ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

नाफा कमाउने व्यवसाय मात्र होइनन् सहकारी

२० चैत्र २०८०, मंगलवार
२० चैत्र २०८०, मंगलवार

सहकारीहरूको प्रभावकारी भूमिका द्वारा नेपालको प्रजातन्त्रको दिगो विकास, सामाजिक–आर्थिक रूपान्तरण, सर्वसाधारण जनताको आर्थिक पहुँच सुरक्षा गर्दै समृद्ध समाज निर्माण गर्न सकिन्छ । चाहे त्यो विश्वका विकसित देश हुन या विकासोन्मुख सहकारी प्रणाली एउटा प्रजातान्त्रिक व्यवसायका रूपमा विश्वव्यापि रूपमा फैलिएको छ । सहकारीको शुरु सन् १८४४ मा बेलायतको रोचडेल शहरमा २८ जनाबाट शुरु भएको हो । नेपालमा भने वि.स.२०१० सालबाट शुरु भएको हो । विश्वव्यापि परिभाषा अनुसार सहकारीको उद्देश्य भनेको आफ्ना सदस्यहरूको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्नु हो । स्वेच्छिक रूपमा मिलेर काम गरी आ–आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक उन्नतिका लागि काम गर्ने व्यवसायिक संस्था नै सहकारी संस्था हो ।

सहकारिहरूको व्यवसायका क्षेत्रहरू–नेपाली अर्थतन्त्रका विबिध आयाममा देखिन्छ । जस्तै कृषि उत्पादन, स्वास्थ्य, डेरी, उत्पादन मूलक क्षेत्र, वित्तय सेवा , शिक्षा, उर्जा र उपभोक्ता सेवा सँग संबन्धित थुपै्र क्षेत्र । समाजवाद उन्मुख प्रजातान्त्रिक राज्य व्यवस्था निर्माण गर्ने परि कल्पनामा सहकारी सहयोगि हुने देखिन्छ । राष्ट्रिय उत्पादन अर्थात जी.डी.पी मा सहकारी क्षेत्रको ४ प्रतिशत को योगदान छ । वित्तिय क्षेत्रमा झण्डै २० प्रतिशत कारोवार सहकारीहरूले गर्ने गरेको अनुमान छ । अझै पनि हाम्रो देशमा गरिविको रेखामुनि रहेको जनसङ्ख्या उल्लेख्य छ । जब सम्म यो जनसङ्ख्याको आर्थिक, सामाजिक उन्नति हुदैन, उनिहरूको पहुचको विस्तार हुदैन तब सम्म मुलुकमा उद्योग–व्यापारको अवस्थामा सुधार हुदैन । गरिबी निवारणमा सहकारी एउटा सशक्त माध्यम बन्न सक्छ । संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास र विस्तार गर्न हरेक क्षेत्रमा सहकारी अभियानलाई प्रभावकारी बनाइनु पर्दछ ।

देशलाई समृद्ध बनाउन वा “समृद्ध राष्ट्र, सुखी जनता” नारालाई साकार गर्ने माध्यम बन्न सक्छन् सहकारी संंस्थाहरू । हाम्रो राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । विभिन्न प्रकृतिका सहकारी संघसंस्थाले झण्डै सत्तरी अर्बको शेयर पूँजी निर्माण गरेका छन् । दुई खरब भन्दा बढी निक्षेप संकलन गरेका छन् र त्यत्तिकै मात्रामा लगानी विस्तार गरेका छन् । ८८ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । देशभरीमा विभिन्न प्रकृतिका गरेर उनन्तीस हजार भन्दा बढीकोे संख्यामा सहकारी संस्था दर्ता भएका छन् । कुल जनसंख्याको २८ प्रतिशत सहकारीमा आवद्ध छन् । जसमा कुल सहकारी सदस्यहरूमा महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेको कुरा राष्ट्रिय सहकारी विभागले निकालेको सहकारी बुलेटिनमा उल्लेख छ ।

