ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बुटवल नगरपालिका द्वारा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घर घरमा स्वास्थ्य परीक्षण

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ।

बुटवल ६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको शुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए। उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए। कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभई बाआमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने बताए।

नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए। चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए।

उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको बताए।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी लगायत विशेषज्ञ चिकित्सक, निजी अस्पतालहरुका चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइने उनले बताए। वडाहरुमा सञ्चालन भएका यस्ता अभियानले नागरिकको घरदैलोमै सेवा पुग्ने भएकाले लाभ लिन वडाध्यक्षहरु लोकनाथ न्यौपाने र यज्ञप्रसाद पंगेनीले बताए।

यो अभियानअन्तरगत यसअघि बुटवलका वडा नं २, ३, ११, १२ र १३ मा सञ्चालन भइसकेको छ भने बाँकीमा नियमित रुपमा सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?