ट्रेंडिंग:

>> एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य >> लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा ४८,विपक्षमा २८ , राप्रपा र लोसपा तटस्थ >> संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस >> ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै >> गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण >> वर्षको अन्तिम दिन,सुनको भाउमा नयाँ रेकर्ड >> म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर >> बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प >> वाणिज्य बैंकहरूले घटाए ब्याजदर >> एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै >> लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने >> कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…! >> देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला >> पशु बधशालाः १५ वर्षदेखिको सपना पूरा हुँदै >> विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा >> उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण >> पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छ: पौडेल >> गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना >> हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल >> ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन >> ‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न >> जेसीआई तिलोत्तमाको नया वर्ष शुभकामना तथा क्यालेण्डर विमोचन >> बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि >> सुप्रिम सहकारी पीडितको गृहमन्त्रीलाई प्रश्न : जिबि र सागर कहिले पक्रिन्छन् ? >> अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान >> स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई >> नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित) >> आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास >> गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री >> `ई-ड्राईभ नेपाल´ को सेवा लुम्बिनीमा >> झाडापखाला नियन्त्रणमा ढिलाई किन ? >> अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला >> कार्यालयमा नारा, वनमा डढेलो >> चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो >> ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना >> इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना >> एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी >> रुपन्देही ईभेन्टसको ईफतारीमा सहयोग >> बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा >> गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ >> नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ >> कोशीमा बैसाख ६ गते विशेष अधिवेशन >> होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न >> राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी >> बुटवलको प्लान बी मा ‘न्यू ईयर ईभ’

जनसंख्याको असमान भौगोलिक वितरण र परिणामहरू

१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

जनसंख्याको भौगोलिक वितरणः
नेपालमा प्रत्येक १० वर्षमा गरिंदै आएको राष्ट्रिय जनगणनाको पछिल्लो दुईपटक (बि सं. २०६८ र २०७८) को तथ्याङ्कलाई तुलना गरेर हेर्दा जनसंख्याको वितरण भौगोलिक हिसाबले गम्भीर असमान खालको छ । नेपालको कूल क्षेत्रफलको १९ प्रतिशत भूभाग भएको तराईमा नेपालको कूल जनसंख्या २८९२५४८० (२०७८ अनुसार) मध्ये ४९.१ प्रतिशत अर्थात् १४२११७१६ जना बसोबास गर्दछन् । तर, क्षेत्रफलको ४२ प्रतिशत ओगटेको पहाडमा ११५७८१३९ अर्थात् ४०.० प्रतिशत मात्र र ३५ प्रतिशत क्षेत्र रहेको हिमाल खण्डमा १७१८१४५ अर्थात् ५.९ प्रतिशत जनसंख्या रहेको छ । चार प्रतिशतमात्र भूभाग रहेको भित्री मधेशमा पनि जनसंख्या १४१७४८० अर्थात् ४.९ प्रतिशत जनसंख्या रहेको छ । भौगोलिक क्षेत्रका आधारमा हेर्दा कुल क्षेत्रफलको १९ प्रतिशत भूभाग भएको तराईमा अन्य क्षेत्रको तुलनामा ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या (जनगणना २०७८) र २९३ नगरपालिकामध्ये १४४ वटा नगरपालिका (४९ प्रतिशत) छन् ।

