ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

च्याउको माग बढेसँगै क्षमता वृद्धि गर्दै उद्योग,रोजगारी बढ्ने आस

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

नवलपरासी, १८ चैत । जिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ (बटन मसरुम)को बजारमा माग बढदै गएपछि उद्योग ब्यवस्थापनले क्षमता बढाउने योजना बनाएको छ । स्थानीय बजारमा गुणस्तरिय गोब्रे च्याउको माग बढेसँगै उत्पादन क्षमता बढाउन आवश्यक देखिएको हुँदा क्षमता वृद्धिको योजना अगाडी ल्याएका हुन् ।

गत बर्ष उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरू प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका हुन् । च्याउ उद्योगले गाँउमै रोजगारी ल्याएको हो, च्याउ टिप्दै गरेकी एक मजुदरले भनिन्, यस्तो उद्योग थपिदै जानु र क्षमता वृद्धि हँुदा घरमै बसेकी अन्य महिलाहरूले पनि काम पाउने अवस्था हुन्छ । हाम्रो पनि काम गर्न समयावधी बढेर बढी आम्दानी गर्न सक्ने उनको भनाई थियो ।

च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानीय गाउँकै महिलाहरूले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । उद्योगको क्षमता वृद्धि गर्नु पर्ने देखिएर सोही कम्पाउण्डमा थप सेडको निर्माण योजना अगाडी बढाएका छौ, उनले भने, सोही कम्पाउण्डमा जग्गा भएका हुदा च्याउ बाहेक अर्गेनिक तरकारी तयार गर्नका लागि टनेल बनाउने योजना पनि रहेको छ । यसले कामदारलाई पुरा समय काम गर्ने अवस्था पनि हुन्छ ।

च्याउबाट निस्कने मलहरूको उपयोग गरि रासायनिक मल र विषादी विनाको शुद्ध अर्गेनिक तरकारी उत्पादन गरिने छ । नेपालको पोखरा नारायणगढ र काठमाडौ समेत सप्लाई हुदै आएको च्याउसँगै अर्गेनिक तरकारीको माग पनि गर्ने गरेका कारण त्यस्तो सोच बनाइएको उनको भनाई थियो । उनका अनुसार अधिकाँस तारे होटलहरूमा पनि यस्को माग रहेको छ, त्यो भएर बजार समस्या पनि खासै छैन् । तर हार्वेष्टिगँ भए पश्चात धेरै समय भण्डारण गर्न सक्ने क्षमता नभएका कारण नोक्सानीको चुनौती भन्ने कायम नै छ । तर पनि सामन्जस्यता मिलाउदै अगाडी बढने उनले जनाए ।

सो च्याउ उद्योगमा एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्, उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरू उत्साही छन् । कसैका श्रीमान विदेश छन्,घरमा काम नभएर बस्दै आएकी स्थानीय महिलाहरू पनि च्याउ उद्योगमा काम गरेर थप आमदनी गर्न थालेका छन् । उद्योगले स्थानिय स्तरमा च्याउको आपुर्ति मात्रै नभई रोजगारी समेत दिइने गरेको छ । करोडौ लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने गरेको भए पनि विँउ राख्ने,पोका पार्ने,च्याउ काट्ने र पोकामा भर्ने र कार्टुनमा पैक गर्नेसम्मका कार्य कामदान (मैनुअल) नै भइरहेको छ ।

उत्पादन प्रकृयामा आद्रता र तापक्रम मात्रै अटोमेटिक मेसिनले चल्ने गरेका छन् । नेपालमा बढदो च्याउको माग आपुर्ति गर्नमा यो उद्योग सहयोगी बन्नेमा उनले विश्वास ब्यत गर्दै भने, नेपालमा च्याउ आयात भन्दा नेपालमै च्याउ उद्योग स्थापना गरि च्याउको उत्पादन गरौ भनेर उद्योग सञ्चालन ल्याएका छौ । च्याउको बजार नेपालमा प्रयाप्त रहेको छ,उनले भने,अहिले नारायनघाट,पोखरा,काठमाडौ,झापासम्म पुर्याउने कार्य भई रहेको छ, उनले भने, स्थानीय बजारका लागि ब्यपारी आफै उद्योगमा आएर लैजाने गरेका छन् ।

