ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य

१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्ज, १६ चैत ।

नेपालगञ्ज उपमहानगरपालिकामा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएपछि बर्षौंदेखिको समस्या अन्त्य भएको हो । नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्रको शुक्रबार संयुक्तरुपमा उद्घाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अस्थायी ट्रेन्च केन्द्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ ।

ट्रेन्च केन्द्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताए । नगर प्रमुख विष्टले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम टरेको बताऐ । “आज नेपालगञ्ज उपमहानगरपालिकाका लागि सुखद दिन हो, घरजन्य र स्वास्थ्यजन्य फोहोर ब्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो ब्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुःखाई थियो तर आज अस्थायीरुपमै भएपनि संरचना बनेको छ, यसले निकै सहज हुनेछ,” विष्टले भने–“स्थायी ट्रेन्च केन्द्र बनाउनका लागि डम्पिंग साइट क्षेत्रमै डिपीआर भएर काम अगाडि बढेको छ, संघीय सरकारसंग पनि सहयोग मागेका छौं, आशा छ त्यो काम पनि छिट्टै सुरु हुनेछ ।” अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उनले जानकारी दिए ।

एसएनभीकी वास टिम लिडर खवाजाले यसले नेपालगञ्ज उपमहानगरपालिकाको सुरक्षित दिसाजन्य लेदो ब्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरिन् । उनले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने दाबी गरिन् । २४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी केन्द्रको जग्गा पाँच बर्षका लागि लिजमा लिइएको छ । दुई विगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा खनिएका छन् ।

एसएनभीका कन्सल्टेन्ट इन्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाई, २ मिटर उचाई र १.२० मिटर चौडाई भएका खाल्डा खनिएका छन् । वरिपरि तारजाली लगाएर सुरक्षित बनाइएको छ । खड्काले द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण कार्य सम्पन्न गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?