ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

अर्गानिक कृषिमा शेषराम सर

११ चैत्र २०८०, आईतवार
११ चैत्र २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), १० चैत । “२०३४ देखि २०७४ सालसम्म जनकल्याण माध्यमिक विद्यालयमा शिक्षक शेषराम सर अहिले अर्गानिक कृषिमा लागेका छन् । उर्वर भूमि बिग्रिदै गएको प्रति चिन्तिन उनमा त्यसको सुधार कसरी गर्ने ? भन्ने चिन्ताले यसतर्फ डो¥याएको हो । जब रिटायर भएपछि खाली समय सामाजिक सञ्जाल यूटुव मार्फत उनले अर्गानिक कृषिको सीप पाएको हुन् । त्यसमार्फत भर्मि कम्पोष्ट (गड्यौला मल) कम्पोष्ट मल बनाउने तरिका पाएँ । घरमै मलको उत्पादन सुरु गरेपछि आफ्नै बारीमा प्रयोग गरेर विचार गरेँ ।”– शेषराम चौधरी (थारु) ले भने ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर–९, बकुलीपुर घर भएका थारु चार दशक अंग्रेजी शिक्षक भएर बुद्धभूमि क्याम्पसमा समेत अध्यापन गरे । २ बर्ष पहिले एक लाखमा गड्यौला खरिद गरी पशुको गोबर र स्थानीय स्रोत साधनको प्रयोग गरी अर्गानिक मल उत्पादनको सुरुवात गरेका थिए । आफूसँग यतिबेला भर्मि कम्पोष्ट, भर्मिवास र वेस्ट डि–कम्पोजर मल जस्ता तीन किसिमका उत्पादन उपलब्ध रहेको बताउँदै मल परिक्षणका लागि घरकै खेतबारी अन्नबाली तथा ड्राईगन लगायत फलफूलको बोट बिरुवामा प्रयोग गर्दा प्रभावकारी भएको उनको भनाइ छ ।
त्यसपछि मलको प्याकेज बनाई पूर्णरूपमा अर्गानिक उत्पादन गर्ने उद्देश्यले स्थानीय बजारमा उपलब्ध गराएका हुन् । भर्मि कम्पोष्ट र वेस्ट डि–कम्पोजर मल १ देखि ४० केजीको प्याकेटमा, भर्मिवास झोलमा पदार्थमा प्लास्टिक बोटलमा बजारमा उपलब्ध रहेको थारुले उल्लेख गरे ।
पछिल्लो समय केमिकलयुक्त खान प्रयोगलाई नियन्त्रण गरी आम नागरिकको स्वास्थ्यमा समेत सुधार हुने उनी बताउँछन् । खानसँगै वातावरण सुरक्षाग र्ने योजनाका साथ अघि बढ्ने उनको योजना छ । विदेशी तरकारी तथा अन्नबालीको आयत कम गर्नुको साथै स्वदेशलाई आत्मनिर्भर गर्दै स्थानीयलाई रोजगारी दिनेगरी थारुले ईको फ्रेन्डली अर्गानिक फर्म नामक संस्था समेत दर्ता गरेका छन् । देशमै केहि गर्नुपर्छ भन्ने सोँचले शेषरामले फर्म सञ्चालन गरेदेखि रासायनिक मलको प्रयोग नगरेको दाबी गरे ।

यस क्षेत्रमै नौलो कार्यको सुरुवता गर्दै गर्दा उनी स्थानीय सरकार र कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायको सकारात्मक सहयोग पाएका छन् । मेशिनरी उपकरण गड्यौला सहित उत्पादन सामग्री खरिद गरी करिब डेढ लाख लगानी गरी बार्षिक १० लाख आम्दानी गर्ने गरेको उनले बताए । देशलाई नै अर्गानिकतर्फ उन्मुख गर्न सबै लाग्न आवश्यक रहेको समेत जिकिर गरे । उनका अनुसार गड्यौला तथा मल अधिकांश कृषकले घरबाटै लाने र नेपालभरबाट माग हुने गरेको छ । अझैैपनि भर्मि कम्पोष्ट मल के हो भन्ने खालका प्रश्नहरू उठने गरेको अनुभव छ, उनी सँग ।

के हो भर्मि कम्पोष्ट वाग ड्यौला मल ?
गड्यौले मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मल हो । गड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन । खाएको ५–१० भागमात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गड्यौलाबाट तयार पारिएको भर्मि कम्पोष्टवा गड्यौला मल भनिन्छ ।