च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्ट जडान भएका छन् । २५ देखी ३० दिन भित्रमा च्याउ काट्ेने गरिएको छ । एक दिनमा ७ क्वीन्टलसम्म उत्पादन हुने गरि प्लान्टको निर्माण गरिएको उनको भनाई थियो । तर अहिले च्याउको माग बढने गर्दा आर्को भवन पनि निर्माण गर्ने योजना रहेको सञ्चालन जैसवालले बताए । गहुँ तथा धानको विउँ कम्पनी र जैविक मल कम्पनी पनि सँगै जोडिएको हुदा च्याउ उत्पादनका लागि कम लगानी हुने उनको भनाई थियो । गहुँको भुस,कोकोपिट,पिना लगायतका कच्चा पदार्थबाट पहिला च्याउको विउँ राख्ने गोबर जस्तो मल उत्पादन हुन्छ, त्यस पछि त्यसमा च्याउको विउँ राखिन्छ ।

ट्रे मा विउँ राखेर बन्द कोठामा राखि आवश्यक तापक्रम र आद्रताका लागि अटोमेटिक मेसिन जडान गरिएका छन् । च्याउलाई आवश्यक पर्ने तापक्रम कायम राख्नका लागि बाताअनुकुलित (एसी) उपकरण जडान गरिएको हलभित्र राखिन्छ । बेला बेला सेन्सरको माध्यमले हलभित्र च्याउ उत्पादनका लागि राखिएको ट्रे को तापक्रमको निरन्तर अनुगमन अटोमेटिक मेसिनले नै गर्नेछ । हलभित्र आद्रता कम भयो भने, सेन्सरकै माध्यमले अटोमेटिक बाहिरबाट बाफ प्रवाह हुन्छ । आद्रता कायम भएपछि सो मेसिन अटोमेटिक बन्द हुन्छ । यसले गर्दा च्याउ उत्पादनमा सहजता हुने भनाई सञ्चालक जैसवालको थियो ।

भारतका विभिन्न स्थानमा यस्तो प्लान्टको अवलोकन पश्चात यहाँ पनि यस्तो च्याउ उत्पादन गर्ने अटोमेटिक प्लान्टको सम्भावना देखेर नै प्लान्टको जडान गरिएको उनले बताए । च्याउसँगै च्याउका बायो प्रोडक्टको रूपमा उत्पादन हुने जैविक मललाई विउँ उत्पादन (सिड कम्पनी) तर्फ उपयोग गरिने एकिकृत रूपमा सञ्चालन हुने हुदा यसको लागत स्वतः कम हुने छ । च्याउ बाली काटी सके पश्चात निस्कने जैविक मल र धान र गहुँको मुल विउँ निशुल्क रूपमा विउँ उत्पादन गर्ने किसान, सहकारी सस्था र कृषक समुहलाई उपलब्ध गराउदै आएको छ । ति मुलविउँबाट उत्पादन हुने धान गहुँ बजार मुल्य भन्दा बढि मुल्य दिइएर किसान, कृषक समुह र सहकारीबाट खरिद गरि विँउ प्रसोधन प्रकृया पुरा गरि विँउको रूपमा सिड कम्पनीले काम गर्ने हुदा यसलाई इकोसिस्टममा लैजाने गरि प्लान्टको जडान गरिएको सञ्चालक जैसवालले जनाए ।

केही दिन भण्डारण गर्न सक्ने खालको वाताअनुकुलित भण्डार गृह पनि सो प्लान्ट परिसरमै निर्माण गरिएको छ । जिल्ला बाहिर च्याउन पठाउनका लागि उद्योग परिसर भित्रै आईस(बरफ) बनाउने प्लान्ट पनि जडान गरिएको छ । बरफ भित्र राखेर जिल्ला बाहिर च्याउन पठाउदै आएको उनले जानकारी गराए । काँचो च्याउलाई सुकुटी र धुलो बनाउने गरि पुर्ण सदुपयोग गर्ने गरि दिर्घकालिन रूपमा यस्तो उद्योगको स्थापना गरिएको जानकारी सञ्चालक जैसवालले दिए । अन्य उद्योग भन्दा नेपालमै केही फरक गरौ भनेर यस्तो सोच अनुसार यो उद्योग लगाएका हौ,उनले भने, यसका लागि सरकारलाई पनि च्याउ आयातलाई विस्थापन गर्नेमा र उपभोतmालाई सहज रूपमा च्याउ प्राप्ती गर उपभोगमा सन्तुष्टि मिलेको विश्वास लिएका छौ । सञ्चालक जैसवाल लुम्बिनी प्रदेश सभा सदस्य प्रदेश साँसद बैजनाथ जैसवालका भाई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?