तराई क्षेत्रमा केन्द्रित जनसङ्ख्याका अतिरिक्त यस क्षेत्रका नगरपालिका र उपमहानगरपालिकाको उल्लेख्य सङ्ख्याले पनि यस क्षेत्रमा जनसङ्ख्या वृद्धि भएको देखिन्छ । यसबाट अहिले पहाडी क्षेत्रमा केन्द्रित महानगरको सङ्ख्या भविष्यमा तराईमा बढ्न सक्ने सम्भावना देखिन्छ । जनगणना २०६८ र २०७८ बीचमा तराईमा कुल जनसङ्ख्या ३ प्रतिशतविन्दुले बढेको देखिन्छ भने त्यसपछिको वृद्धि भित्रि मधेशमा ०.५ प्रतिशत विन्दुले बढेको देखिन्छ । बाँकी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्याको अनुपात घटेको देखिन्छ, जबकी पहाडी क्षेत्रमा निरपेक्ष जनसङ्ख्या ९ब्दकयगितभ उयउगबितष्यल० वृद्धि भएको देखिन्छ । यसका साथै, तराई क्षेत्रमा जनसङ्ख्याको बढ्दो सघनतालाई देखाउँछ । देशव्यापी बसोबासका आधारमा जनसङ्ख्या वृद्धिलाई हेर्दा विभिन्न क्षेत्र, खासगरी पहाडी र हिमाली क्षेत्रका मानिस तराईमा बसाइँ सरेको देखिन्छ । काठमाडौँ उपत्यका र पोखरालाई पहाडी क्षेत्रबाट अलग्गै राखेर मिहिन विश्लेषण गर्दा अझै जनसङ्ख्याको भौगोलिक असन्तुलन प्रस्ट देखाउँछ । सामान्यतया जनगणना २०६८ र २०७८ का बिचमा पहाडी क्षेत्रमा जनसङ्ख्या २.६ प्रतिशत विन्दुले घटेको देखिन्छ । काठमाडौं उपत्यका र पोखरालाई अलग गर्दा पहाडी जनसङ्ख्या अझ ३.७ प्रतिशत विन्दुले घटेको देखिन्छ जबकि यी दुई महानगरमा जनसङ्ख्या १.१ प्रतिशत विन्दुले बढेको देखिन्छ । तसर्थ, अन्य पहाडी क्षेत्रको जनसङ्ख्या द्रुतगतिमा घट्दै गएको अवस्थामा काठमाडौँ र पोखरालाई पनि एकै ठाउँमा राखेर गणना गर्दा त्यो नतिजा अझ असन्तुलित देखिन्छ ।

जनसंख्या वितरणको असरः
जनसंख्याको असमान वितरणका कारण सामाजिक आर्थिक चुनौतिहरू सिर्जना भएका छन् । जनसंख्याको अधिक घनत्व भएका क्षेत्रमा स्रोतको वितरणमा तनाव, अपर्याप्त पूर्वाधार र रोजगारीमा बढ्दो प्रतिस्पर्धा देखा पर्दछ । वास्तवमा जनसंख्याको सन्तुलित वितरणले समतामूलक विकास र स्रोत उपयोगमा सहजीकरण गर्दछ । नेपालमा पहाडबाट तराईमा बसाइसराई अधिक हुनुको मुख्य कारणहरूमा पहाडी भूगोल भन्दा विकासको असमान वितरण प्रमुख मान्न सकिन्छ । सडक पहुँच, शिक्षा, स्वास्थ्य, स्वरोजगार आदिका कारण तराई पहाडको तुलनामा आकर्षक मानिएको छ । पहाडका काठमाडौ, पोखरा र सुखर््ेत उपत्यकाबाहेकमा जनसंख्या टिक्ने अवस्था देखिदैन । यी क्षेत्रमा संघको राजधानी, प्रदेश केन्द्र, पोखरामा पर्यटकीय महत्वका कारण जनसंख्या बढिरहेको भएतापनि अन्य पहाडी तथा हिमाली भागमा बसाइसराई द्रुतगतिमा भैरहेको र त्यो बसाई तराईमा केन्द्रित भैरहेको छ । पहाडबाट तराई र तराईको पनि शहरी क्षेत्रको जनघनत्व बढी हुनु र काठमाडौ केन्द्रित जनसंख्या बढी हुनुमा अर्को प्रमुख कारण माओवादी युद्धको असर पनि हो । नेपालबाट हरेक दिन हजारौं युवा विदेश पलायन भएका कारण जनसंख्या उत्पादन दर कम भएको हो तर वैदेशिक रोजगारीका कारण पनि जनसंख्याको असमान वितरणमा सहयोग पुगेको छ । सामान्य तरिकाले हेर्दा पनि परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा निस्कनासाथ बालबच्चा सहित शहर बसाइ सुरू हुने र फर्केर गाउँ नजाने प्रबृत्ति देखिन्छ । विदेशबाट दश बीस लाख कमायो भने बजारमा सानो खाजा वा फेन्सी पसल थाप्यो । केही ऋण बैंकबाट लियो । चार पाँचवर्ष ब्याज चलाउँदा चलाउँदै हार खायो । आफुजस्तै कसैलाई पसल बेचेर छोराछोरी डेरामा छाडेर विदेश गयो । अनि बैंकको ऋण र केटाकेटीको पढाइमै विदेशको कमाई सिध्यायो । भाग्य बलियो रहेछ र केही जोगाउन सकेको भएमा सानोतिनो घडेरी जोड्यो, घर बनायो । यसलै तराईमा जनसंख्या बृद्धिको प्रमुख कारणहरूमा विकासको असमान वितरण, माओवादी युद्धको असर र वैदेशिक रोजगारीलाई लिन सकिन्छ ।

