ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

वन दशक कार्यक्रम र यसका उपलब्धि

१८ चैत्र २०८०, आईतवार
१८ चैत्र २०८०, आईतवार

वन दशक कार्यक्रमका लक्ष्यहरू

  • तराइ, चुरे तथा पहाडका नीजि, सार्वजनिक २६००० हेक्टर वन क्षेत्रमा पुनरोत्पादन संरक्षण तथा वृक्षारोपण गर्ने,
  • २ लाख हेक्टर वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन गर्ने,
  • निजि वन क्षेत्रको विकासमा कम्तिमा ३ गुणा वृद्धि गर्ने,
  • कूल क्षेत्रफलको २५ प्रतिशत भाग संरक्षित वन व्यवस्थापन प्रणालीभित्र ल्याउने,
  • वन डढेलो नियन्त्रणमा ९० प्रतिशत कमि ल्याउने,
  •  हरेक एक पालिकामा वन डढेलो नियन्त्रण दस्ता गठन गर्ने,
  •  हरेक जिल्लामा कम्तिमा ५÷५ चरिचरण मुक्त वन क्षेत्रहरू बनाउने,
  •  थप १० वटा जैविक मार्गको पहिचान, पुनस्र्थापन तथा व्यवस्थापन गर्ने,
  •  अतिक्रमण भएको वन क्षेत्र मध्ये कम्तिमा ५० प्रतिशत वन क्षेत्रको अतिक्रमण हटाइ पुनस्र्थापना गर्ने,
  •  कम्तिमा १० नगर क्षेत्रमा नगर उद्यान स्थापना गर्ने,
  • कार्यक्रम कार्यान्वयनबाट कम्तिमा १ लाख हरित रोजगारी सिर्जना गर्ने,
  •  वन उद्यम, दिगो वन व्यवस्थापन, कृषि वन सम्बन्धि सिपमुलक तालिम ५०० वटा संचालन गरि कम्तिमा १०००० अतिरिक्त दक्ष जनशक्ति उत्पादन गर्ने ।

नेपालको अर्थतन्त्र, कृषि र जीविकोपार्जनसंग वन जंगलको अति नजिकको सम्बन्ध रहदै आएको छ । वनले पर्यावरणीय सन्तुलनमा मात्र नभएर जनताको दैनिक आवश्यकताहरू पूरा गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले वन क्षेत्रमा मानिसको अत्यधिक चाप पर्ने गरेको छ । सरकारले करिब ६ दशक वन संरक्षणमा फरकफरक अभ्यास गर्दै आएपछि नागरिकलाई वन पैदावारमा आफैमा निर्भर बनाउन सकिएन र बन श्रोतको व्यवसायीकरण गर्न सकिएन भने वन संरक्षण गर्न नसकिने रहेछ भन्ने अनुभव संगालेर तत्कालिन वन मन्त्री महेश आचार्यको अवधारणा अनुसार वन मन्त्रालयले ‘वन क्षेत्रको दिगो विकास र संरक्षणको दशक, २०७१–२०८०’ (वन दशक) को अवधारणाको मस्यौदा तयार गरेको थियो । नेपाल सरकारले आ. व. २०७१/०७२ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख गरे अनुसार नेपाल सरकारले २०७१ कात्तिक १३ गते विसं २०७१ देखि विसं २०८० सम्मलाई वन दशक घोषणा गरेको थियो ।

वनक्षेत्रबाट टाढा रही ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायको दैनिक जीवनयापनका लागि अत्यावश्यक घाँस, दाउरा, काठ, जडीबुटी तथा गैरकाष्ठ वन पैदावार र वातावरणीय सेवा जस्ता अत्यावश्यक वस्तु एवं सेवा उपलब्ध गराउनुका साथै शहरी क्षेत्रमा समेत हरियाली प्रवद्र्धन गर्ने तथा दिगो वन व्यवस्थापन गरेर वन पैदावरको उत्पादन तथा वन क्षेत्रको उत्पादकत्व बढाउन, वन विनाश र अतिक्रमणविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्न, जलवायु परिवर्तनबाट हुने प्रभावसंग अनुकूलन हुन तथा युवालाई संरक्षण र विकासमा सहभागी गराउने उद्देश्यले वन दशक कार्यक्रम शुरु गरिएको थियो । देशव्यापी रूपमै वृक्षारोपण र वन विकासमा आम नागरिक लगायत विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रलार्ई उत्प्रेरित तथा परिचालन गरी हरियाली बढाउन तथा वन तथा भू–संरक्षण मन्त्रालयको दीर्घकालीन सोच “समृद्धिका लागि वन” को उद्देश्य प्राप्तिका लागि यो कार्यक्रम परिलक्षित रहेको पाइन्छ । एक घर एक रुख, एक गाउँँ एक वन, एक नगर अनेक उद्यान, निजी वन विकास तथा दर्ता प्रोत्साहन र जडीबुटी विकास कार्यक्रममा वन दशक कार्यक्रमले विशेष जोड दिएकोे छ ।

