ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

जनता सुधार्दै ‘प्रचण्ड सर’

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

बुटवल, १८ चैत । बुटवलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको यो जनता माध्यमिक विद्यालय (साधारण तथा प्राविधिक) ले प्रगतिका पाईलाहरू पछ्याइरहेको छ । जिल्लाको तिलोत्तमा नगरपालिकाको १३ मा रहेको यो विद्यालय २०३८ सालमा स्थापना भएको हो । तत्कालिन अवस्थामा जंगल फाडेरे जमिन हडप्न खोज्नेहरूलाई किनारा लगाउँदै विद्यालय स्थापना भएको अग्रज शिक्षा प्रेमीहरूले बताउँदै आएका छन् । विद्यालयले शिक्षा प्रदान गर्ने निकै संघर्षका पाटाहरूलाई अगाडि बढाइरहेको छ । करिब ७५ प्रतिशत चौधरी समुदायका बालबालिकाहरू विद्यालयमा अध्ययन गरिरहेका छन् ।

२०७१ सालबाट विद्यालयमा प्रधानाध्यापकको रूपमा विद्यालयमा रहेका शिक्षक प्रचण्ड जिसीले विद्यालयलाई सिस्टममा लैजान मै समय लागेको बताए । विद्यालय बलियो हुनका लागि आर्थिक अवस्था बलियो हुन जरुरी देख्छन् । प्रअ जि सी जबसम्म आर्थिक रूपमा सबल बनाउन सकिदै तबसम्म विद्यालयलाई एउटा शिक्षकले चाहेर पनि राम्रो बनाउन सक्दैन ।

विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी ५ सय विद्यालयलाई पनि राम्रो र गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्न धौ–धौ छ । तर पनि गरिबका छोराछोरी अध्ययन गरेका छन् त्यसैमा सन्तुष्टी मिलेको उनको भनाइ छ । उनी भन्छिन्–सरकार निःशुल्क शिक्षा, नत शिक्षकको दरबन्दी दिन्छ नत अभिभावकले न्यूनतम शुल्क तिर्ने वातावरण सिर्जना गन सकिएको छ । यसको प्रत्यक्ष मारमा साना विद्यालयहरूको परिरहेका छन् । यसको विषयमा गम्भिर भएर बहस चल्नु पर्ने अवस्था छ ।

हामीले विद्यालयलाई समय अनुसार अगाडि लैजाने उद्देश्यका साथ २०६७ सालमा महायज्ञ संचालन गरी प्राविधिक शिक्षासँग जोडिएको हो । अर्थ संकलनसँगै २०७५ मा सम्बन्धन प्राप्त गरी सिभिल सभ ओभरसियर तर्फ चौंथो व्याज र २०७६ सालमा सम्बधन प्राप्त गरी ३ वर्षे सिभिल ओभरसियर १ सय १९ जना अध्ययन गरिरहेका छन् । प्राविधिक शिक्षाको नतिजाले हामीलाई हौसाईरहेको छ । यहाँ विभिन्न जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरू आएका छन् । नतिजा पनि उत्साहजनक छ ।

विद्यालयले प्राविधिक शिक्षालाई जोडेर आर्थिक अवस्था कमजोर भएकाहरूलाई अवसर प्रदान गरिरहेको छ । यसका लागि विद्यालय व्यवस्थापन समितिको सहकार्य र सहयोग महŒवपूर्ण रहेको छ प्र अ जिसी भन्छन् हाम्रो विद्यालयमा ईन्जिनियरहरू अहिले देवदह, बालिङ्ग, सियारी, लुम्बिनी सांस्कृतिक नगरपािलका काम गरिरहेका छन् यो देख्दा मनमा शान्ति मिल्छ । यो नै जीवनको अत्यन्त खुशीको पल बनिरहेको छ । हामीले कम आर्थिक जोहोका कारण पनि विद्यालयलाई राम्रो बनाउने योजना तर्फ अगाडि बढेका छौं । यसमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले पनि गम्भिर भएर सहयोग गनुपर्ने अवस्था छ ।

हाम्रो प्रदेशमा नाम चलेका केही विद्यालयको उदाहरण दिएर शिक्षामा धेरै अगाडि छ भनेर मूल्यांकन भइरहेको छ तर कमजोर विद्यालयका बारेका कसैलाई जानकारी पनि छैन । जुन विद्यालय राम्रो छ सरकारले त्यहि लगानी गरेको छ । जहाँ उच्च वर्ग सन्तान पढ्छन् लगानी त्यहि छ । शिक्षक त्यहि, गाडी सुविधा, त्यहि कमजोर विद्यालयलाई माथि उठाउने भन्ने विषयमा बहस नै हुन सकेको छ । अब शिक्षाको सामानान्तरण विकास गर्ने हो भने कमजोर विद्यालयलाई बलियो बनाउने खालका नीति बनाउन जरुरी छ । त्यहि नीतिमा टेकेर काम गर्ने हो भने केही समय पछि राम्रो बनाउन सकिन्छ ।

अहिलेको समयलाई हेर्ने हो भने हामीले विद्यालयलाई भौतिक रूपमा सबल बनाउँदै छौ । भवनहरू निर्माण कार्य भईरहेका छन् । केही सटरहरूलाई पनि आयआर्जनको माध्यमका रूपमा प्रयोग गर्न खोजेका छौं । तर पनि हामी आर्थिक रूपमा सबल हुन सकेका छैनन । शिक्षकले जानेका सीपहरू पनि प्रयोग गर्न सक्ने अवस्था छैन । अतिरिक्त क्रियाकलापको कुरा गर्दा विद्यालयमा अर्थको बलियो माध्यम छैन । अभिभावकले थोरै रकम पनि दिन सक्नेले परम्परा छैन अनि कसरी शिक्षकले सोचे जस्तो अवसरहरू सिर्जना गर्न सक्छ ।

अब विद्यार्थी संख्याको कुरा गर्ने हो भने नजिकै थुप्रै विद्यालय छन् सरकारी त्योसगै निजि पनि यसको कारणले पनि संख्या बढाउन सकिएको छैन । हाम्रो विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी धेरै छन् उनीहरू कमसेकम विद्यालय आएका त छन् भन्ने वातावरण हामीसँग छ यस्तो अवस्थामा बाहिरबाट हेर्नेले खाली विद्यार्थी संख्या र रिर्जल्ट मात्रै हेर्ने गर्दछन् । हामीले शिक्षाको महव बुझेको अभिभावकलाई विद्यालयमा ल्याउन सकिरहेका छैनन त्यस तर्फ पनि हाम्रो अभियान जारी छ । तर पनि हामीकहाँ थुप्रै समस्या र चुनौतीहरूलाई छन् ति सबैलाई पार लगाउँदै हामीले विद्यालयलाई नमुना बनाउन लागि परेका छौ । यो अभियानमा हामीलाई स्थानिय बासीको साथ र सहयोग जरुरी छ उहाँहरूले हामीलाई विश्वास गर्ने वातावरण हामीले निर्माण गर्ने लागि परेका छौ शिक्षालाई गम्भिरतापूर्वक लिने अभिभावकको कमी छ । घर आँगनमा रहेको विद्यालयलाई राम्रो बनाउन स्थानीयको साथ रह्यो भने हामी विद्यालयलाई राम्रो बनाउने वातावरण सृजना गर्न सक्छांै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?