ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा ४८,विपक्षमा २८ , राप्रपा र लोसपा तटस्थ >> संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस >> ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै >> गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण >> वर्षको अन्तिम दिन,सुनको भाउमा नयाँ रेकर्ड >> म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर >> बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प >> वाणिज्य बैंकहरूले घटाए ब्याजदर >> एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै >> लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने >> कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…! >> देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला >> पशु बधशालाः १५ वर्षदेखिको सपना पूरा हुँदै >> विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा >> उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण >> पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छ: पौडेल >> गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना >> हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल >> ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन >> ‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न >> जेसीआई तिलोत्तमाको नया वर्ष शुभकामना तथा क्यालेण्डर विमोचन >> बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि >> सुप्रिम सहकारी पीडितको गृहमन्त्रीलाई प्रश्न : जिबि र सागर कहिले पक्रिन्छन् ? >> अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान >> स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई >> नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित) >> आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास >> गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री >> `ई-ड्राईभ नेपाल´ को सेवा लुम्बिनीमा >> झाडापखाला नियन्त्रणमा ढिलाई किन ? >> अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला >> कार्यालयमा नारा, वनमा डढेलो >> चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो >> ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना >> इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना >> एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी >> रुपन्देही ईभेन्टसको ईफतारीमा सहयोग >> बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा >> गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ >> नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ >> कोशीमा बैसाख ६ गते विशेष अधिवेशन >> होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न >> राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी >> बुटवलको प्लान बी मा ‘न्यू ईयर ईभ’ >> भारतका ब्रेन मास्टर सुधिरलाई उपाधि

बुटवल बहुमुखी क्याम्पसमा अभिमुखीकरण

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

बुटवल , १८ चैत– बुटवल बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन (पीजिडीई) कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बि.एड कार्यक्रम स्थगन गरेपछि शिक्षाशास्त्र सङ्काय डीन कार्यालयले शिक्षक बन्न चाहनेहरूका लागि यसै वर्षदेखि तीन सेमेस्टरमा आधारित कार्यक्रम शुरु गरेको छ ।
त्यसै सिलसिलामा काठमाडौ उपत्यका बाहिरका १३ ओटा आङ्गिक क्याम्पसहरूमा यो कार्यक्रम सञ्चालन हुने क्रममा बुटवल बहुमुखी क्याम्पसमा उक्त कार्यक्रममा भर्ना भएका विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै निमित्त क्याम्पस प्रमुख डा. दुर्गा भुसालले विद्यार्थीहरूमा नयाँ कोर्षले सृजनशिलता विकास गर्ने बताएका थिए । सहायक क्याम्पस प्रमुख डा. टीकाराम पौडेलले विद्यार्थीहरूको कोरा ज्ञान भन्दा माथि उठेर रिसर्च बेसमा नयाँ कोर्ष सुरु हुने बताएका थिए । सहजीकरण स्नातकोत्तर कार्यक्रमका संयोजक डा. अरूणकुमार क्षेत्रीले गरेका थिए । कार्यक्रममा मेघराज आचार्य, प्रा. डा. अनन्त पन्थीले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा उपस्थित विभागीय प्रमुखहरू तथा प्राध्यापकहरूमा अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक नुरजंग केसी, सहप्राध्यापक यमप्रसाद शर्मा, स्नातकोत्तर नेपाली शिक्षाका विभागीय प्रमुख, डा. नारायणप्रसाद पन्थ, इपियम विभागीय प्रमुख डा. तारानाथ भट्टराई, अभ्यास शिक्षण विभागीय प्रमुख खिमानन्द भण्डारी, सहप्राध्यापक भिमलाल भण्डारी, डा. वसन्त सापकोटा, रामेश्वर ज्योति, डा.शालिकराम पौड्याल, नारायण कार्की, विष्णुप्रसाद धिमिरेलगायतको उपस्थिति रहेको थियो । उक्त अभीमुखीकरण कार्यक्रममा भर्ना भएका ६० जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np