सहकारी सफल हुदै जाँदा त्यसले देशमा ठूला उद्योग व्यवसायको ढोका खोल्दै जान्छ । आम मानिसको जीवनमा सकारात्मक बजार विस्तार बढ्छ । आम मानिसको क्रय शक्ति बढ्दा ठूला व्यवसायले उत्पादन गरेका वस्तु र सेवाको खपत बढ्छ । सहकारीको भूमिका बढ्दा प्रतिस्पर्धा गर्ने भनेको निजी क्षेत्रसँग हो । सहकारीसँग प्रतिस्पर्धा गर्न ठूला व्यवसायी रुचाउँदैनन् । उनीहरू जसरी पनि नाफा चाहन्छन् र त्यही अनुरूप काम गर्ने गर्छन् । तर सहकारीले आफ्ना सदस्यको उन्नति र समुदायको ख्याल गर्छ । सामाजिक जिम्मेवारी लिन्छ । त्यसैले सहकारी व्यवसाय हुर्कदै जादा नाफाका लागि मात्रै काम गर्ने व्यवसायलाई कठिन हुन सक्छ ।आम मानिसहरूको आर्थिक, सााजिक हित गर्ने अवधारणा सहकारीमा हुन्छ भने निजी व्यवसायमा नाफामा मात्रै ध्यान हुन्छ । त्यसैले नीति निर्माताहरूले बुझ्नुपर्छ कि हाम्रो जस्तो मुलुकका लागि सहकारी अर्थतन्त्र जरुरी छ ।

सहकारी व्यवसायिक सङ्गठन हो । यसले समाजमा रहेका तुलनात्मक रूपमा कमजोर आर्थिक सामाजिक पहुच भएका मानिस बिच एक आपसमा मिलेर व्यवसाय गर्न प्रेरित गर्छ । तर सहकारी मूलतः नाफा कमाउने व्यवसाय मात्र होइन । नाफा सँगै सेवाको भाव पनि जोडिएको हुन्छ । नीजि व्यवसायको बोलवाला दुनियाँमा धेरै छ । निजी क्षेत्रले बढीभन्दा बढी नाफा कमाउने होडमा अघि बढ्दै जादा विश्व असन्तुलित बन्न पुग्यो । सिमित मानिसहरू असाध्य धनी बन्ने र अझ धेरैले तिनीहरूको भरमा जीवन गुजारा गर्नुपर्ने अवस्था सिर्जना हुन पुग्यो । खुला अर्थतन्त्रको वकालत गर्दै पूँजी र पूँजी बजारको विश्वव्यापिकरण गरिएपछि त यो प्रक्रिया झन चुलियो । यसका कारण–विश्वमा सङ्कट थपिदै गयो ।

सहकारीको माध्यमबाट स्थानीय आवश्यकता र सम्भावनाको पहिचान गरी पूँजीको परिचालन बाट सामूहिक शिक्षा र व्यक्तिगत व्यवसाय गर्ने अवसर जुटाई धेरैलाई बेरोजगारीबाट मुक्त हुने बाटो देखाउन सकिन्छ । परम्परागत व्यवसायलाई प्रविधि र सिपको आदान प्रदानबाट व्यवसायलाई आधनुनिकीकरण गर्न सकिन्छ । त्यस्तै व्यक्तिगत उन्पादन, सामुहिक विक्रि एवम् प्रवद्र्धन, सामूहिक तथा थोक खरिद र आवश्यकता अनुसारको उपभोगबाट सदस्यहरूले आफू माथि हुने आर्थिक शोषणबाट छुटकारा प्राप्त गर्न सक्छन । अनावश्यक मध्यस्थकर्ताको अन्त्य गरी समुदायलाई बढी लाभान्वित बनाउन सकिन्छ । कमजोर अवस्था भएका व्यक्ति, समूह र मध्यमस्तरका व्यवसायीलाई आवश्यकता अनुसारको सीप र पुँजी सहकारीको माध्यमबाट उपलब्ध गराउन सकिन्छ । यसरी सामाजिक परिवर्तनका लागि सहकारी एउटा सशक्त माध्यम बन्न सक्छ ।