अहिलेसम्मको उपलब्धि

आर्थिक वर्ष २०७१/७२ देखि नै वन दशक कार्यक्रमलाई लक्षित गरि सरकारले बजेट विनियोजन गरि वन मन्त्रालयले कार्यक्रमहरू संचालन गर्दै आएको छ । वन दशक कार्यक्रमको अवधि करिब समाप्त भैसकेको छ र अहिलेसम्म कार्यक्रमले तय गरेका लक्ष्यहरूको प्रगति निकै कम रहेको वन मन्त्रालयकै तथ्यांकहरूले देखाउँछन । सरकारले निकै प्राथमिकता दिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम निकै आलोचित भएकोले सरकारले ७ वर्षमै खारेज गरिसकेको छ । वन दशकमा नीजि वन तीन गुणा वृद्धि गर्ने लक्ष्य राखिएको भएपनि वि.सं. २०७१ मा नेपालमा २५५८ वटा निजि वन दर्ता गरि २३६० हेक्टर वन ब्यवस्थापन गरेकोमा २०७९ फागुन सम्ममा नीजि वनको संख्या ५४६० वटा र नीजि वनले ओगटेको क्षेत्रफल ४४५१ हेक्टर मात्र पुगेको वन मन्त्रालयकै तथ्यांकले देखाएको छ । कार्यक्रम शुरु गर्दाको बखतमा २३.२३ प्रतिशत भूभाग संरक्षित क्षेत्रले ओगटेकोमा त्यो क्षेत्रफल अहिले २३.३९ प्रतिशत मात्र पुगेको छ । यद्यपी पछिल्लो समयमा डोल्पा जाजरकोट लगायतका क्षेत्रमा संरक्षण क्षेत्र स्थापना गर्न तयारि गरिरहेकोले संरक्षित क्षेत्रको क्षेत्रफलमा वृद्धि हुने सम्भावा देखिएको छ ।

वन दशक कार्यक्रमले वन डढेलो ९० प्रतिशत घटाउने कार्यक्रम राखेको भएपनि डढेलो लाग्ने दिनहरूको संख्या र मात्रा बढिरहेको छ । वन अतिक्रमण वन क्षेत्रको ठूलो चुनौती बनिरहेको छ । तथ्यांकमा वनको क्षेत्रफल ४४ प्रतिशत पुगेको भएपनि वन अतिक्रमण रोक्न र अतिक्रमित वन फिर्ता ल्याउन सकिएको छैन । कार्यक्रममा कम्तिमा ५० प्रतिशत अतिक्रमित वन फिर्ता ल्याउने लक्ष्य राखिएको भएपनि २०७९ सालमा पनि जम्मा १०४५४३ हेक्टर वन अतिक्रमण कायमै रहेको म.ले.प. को ६० औं प्रतिवेदनमा उल्लेख छ । जैविक मार्गमा नै बढी अतिक्रमण भएको र त्यहाँको अतिक्रमण हटाउन कठिन भएकोले जैविक मार्ग पुनस्र्थापनाको लक्ष्य हासिल हुन भने असम्भव नै देखिएको छ । हिमाली र पहाडी क्षेत्रमा बसाईसराईसंगै पशुपालन घटेको र तराईमा पनि वनमा चराउन लैजाने प्रचलन घटेकोले गर्दा वन क्षेत्रमा चरिचरनको समस्या भने १० वर्ष पहिले जस्तो अहिले छैन । कम्तिमा १० वटा नगर उद्यान स्थापना गर्ने लक्ष्य वन मन्त्रालयको कार्यक्रमले गर्न नसकेपनि पछिल्लो समयमा धेरै नगरपालिकाहरूले नगर उद्यान बनाउने योजना ल्याएकोले यो लक्ष्य भने पूरा हुने लक्षण देखिएको छ । वन दशकमा एक लाख हरित रोजगारी सिर्जना गर्ने कुरालाई प्रत्यक्ष मापन गर्न नसकिने र वनको व्यवस्थापनबाट सहज रूपमा यो लक्ष्य पूरा गर्न सकिने भएकोले यो लक्ष्य पूरा भएको अनुमान गर्न सकिन्छ ।
सरकारी नीति कार्यक्रम र बजेटमा वि.सं २०७१ दृखि नै वन दशकलाई सम्बोधन गरिएको भएपनि देश संघीय संरचनामा गएको अवस्थामा नीतिगत र कानुनी अस्पष्टताले गर्दा वन दशक कार्यक्रमले निर्धारण गरेका धेरै कार्यहरू अघि बढ्न सकेका थिएनन् । अहिले २०७५ यता नयाँ वन ऐन, नियमावली र वन नीति आईसकेका छन् । वन दशक कार्यक्रम शुरु भए लगत्तै देश संघीयतामा गएको र प्रदेशहरूले समयमै वन सम्बन्धि नीति तथा कानुनहरू नबनाएको र वनको अधिकारको बारेमा संघ, प्रदेश, स्थानिय तह र समुदायबीचमा विवाद आएकोले वन दशकका लक्ष्य अनुसारका कामहरू हुन सकेनन् । नेपालमा वन क्षेत्रको लागि नयाँ नयाँ कार्यक्रमहरू ल्याउने तर त्यसलाई सफल बनाउन ध्यान नदिने गर्नाले वन क्षेत्रबाट लाभ लिन सकिएको छैन । वन दशक अभियानको अवधि लगभग सकिएको छ । अव वन क्षेत्रमा कानुनी र संरचनात्मक अडचन पनि छैन । यस्तो अनुकूल अवस्थामा तिनै तहका सरकारहरू इमान्दार भएर लाग्ने र सबै सरोकारवाला जनतालाई वन दशकको आवस्यकता र कार्यक्रमको वारेमा बुझाउन सकियो भने वृक्षारोपण, नीजि वन विकास, नदी उकास क्षेत्रमा हरियाली, शहरी हरियाली वृद्धि जस्ता कार्यहरूमा जनसहभागिता अवस्यपनि बढ्नेछ । यस्तो कार्यले वन दशक कार्यक्रमले लिएका लक्ष्यहरू भविस्यमा पक्कैपनि केहि हदसम्म पूरा हुने आशा गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?