ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता

चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरणन गरिसक्नुपर्ने
१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल, १५ चैत । नेकपा एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ । प्रदेश इन्चार्ज पदमा अर्याल,पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गोमा आचार्य तथा केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, एमाले लुम्बिनी
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामप्रसाद भट्टराइलगायतका नेताहरुको  आतिथ्यमा  बसेको जिल्ला कमिटीको दशौं पूर्ण वैठकले  अधिवेशनको मिति तय गरेको हो । वैठकले चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको उपसचिव हितराज पन्थीले जानकारी दिए । सदस्यता नवीकरण नगर्नेले उम्मेदवार हुन र प्रतिनिधि हुन नपाउने पन्थीले बताए । रुपन्देहीमा एमालेका पार्टी सदस्य १६ हजार ८८ जना छन् । यो संख्याबाट करिब ८ सय हाराहारी प्रतिनिधि चयन भई अधिवेशनका मतदाता हुन पाउने छन् । जेठ पहिलो हप्ता प्रतिनिधि छनोट भइसक्नेछन् । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति तथा पदाधिकारीहरुको संयोजकत्वमा अन्य विभिन्न उपसमतिहरु गठन भएका छन् । जसमा जनपरिचालन र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा उपसचिव चित्रबहादुर कार्की, प्रचार प्रसारमा अर्का उपसचिव हितराज पन्थी संयोजक रहेका पन्थीले जानकारी दिए । यस्तै जिल्ला सचिवको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन भएको छ । जसमा २ जना उपसचिव, ५ जना क्षेत्रीय संयोजक गरी ८ जना रहने छन् । अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने तर हुन नसके नलम्ब्याई तरुन्त निर्वाचनमा जानुपर्नेमा नेताहरुबीच समझदारी बनेको एक पदाधिकारीले बताए ।राजनैतिक प्रतिवेदन लेखन समितिको संयोजकमा अध्यक्ष के.सी र सदस्यहरुमा  यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, युवराज घिमिरे, बाबुराम
पन्थी, बेद गिरी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डेलाई जिम्मेवारी तोकिएको छ । यस्तै सांगठनिक प्रतिवेदन लेखन समितिमा यज्ञ गैरे, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको छ । यस्तै आर्थिक प्रतिवेदनमा यज्ञ गैरे, हितराज पन्थी, गोविन्द रेग्मी,बालकृष्ण पाण्डे र पुन्यप्रसाद सापकोटा, प्रतिनिधि ब्यवस्थापनमा यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको
प्रचार विभाग प्रमुख पन्थीले जानकारी दिए । यसैगरी प्रचार प्रसार समितिमा संयोजक हितराज पन्थी र प्रचार विभागका सबै
पदाधिकारी तथा सदस्यहरु रहेको समिति गठन भएको छ । यसैगरी स्वयंसेवक परिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा जनसंगठनका पार्टी जिल्ला कमिटीले तोकेका सबै इन्चार्जहरु रहेको समिति गठन भएको छ । अधिवेशनको मञ्च ब्यवस्थापनका लागि संयोजकमा यज्ञ गैरे, सदस्यहरुमा हितराज पन्थी, चोपलाल आचार्य, जिवलाल अर्याल, प्रेम सेन्चुरी, डिजाइन थापा, उत्तमकुमार श्रेष्ठ, सन्देश चापागाई, डिलकुमारी कुँवर, हरिसचन्द्र बिश्वकर्मा, सिता काफ्ले, कृष्ण पन्थी र चक्र थापा रहेको समिति गठन भएको छ ।
खाद्य ब्यवस्थापनमा संयोजक हितराज पन्थी र सदस्यहरुमा नरबहादुर थापा र सोहन थारु, अतिथि सत्कारमा संयोजक हितराज पन्थी र सदस्यहरुमा बिना राना, मधुकला कुँवर, उमा अधिकारी र मञ्जित यादव रहेको समिति गठन भएको छ । जनपरिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा क्षेत्रीय कमिटीका संयोजकहरु, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरु, पालिका
कमिटीका अध्यक्षहरु, जनसंगठनका जिल्ला अध्यक्षहरु रहेको समिति गठन भएको छ।  अनुगमन तथा मुल्यांकन समितिमा संयोजक दलबहादुर राना र सदस्यहरुमा दधिराम न्यौपाने, भुमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, गोमादेवि आचार्य, कमल गौतम र तेजेन्द्र के.सी रहेका छन् । जिल्ला कमिटीको १० औं अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड, प्रकृया तथा नयाँ कमिटीको संरचनालगायतका अन्य सम्पूर्ण विषयमा आवश्यक निर्णय गर्ने अधिकार कमिटीको सचिवालयलाई जिम्मा दिने निर्णय भएको एमाले जिल्ला सचिव गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?