सहकारीको महत्व र औचित्य :
गरिबी निवारणमा सहयोगी
सीप, दक्षता, क्षमता र आत्मविश्वासको विमासमा सहयोगी
लैङ्गिक असमानता कम गर्न सहयोग
सामाजिक बिभेद कम गर्ने र द्वन्द व्यवस्थापन
सहयोगी भावनाको विकास
आर्थिक उन्नतिको आधार
विचौलियाको अन्त्य
सामाजिक मूल्य मान्यतामा परिवर्तन
सामूहिक हित कार्य गर्ने वातावरण गर्दै जाने
आत्मनिर्भर समाज निर्माण

के कर्पाेरेट व्यवसाय र सहकारीमा एउटै हुन् ?

सहकारी संस्था न नाफामुखी मात्र हो न त सेवामुखी मात्र । मुलतः यो व्यवसायिक संस्था हो । सहकारीले सदस्यहरूको हित र उन्नति सँगै सामाजिक कार्य पनि गर्दछन ।बचत तथा ऋणको कारोवारमा संलग्न हजारौ सहकारी संस्थाले लाखाँै ग्रामिण र शहरिया गरिवहरूका माझमा वित्तीय मध्यस्थकर्ताको रूपमा काम गरिरहेका छन ।
सहकारीमा आवद्ध हरेक सदस्यहरूले सार्बभौम अधिकार राख्छन् । प्रजातन्त्रको असली अभ्यास हुनुपर्छ यहाँ ।यो नै सहकारीको एउटा मुख्य मुल्य र मान्यता हो । तर यथार्थमा त्यसो भएको पाइदैन । केहि मुठ्ठीभर टाठाबाठाहरूको नियन्त्रणमा देखिन्छन अधिकांस सहकारीहरू । सदस्यहरूमा पनि यातायात खर्चको नाममा पाइने हजार÷पाँच सय बुझ्ने हतार मात्र देखिन्छ । निक्षेप संकलन र ऋण लगानिमा मात्र गतिबिधि केन्द्रित देखिन्छन् । सहकारीको प्रत्यक्ष लाभ भुईं तहका आम नागरिकले अभैm प्राप्त गर्न सकिरहेका छैनन् । वास्तबमा सहकारीहरू छायाँ बैंक जस्ता भएका छन् । सामाजिक आर्थिक रूपान्तरणमा सहकारी क्षेत्रले अभेैm आशा गरे जस्तो प्रतिफल दिन सकिरहेका छैनन् ।
तालिम, गोष्ठि, वनभोज र अवलोकन भ्रमणका नाममा फजुल खर्च भैरहेको तितो यथार्थ छ । यस्ता कार्यक्रमको माध्यमबाट वास्तवमा सहभागि सदस्यहरूको सीप अभिवृद्धि भइ उद्यमशील बन्ने हौसला र प्रेरणा मिल्नु पर्ने हो । तर व्यबहारमा यस्तो हुन सकिरहेको छैन । यस्तो परिपाटी संस्थागत हुँदै जाने हो भने संविधानले अपेक्षा गरेको सहकारी क्षेत्रको योगदान कसरी सम्भव होला र ?

किन समस्याग्रस्त भैरहेका छन् सहकारीहरू ?