यसका साथै तराईमा जीविकोपार्जनका अवसर पनि छन् । जनघनत्व बढेसँग शहर क्षेत्रमा सानातीना रोजगारीका साथै सानो पसल गरेर पनि जीवन निर्वाह गर्न सकिने र तराईका ग्रामीण भागमा अर्कैको खेतिपाती गरेर पनि जीवन निर्वाह गर्न सकिने, यातायातको सुविधा, कृषि प्रविधिमा सरलता, उत्पादन बढी हुनेजस्ता कारण पनि दुःख गरेर बाँच्नपनि तराईमा सजिलो भएका कारण कमजोर आर्थिक अवस्थाका मानिसहरूले पनि तराई रोज्ने गरेका छन् । त्यसैगरी केही बढी कमाइ गर्न सक्नेहरूका लागि उत्पादनमूलक ब्यवसायिक कार्य गर्नाका लागि तराईमा कच्चा पदार्थ ल्याउन, मेसिन र पार्टस् जडान तथा मर्मत गर्न र उत्पादनका लागि सजिलो क्षेत्र भएकाले पनि अधिकांश उद्योग तराईमा सञ्चालित छन् । यसका साथै राज्यको नीतिगत विभेद पनि देखिन्छ । प्रायः पञ्चायतकालीन औद्योगिक क्षेत्रहरूमा तराईका अतिरिक्त धनकुटा, हेटौंडा, पोखरा, बालाजु, पाटन, सुर्खेतजस्ता ठाउँहरूमा छन् । तर पछिल्ला वर्षमा झापा, चितवन, रूपन्देही, कञ्चनपुर जस्ता तराईकेन्द्रित स्थानमा औद्यागिक क्षेत्र स्थापना गर्ने निर्णय भएका छन् । विरगञ्ज, बारा, मोरङ, सुनसरी, बाँकेमा पहिले नै औद्योगिक क्षेत्र छन् । समानुपातिक विकासको अवधारणा अनुसार मध्य पहाडमा दश ठूला शहर स्थापना गर्ने भनी निर्णय भएको भएतापनि काम कछुवा गतिमा भैरहेका कारण मानिसहरू ती ठाउँबाट समेत बसाइ सरिरहेका छन् ।

