ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

पर्यटन प्रवर्द्धन गर्न `लुम्बिनी शान्ति महोत्सव´

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

बुटवल, २० चैत।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक लुम्बिनी शान्ति महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित जनबादी गणतन्त्र चीनको दुताबास, लुम्बिनी विकास कोष (एलडिटी), र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडको सहकार्यमा २३ र २४ गते लुम्बिनी अन्तराष्ट्रिय शान्ति महोत्सव हुने भएको हो।
`विकास र शान्तिका लागि अन्तराष्ट्रिय खेलकुद दिवस´को उपलक्ष्यमा चैत २३ गते सम्वाद कार्यक्रम तथा २४ गते बिहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा भब्य रुपमा गरिने मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरि नेपाल टुरिसम बोर्डका मणि लामिछानेले बताए। लुम्बिनीको प्रचारप्रसारबाट नै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धि जोड्न गरि कार्यक्रम हुन लागेको उनले दाबी गरे। लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तराष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरि ३ वटा प्रमुख कार्यक्रम हुने उनले बताए। प्रतियोगिताको पुरुषतर्फ अन्तराष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ। पाच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ। प्रतियोगिताको विद्यागत रुपमा २० लाख रुपैया खर्च हुने अनुमान छ। लुम्बिनी स्क्वायरमा साझ लुम्बिनी शान्ति कन्सर्ट हुनेछ। विश्व प्रशिद्घ गायिका आनी छोयिङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ र परम्परागत गायकहरु तथा संगितकारहरुको प्रस्तुती रहने छ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले विगतबाट नै विश्व खेल दिवसमा लुम्बिनीमा विशेष खेलकुद कार्यक्रम गर्दै आएको बताए। यो पटक खेल गतिविधिसंगै आध्यात्मिक र सास्कृतिक कार्यक्रमलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने गरि कार्यक्रम गर्न लागेको उनले बताए। `पिस फेस्टिबलका रुपमा यो वर्ष विशेष कार्यक्रम गर्न लागेका छौ ।´- उनले भने।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले कोभिड संक्रमणको बेला लुम्बिनीमा सन २०२२ मा पहिलोपटक ओलम्पिक डे मनाउन शुरु गरेको बताए। नाम अनुसार नै शान्तिको रुपमा पहिचान लुम्बिनीले बनाएको उनले बताए। `लुम्बिनी आफै एउटा ब्राण्ड हो ।´- उनले भने । विश्वमा सन्देश दिने गरि विश्वभरमा भएका द्वन्द्व समाधान गराउने स्थलका रुपमा लुम्बिनीलाई स्थापित गर्ने गरि अघि बढाउन जरुरी छ। शान्तिको संदेशलाई विश्वभर लैजान जरुरी रहेको उनले बताए। यो शान्ती, संस्कृति, खेलकुदसंग जोडिएको उनले बताए। आफू मन्त्री हुदा समेत यो कामलाई जोड दिएको उनले दाबी गरे। धावकहरुलाई बुद्धको जन्मस्थल लुम्बिनीमा शान्तिका लागि दौडमा सहभागी हुने अवसर प्रचार हुने उनले बताए। बुद्धकालमा समेत खेलकुद गतिविधि हुने गरेको थियो भन्ने कुरा जनाउने गरि विभिन्न परम्परागत खेल प्रदर्शन गरिने उनले बताए। ओलम्पिक कमिटिमा आवद्ध देशहरुमा समेत प्रचारप्रसार हुने बृहत् रुपमा प्रचारप्रसार हुने उनले बताए।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले लुम्बिनी विश्व शान्तिको मुहान भएको दाबी गर्दै प्रचारप्रसारका कार्यक्रममा जोड दिन जरुरी रहेको बताए। शान्ति कार्यक्रम पहिलो भएपनि म्याराथन दोस्रो पटक हुन लागेको उनले बताए। नेपालमा एम्सबाट मान्यता प्राप्त ३ वटा ईभेन्टहरु रहेको भन्दै उनले अब लुम्बिनीलाई पनि यसपटक मान्यता दिने गरि कार्य भैरहेको बताए। नेपालगंज, काठमाडौ र पोखरा मान्यता पाएको छ। उनले भने ।
प्राविधिक टोलीबाट काम भैरहेको भन्दै उनले यो नेपालकै मात्रनभई विश्वकै उत्कृष्ट ईभेन्टका रुपमा हुने उनले बताए।
कार्यक्रममा जनबादी गणतन्त्र चीनको दुताबासका वाङ जिङले नेपाल र चीनको पुरानो सम्बन्धको बारेमा चर्चा गर्दै लुम्बिनीको पहिचानको क्रममा चिनबाट आएका यात्रुले बुद्घ जन्मस्थल र अशोक पिलर पहिचान गरेको उनले बताए । लुम्बिनी ऐतिहासिक तथ्य निकाल्ने काम धेरै पछि भएको उनले बताए। लुम्बिनी बुद्धिजम धर्मको फाउन्टेन भएको भन्दै बुद्ध धर्मावलम्बीलाई केन्द्रित गरि ध्यान कार्यक्रमलाई प्राथमिकता दिएर पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडी बढाउन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?