सहकारीको जन्म शोषण र असमानताको अन्त्यका लागि भएको हो । सहकारीले आफ्ना सदस्यको आर्थिक सामाजिक र साँस्कृतिक उन्नतिका लागि काम गर्छन् । समाजमा भएका धेरैखाले विभेदहरू यही आर्थिक, सामाजिक र साँस्कृतिक विभेदको जगमा उभिएका छन् । सबैखाले विभेद लाई दिगो रूपमा समाधान गर्न सकिन्छ भन्ने मान्यता सहकारीले राख्दछन । तर विगत केहि बर्षयतादेखि नेपालका सहकारी संस्था समस्याग्रस्त भएका खबर दिनानुदिन आइरहेका छन् । करिब १५ हजारको हाराहारीमा वित्तीय सहकारी संस्था छन् । छुट्टै स्वायत्त नियमनका निकाय नहुँदा सर्वसाधारणको निक्षेप असुरक्षित भैरहेको छ । कुल संख्याको करिब ०.३ प्रतिशत अर्थात ९ सयदेखि १ हजार हाराहारी सहकारीहरू बचत फिर्ता गर्न नसकेर समस्यामा परेको देखिन्छ । समस्यामा परेका संस्थाहरूले सम्पति र दायित्वको उचित व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

केही सीमित सहकारीहरूमा देखिएका समस्याका कारण समग्र सहकारी क्षेत्रलाई असर परेको छ । देशमा देखिएको आर्थिक संकटका कारण वचतकर्ताहरूले एकै पटक बचत फिर्ता माग गर्दा बलियो भनिएका सहकारी पनि टाट पल्टिने अवस्थामा पुगेका छन् ।
साधारणतया सहकारी संस्थाले १० देखि १६ प्रतिशतसम्म रकम चलायमान अवस्थामा राख्छन् । ८५ देखि ९० प्रतिशतसम्म दीर्घकालीन लगानिमा परिचालन गर्ने गर्छन् र यहिं लगानिबाट आएको प्रतिफलबाट नै शेयरहोल्डरले प्रतिफल पाउँछन् । तर सबै बचतकर्ता एकैपटक आएर आप्mनो बचत फिर्ता गर्न खोजे भने तरलता व्यवस्थापन असहज हुन्छ र यसले झन ठूलो विश्वासको संकट निम्त्याउन सक्छ । त्यसैले बचतकर्ता र सहकारी संस्थाबिच समझदारी हुन जरुरी हुन्छ । बचतकर्ता संयमित नभए संस्था नै धरासायी हुन पुग्छन् र बचत नै डुब्ने जोखिम बढ्छ ।

बचतकर्ताहरूले सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सञ्चालकहरू कुन ठाउँका हुन्, जुन ठाउँमा सहकारी संस्था छ त्यस ठाउँको अवस्था कस्तो छ भन्ने विषयमा बुझ्नुपर्छ । किनकी प्रायःसहकारी संस्थाहरू स्थानीय जनताबाट सञ्चालित भन्दा पनि बाहिरबाट आएर सञ्चालन गरेका बढी जोखिममा परेको देखिन्छ ।

बचतकर्ताहरूले सहकारी संस्थाको सञ्चालक पदाधिकारीहरू स्थानीय हुन कि होइनन् ध्यान दिनुपर्छ । संस्थाले लगानी कहां गरेको छ ? सुरक्षित ऋण लगानी छ की छैन, उत्पादकत्व बढाउनमा लगानी छ कि छैन भन्ने विषय पनि विचार गर्नुपर्छ । ऋण लगानी र कुल पूँजीको अनुपात कति छ भन्ने जानकारी पनि राख्नुपर्छ । बचतकर्ताले आवश्यकता अनुसार मात्रै बचत रकम फिर्ता माग्नुपर्दछ । हल्लाको पछि लाग्दा भुईको टिप्न खोज्दा खल्तिको समेत खस्ने नियती हुन्छ । सहकारी संचालकहरूले पनि संस्थाको यथार्थ वित्तिय विवरण सबै शेयर सदस्यलाई पारदर्शी ढंगले दिनुपर्दछ । यसो गर्न सकियो भने विश्वासको वातावरण बन्छ । देशको आर्थिक मन्दी र अस्थिर वित्तिय अवस्थालाई मध्य नजर गर्दै सहकारी संचालन गर्ने वातावरण बन्यो भने बल्ल विश्वासको संकट हट्छ ।
(लेखकः लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा अध्यापन गर्छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?