ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

छ पालिकामै १३ सय बालबालिका कुपोषित

जिल्लाका ६ वटा गाउँपालिका कुपोषणको हिसाबले उच्च जोखिममा भएको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मुवाक स्क्रिनिङ्ग क्याम्पबाट १७ हजार ४ सय ९९ जनाको चेक जाँचका क्रममा जम्मा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ ।
१९ चैत्र २०८०, सोमबार
१९ चैत्र २०८०, सोमबार

भैरहवा, १९ चैत । पोषण तत्वको कमीका कारण रूपन्देहीमा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । रूपन्देही जिल्लाका ६ वटा गाउँपालिका कुपोषणको हिसाबले उच्च जोखिममा भएको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मुवाक स्क्रिनिङ्ग क्याम्पबाट १७ हजार ४ सय ९९ जनाको चेक जाँचका क्रममा जम्मा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । मर्चवारी गाउँपालिकामा १ सय ७९ जना बालबालिका मध्ये शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन्  भने ९ जना कडा शिघ्र कुपोषण भएको फेला परेको तथ्याङ्क पाइएको छ । सम्मरीमाई गाउँपालिकामा २ सय ६८ जना मध्यम शिघ्र कुपोषित बालबालिका, ५ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् ।

त्यसैगरी कोटहीमाई गाउँपालिकामा १ सय ९४ जना मध्यम शिघ्र कुपोषण, १२ जना कडा शिघ्र कुपोषण भएका बालबालिकाको मुहान स्क्रिनिङ्ग क्याम्पबाट भेटिएको पाइएको छ । त्यसैगरी मायादेवी गाउँपालिकामा २ सय ५० जना मध्यम खालका कुपोषण भएका, ९ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् । रोहिणी गाउँपालिकामा १ सय ८० जना मध्यम कुपोषण भएका बालबालिका र १० जना कडा शिघ्र कुपोषण भएका बालबालिका फेला परेका छन् । त्यसैगरी गैँडहवा गाउँपालिकामा १ सय ५० जना मध्यम शिघ्र कुपोषण, १३ जना कडा शिघ्र कुपोषण भएका बालबालिका भेटिएका छन् ।

सेतो गुराँस बाल बिकास सेवा रूपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रूपन्देही जिल्लाका ६ वटा गाउँपालिका मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र गैँडहवा गाउँपालिका पोषण मार्फत जीवन रूपान्तरण परियोजना सञ्चालन भएको बताइन ।

पुन भन्छिन्, “पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषण मार्फत जिवन रूपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्कृनिङ क्याम्प गर्यौ । पाखुराको मध्य भागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ पहेँलोमा छ भने मध्यम शिघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शिघ्र कुपोषणमा छ भन्ने हुन्छ ।” रूपन्देही जिल्लाको ६ वटा गाउँपालिका २ सय ५२ स्थानमा चेक जाँच गरेको र १ सय ९३ स्थानमा सम्पन्न भइसकेको छुटेका बालबालिकालाई घरमै गएर नाप जाँच गर्ने पुनले बताइन ।
१ हजार २ सय ८८ जना जोखिमको अवस्थामा छन् । ५८ जना बच्चा एकदमै कडा खालका छन् । मध्यम खालकालाई १५ दिनमा २ प्याकेट सुपर सिरीयल प्लस खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्य कर्मीको निगरानीमा र महिला स्वास्थ्य कर्मीको सहयोगमा खुवाइन्छ । हामीसँग ९३ जना बच्चा निको भइसकेका छन् ।

२ महिना देखि सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत मध्यम कुपोशित बालबालिका र शिघ्र कडा खालका कुपोशित बालबालिकालाई नाप जाँच गराएर बालबालिकाको अवस्था अनुसार त्यही अनुसार पोषिलो आहार बितरण गर्ने सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिए । रोहिणी गाउँपालिकालाई अभिमुखीकरण भएपछि ३२ स्थानमा स्कृन क्याम सञ्चालन गरेको जसमा २४ सय ४२ जना बालबालिकामा चेक जाँच भएको पन्थीले बताए । बालबालिकाहरू १० जना कडा खालका कुपोशित र १ सय ८० जना मध्यम खालका भेटिएको पन्थीले बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बच्चालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताए । गाउँमा अझैपनि कुपोषित बालबालिका छन्, भन्न मान्छे लाजले आफ्ना कुरा भन्न डराउने गरेको बताए । स्वास्थ्यका लागि सबैले ख्याल गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले समाज उत्थानको लागि धेरै राम्रो कार्यक्रम भएको बताए ।

सेतो गुराँस बाल बिकास सेवाकी कार्यकारी निर्देशक सुमित्रा शर्माले राम्रोसंग बालबालिकाको पेटमा परेन भने सरकारको लगानी, संस्थाको लगानी खेर जाने र बच्चाको भविष्यपनि बर्बाद हुने बताइन । जोखिम मुक्त गर्नका लागि कार्यक्रम आएको बताउँदै बेल्जीयमबाट आएको पोषण बजारमा किन्न समेत पाउन नसकिने हुँदा अन्य कसैले प्रयोग नगर्नका लागि उनले आग्रह गरिन । स्थानीय बच्चाका अभिभावकहरूलाई बच्चालाई खुवाउने तरिकाका बारेमा तथ्यांक अधिकृत जितेन्द्र कोहाँरले बताएका थिए भने, रोहिणी गाउँपालिका वडा नं २ पोखरभिण्डी स्वास्थ्य चौकीका प्रमुख तारा प्रसाद गैरे, स्थानीय जनप्रतिनिधि लगायतले मन्तब्य राखेका थिए । सेतो गुराँस बालविकास रूपन्देही र हेलन केलर इन्टरनेशनलको साझेदारीमा पोषण मार्फत जिवन रूपान्तरण परियोजना सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?