी चारपालाको दरबार, रुद्रबेणी, अर्जुन डाँडा, विभिन्न स्थानका होमस्टेहरू र विविध संस्कृति आदि गुल्मीका थप पर्यटकीय सम्पदा हुन् । यिनको समुचित् विकास र प्रबद्र्धन गर्नु पर्छ । प्राकृतिक सम्पदाहरू समेत प्रशस्त छन् गुल्मीमा ।

कृषिका लागि पनि गुल्मी प्रसिद्ध ठाउँ हो । फाँट, बेंसी र टारी खेतहरू कृषिका लागि महत्वपूर्ण सम्पदा हुन । पाखाबारीहरू पनि उब्जनशिल छन् यहाँका । गुल्मीको अर्गानिक कफी अन्तराष्ट्रिय बजारमा प्रसिद्ध भईसकेको छ । नयाँगाउँ, पिपलधारा, भाडगाउँ सुन्तलाका पकेट क्षेत्रहरू हुन् । यहाँका सुन्तला बुटवलमा राम्रो खपत हुन्छन् । भारतमा समेत निर्यात हुन्छ । पुशपालनकोलागि वनजङ्गल प्रशस्त छन् । औषधीजन्य जडिबुटीकालागि पनि गुल्मीको रेसुङ्गा लगायतका वनजङ्गल प्रसिद्ध छन् । धुर्कोट गाउँपालिका क्षेत्र अहिले बाख्रा पालनको लागि निकै अगाडी बढेको छ । चौरासी फाँट, मरभुङ्ग फाँट, बडीघाट क्षेत्र आदी धान खेतीका लागि प्रसिद्ध फाँट हुन, पहिले । अहिले भने बाँझिईसकेका छन् । मकै, धान, कोदो, गहुँ, जौ, आलु, फापर, दाल र तेलजन्य वाली, गहँत आदी उत्पादनकोलागि गुल्मी पहिले अग्रणी जिल्ला हो । भैंसी, गाई र बाख्रा पालनको लागि पनि गुल्मी पहिले अग्रणी जिल्ला हो । तरकारी खेतीका लागि समेत अग्रणी हो । अहिले भने तराईतर्फ र शहरतर्फ बसाई सराईले उत्पादनशिल फाँट र पखेराहरू बाँझिई सकेका छन् । यो दुःखद पक्ष हो ।

गुल्मीमा होमस्टे र घरेलु उद्योग धन्दाको पनि विकासको राम्रो सम्भावना छ । ठूला उद्योग धन्दा स्थापना गर्न सम्भव देखिदैँन । जडिबुटी उद्योगको स्थापनाको राम्रो सम्भावना छ । यसरी पर्यटन र कृषि विकासको माध्यमबाट गुल्मीको आर्थिक विकास गर्न सकिन्छ । पहिले र अहिले पनि गुल्मीवासीको जिविकाको स्रोत कृषि नै हो । त्यसैले पर्यटन र कृषिलाई आधार बनाई गुल्मी जिल्लाको चौतर्फी विकासमा जुट्न सकिन्छ । आयआर्जन राम्रो भएपछि शिक्षा र स्वास्थ्यका पूर्वाधार पनि गाउँमै विकास गर्न सकिन्छ । सडक सञ्जालले सुविधायुक्त जिल्ला बनिसकेको छ । सञ्चार, विद्युत आदी पूर्वाधारको पनि विकास भईसकेको छ । गुल्मीको सर्वाङ्गीण विकासमा गुल्मी जिल्लावासी जुटौं । तिब्र बसाई सराईलाई निरुत्साहित गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?