तराईमा बढ्दो जनघनत्वसँगै कृषि प्रधान देश नेपालमा नकारात्मक असर परेको छ । जनसंख्या बृद्धिसँगै घरबास, भौतिक पूर्वाधार निर्माण र अन्य प्रयोजनका लागि कृषियोग्य जमिन नष्ट भैरहेको छ । यसले वन विनाश, माटो क्षयीकरण र माटो प्रदूषण बढ्न गै उत्पादनसमेत घट्दैछ । नेपालमा २०१९।२० मा रु १८७.६५ बिलियन, २०२०।२१ मा रु २१२.७२ बिलियन, २०२१।२२ मा रु २८४.९८ बिलियन बराबरको खाद्यान्न आयात गरिएको छ । यसरी वार्षिक ३ प्रतिशत बढीले तराईमा जनसंख्या बृद्धि हुँदै गर्दा त्यहाँको कृषियोग्य जमिन नष्ट भैरहेको र क्रमशः खाद्यान्न आयात बढिरहेको तथ्यांकले देखाउँछ । अर्को असर पानी आपूर्तिमा देखिदैछ । वस्ती बढेसँगै भूमिगत पानी पनि कम हुँदै गएको छ भने बाँकी रहेको खेतियोग्य जमिनमा सिँचाईका लागि पानी अभाव भैरहेको छ । यसले गर्दा वाली उत्पादन, पशुपंक्षीपालनमा पनि समस्या पर्छ । त्यस्तै थोरै जमिनमा बढी उत्पादनका लागि रासायनिक मल तथा विषादीको प्रयोग बढ्न जाने र फलस्वरूप माटोको गुणस्तर कमजोर भै उत्पादकत्वमा ह्स आउने, पर्यावरण एवम् मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने हुन्छ । यसका अतिरिक्त खाद्य सुरक्षामा समेत चुनौति थपिएको छ । मानिसहरूमा कुपोषण बढ्ने र स्वस्थ जनशक्तिको कमी हुने देखिन्छ । यसरी जनसंख्या चापको नकारात्मक चक्र बढ्दै कृषि र मानव जीवनमै नकारात्मक असर पर्ने देखिन्छ ।

जनसंख्याको असमान वितरणले नेपालको राजनीतिमा ठूलो असर देखापरेको छ । राज्यका संरचनामा हेर्दा जनसंख्याका आधारमा स्थानीय तहको संख्या, प्रदेश एवम् संघीय निर्बाचन क्षेत्रको संख्या, राजनीतिक दलका गतिविधि साथै सरकारी कार्यहरू जनसंख्याको ठूलो भाग समेटेको तराई केन्द्रित हुनु स्वाभाविक बन्दछ । राज्यको स्रोतको ठूलो हिस्सा सानो भूगोलमा लगाउनुपर्ने भएकोले विकासको असमान स्थिति देखिने छ । त्यसका साथै अहिले नै तराई केन्द्रित दलहरूको संख्या बढिरहेको सन्दर्भमा भूराजनीतिक महत्वका कार्यमा राष्ट्रिय राजनीतिको प्रभाव कमजोर बन्नजाने संकेत देखा परिसकेका छन् । दक्षिणतिरको खुला सिमाना र सामाजिक साँस्कृतिक सम्बन्धका कारण पर्ने असरहरूको सही ब्यवस्थापन गर्न नसक्ने अवस्थामा पारस्परिक सम्बन्धमा दरार आउने र छिमेकी हावी हुने भैरहेको छ । तसर्थ यो जनसाँख्यिक अवस्थाले यो जटील परिवेशलाई कसरी उपयोग गर्दछ भन्ने पनि उतिकै महत्वपूर्ण हुन्छ । यसबाहेक तराई विविधताको संगालो बन्दै गैरहेको अवस्थामा यहाँको साँस्कृतिक सम्बन्धको उचित सम्मान र प्रयोग हुनु जरुरी देखिन्छ । यसरी जनसंख्याको असमान वितरण एउटा ठूलो चुनौतिका रूपमा उभिएका कारण नेपालले यसको न्युनीकरणका लागि निश्तिकार्य गर्नु आवश्यक छ । खासगरी ठूलो भूभाग रहेको पहाडमा बस्ती बसाईरहनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार एवम् आर्थिक क्रियाकलापका क्षेत्रमा ठोस प्रगति हुने खालका कार्यक्रम गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np