घरमै कसरी बनाउन सकिन्छ त गड्यौली मल ?
गड्यौलापालनकालागि १ मिटर चौडाई, ६० से.मीउचाई र ५ मिटर लम्बाई अथवालम्बाई आफ्नो आवश्कता अनुसारको पिट अथवा बिन तयार गर्नुपर्छ । भुँइ ढलान गरेर प्लास्टर पनिगर्नुपर्छ र हल्का भिरालो बनाई होंचो भागतिर १–२ इन्चको पाइप राख्नु पर्छ । आफ्नो स्रोत अनुसार, पिट जतिपनिबनाउन सकिन्छ, माथिबाट घामपानी बचाउन खर, परालवा प्लाष्टिकले छाउनु पर्दछ । सकेसम्म छानाबाट तातो नछिर्ने खालको अथवा घामको प्रकाशले तलतातो नहुने खालको बनाउनु पर्छ । गड्यौला राख्नुभन्दा पहिले १५ देखि २० दिन खाद लगाएर सेलाएको गोबरलाई प्रयोग गर्नुपर्छ । तल घाँस, परालवा सोत्तरको एक तह राखी त्यसमाथि सेलाएको गोबर एक तह राख्नुपर्छ ।यसो गर्दा सोत्तर राम्रोसँग भिजेको हुनुपर्छ । तह–तहबनाएर राख्नुपर्छ । माथिल्लो सतहमा गोबर मसिलो बनाएर राख्नुपर्छ (भएसम्म गोबर ग्यासको स्लरी राख्दापनि हुन्छ) । गोबर भरिएपछि एक छेउबाट गड्यौला छोड्नुपर्छ । गड्यौला धेरै भए फरक पर्दैन तर कम्तिमाप्रतिवर्ग फिट २ सयका दरले राख्नुपर्छ । गड्यौला छोडीसकेपछि माथिबाट जुटको बोरा राखीझाहरीको सहायताले पानी हाल्नुपर्छ ।त्यो बोरालाई चिसो बनाइराख्नुपर्छ । पिटमा जम्माभएको पानीजुनपाईपबाट बाहिर निस्किन्छ, त्यसलाई एउटा भाँडोमाजम्मा गरी पातलो हुदाँसम्म प्रयोग गर्न सकिन्छ । बाक्लो र गाढा भएपछि यसलाई पनिमलको रूपमै प्रयोग गर्न सकिन्छ । यसलाई भर्मीवास भनिन्छ ।

१ लिटर भर्मीवासमा ४ लिटर पानीमिसाई बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ । गड्यौलाको बेडिंगमा कुहिने गल्ने सबै कुराहरू राख्न सकिन्छ तर लसुन, प्याज, माछा, मासु साथसाथै प्लाष्टिक, नाइलन, ऊन जस्ता नगल्ने र नकुहिने वस्तुहरू राख्नु हुँदैन । गड्यौलाचिस्यान रुचाउने जीवहो त्यसैले गड्यौलाको बेडमा ६०–६५ प्रतिशत चिस्या नहुन आवश्यक हुन्छ । ३५ डिग्री सेल्सियस तापक्रमतथा १० डिग्रीभन्दा कमचिसोमा गड्यौला फस्टाउन सक्दैन र एकै ठाउँमा जम्माभएर गुडुलिकिन्छ ।

गड्यौलाले तलफर्किएर खान्छ र कास्टिङ माथि सतहमाबिसर्जन गर्छ । माथिल्लो सतहमा एक भित्ताजतिमल थुप्रिएपछि हल्कासँग सोरेर नजिकै छुटै पिट बनाएर मल थुपार्नुपर्छ । त्यसो गर्दा मलमा भएका गड्यौलाकाकोकनहरू ह्याच हुन पाउँछन् । नयाँ गड्यौलाहरू उत्पादन हुन्छन् । बेडिंगमा मलतयार भइसकेपछि ३ मिलिमिटरको चाल्नोले चालेर गड्यौला र मल छुट्याउनु पर्दछ ।

गड्यौलासँग गेडा मल र नपचेको मलतथाअन्य वस्तुहरू हुन्छन् । त्यसबाट गड्यौला छुट्टाउन उज्यालोमा लगेर प्लेन सिट वा प्लाष्टिकमा लामो पारेरथुप्राई बढी उज्यालो पार्न सकिन्छ । गड्यौला प्रकाश मन नपराउने भएकाले गड्यौलाजतितलजम्मा हुन्छन । माथिभएको मललाई सोरेर जम्मागर्न सकिन्छ । यसरी गड्यौली मल उत्पादन गर्न सकिन्छ । र गड्यौलालाई पुन ः प्रयोग गर्न सकिन्छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?