ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

धनगढीलाई छैठौं खड्ग प्रसाद गौचन स्मृति यु १९ को उपाधि

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

बुटवल, २० चैत ।

रुपन्देहीमा सम्पन्न छैटो खड्ग प्रसाद गौचन स्मृति यु १९ को उपाधि धनगढीले चुमेको छ । एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाईनल खेलमा पल्सर सिईसी काठमाडौंलाई १२ रनले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो । उपाधिसंगै धनगढीले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । सिईसी भने २५ हजार नगद, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापति उत्कृष्ट ब्याट्सम्यान, सिईसी दयानन्द मण्डल उत्कृष्ट बलर घोषित हुँदै नगद ४ हजार तथा सिईसिका समिर बिष्ट म्यान अफ दी सिरिज घोषित हुँदै नगद ७ हजार रुपैया कपबाट पुरस्कृत भए । रुपन्देहीमा क्रिकेटमा योगदान दिएका क्रिकेट प्रशिक्षक जंग बहादुर थापालाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो। थापाले २५ वर्ष देखि रुपन्देही ग्रासरुट क्षेत्रमा योगदान दिदै आएका छन् ।

एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य जयप्रकाश भट्टराई, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, तिलोत्तमा नगरपालिका वडा नं १७ का वडाअध्यक्ष दान बहादुर चौधरी, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, पुर्व राष्ट्रिय क्रिकेट खेलाडी राजु खड्का, क्यानका पुर्व सचिव प्रशान्त बिक्रम मल्ल, पुर्व क्रिकेट खेलाडी अन्तिम थापा, पुर्व खेलाडि तथा प्रशिक्षक शक्ति गौचन, स्टार क्रिकेट एकेडेमीका निर्देशक कविता गौचनले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य जयप्रकाश भट्टराईले खेल संस्कार सिकाउने प्रतिकका रुपमा रहेको बताए ।
कार्यक्रममा पुर्व खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले छैटौ संस्करण थप उपलब्धिमूलक बनेको दाबी गरे । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने लक्ष्यमा सफलता हासिल मिलेको उनले बताए ।

तिलोत्तमा नगरपालिकास्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर धनगढीले ३२.५ ओभरमा १ सय ५० रनको लक्ष्य दिएको थियो । धनगढी अशोक धामि ५० सुभाष सिह २५ रनको योगदान दिए । सिईसी दयानन्द मण्डल ३, करण घर्ती मगर र स्मिथ बुढा २–२ विकेट लिए । सिईसी ३५ ओभरमा १३८ रनमा समेटियो । सिईसीमा सुरेश बुढालले ४१ रन, स्मिथ बुढाले ४० रनको योगदान दिए । डिसिएका निशान रेग्मीले ४ तथा सुर्य श्रेष्ठले २ विकेट लिए । खेलमा धनगढीका निशान्त रेग्मी म्यान अफ दी म्याचका पुरस्कृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?