ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत, पक्षमा ४८,विपक्षमा २८ , राप्रपा र लोसपा तटस्थ >> संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस >> ‘बा–आमासँग नगरप्रमुख’ कार्यक्रमको प्रभावकारिता बढ्दै >> गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण >> वर्षको अन्तिम दिन,सुनको भाउमा नयाँ रेकर्ड >> म्यानमारमा सैन्य कुपछि ह्वात्तै बढ्यो गरिबी दर >> बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प >> वाणिज्य बैंकहरूले घटाए ब्याजदर >> एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै >> लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने >> कोरियामा देखेको कफीले जव प्रेमको ध्यान मोड्यो…! >> देश बचाउन कांग्रेस–एमाले मिलौंः डा. शेखर कोईराला >> पशु बधशालाः १५ वर्षदेखिको सपना पूरा हुँदै >> विद्यार्थीहरूलाई जोडौं भर्ना अभियानमा >> उजाडिएका गाउँघरमा छरौं– आशाको सुनौलो किरण >> पर्यटन केन्द्र बन्दै ‘गौतमबुद्ध राष्ट्रिय उद्यान’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सत्ता समिकरणमा प्वाल पारेर नेपाली कांग्रेस सत्तामा आउन चाहान्छ: पौडेल >> गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना >> हरेक परिवर्तन एमालेको विचारबाट निर्देशित : पद्मा अर्याल >> ठुलाखर्क सेवा समाज रूपन्देहीद्वारा भित्तेपात्रो विमोचन >> ‘सफा हिमाल अभियान २०२४’ को ध्वजारोहण समारोह सम्पन्न >> जेसीआई तिलोत्तमाको नया वर्ष शुभकामना तथा क्यालेण्डर विमोचन >> बिग्रिए सिसिटिभी, अपराधका घटनामा वृद्धि >> सुप्रिम सहकारी पीडितको गृहमन्त्रीलाई प्रश्न : जिबि र सागर कहिले पक्रिन्छन् ? >> अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि कर्णालीमा अभियान >> स्कलर्समा कक्षा १२ का विद्यार्थीलाई बिदाई >> नेशनल प्याथल्याब भयो आइएसओ प्रमाणीकरण (भिडियोसहित) >> आगलागी सम्बन्धी कृत्रिम घट्ना अभ्यास >> गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री >> `ई-ड्राईभ नेपाल´ को सेवा लुम्बिनीमा >> झाडापखाला नियन्त्रणमा ढिलाई किन ? >> अग्नी जोखिम व्यवस्थापनमा ध्यान दिने बेला >> कार्यालयमा नारा, वनमा डढेलो >> चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो >> ईद उल फित्रमा एमाले रुपन्देहीको शुभकामना >> इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना >> एसीसी प्रिमियर कपमा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सीमा क्षेत्रका वासिन्दासँग परिवारमैत्री वातवरण बनाउँदै सशस्त्र प्रहरी >> रुपन्देही ईभेन्टसको ईफतारीमा सहयोग >> बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा >> गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ >> नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ >> कोशीमा बैसाख ६ गते विशेष अधिवेशन >> होराइजन जिबिएसमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न >> राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे विजयी >> बुटवलको प्लान बी मा ‘न्यू ईयर ईभ’ >> भारतका ब्रेन मास्टर सुधिरलाई उपाधि

बाइडेन–ट्रम्प फेरि भिड्दै

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

काठमाण्डौ, ७ चैत ।  युवालाई नेतृत्वमा लैजानुपर्ने माग विश्वभर नै उठिरहेको बेला अमेरिकाको राष्ट्रपति बन्ने दौडमा भने युवालाई पछि पार्दै दुई बुढ्यौली नेताहरु मैदानमा उत्रिएका छन । मानविय विकास र आर्थिक विकासको हिसाबले अगाडी अमेरिका जस्तो देशमा समेत राजनीतिक दलले बुढ्यौली नेतालाई पत्याएको छ । सन १९४२ को नोभेम्बर २० मा जन्मिएका वर्तमान राष्ट्रपति बाइडेन जीवनका ८० वसन्त पार गरिसकेका छन । अर्का उम्मेदबार १९४६ जुन १४ मा जन्मिएका ट्रम्प बाइडेनभन्दा चार वर्ष कान्छा छन । ८१ वर्षमा टेकेका बाइडेनले बुढ्यौली उमेरका कारण आगामी राष्ट्रपतीय कार्यकालको जिम्मेवारी बहन गर्न सक्नेमा कतिपयले प्रश्न उठाइरहेका छन । तर डेमोक्रेटिक दलले भने उनैलाई पत्याएको छ । ट्रम्प आफ्नो प्रतिस्पर्धी निश्चित हुनु भने उनका लागि केही सहज भएको छ । २०१६ मा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराले चुनावी सफलता हात पारेका थिए । यसपटक भने उनले ‘मेक अमेरिका ग्रेट एन्ड ग्लोरियस अगेन’ को नारा अघि सारेका छन । कडा आप्रवासन नीतिको मूल मुद्दा त छँदै छ । ट्रम्पले मतदातासामु ‘सीमा बन्द’ गर्नेदेखि ‘कीर्तिमानी संख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्ने आश्वासन बाँड्दै आएका छन । अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्व मामिलामा ‘अमेरिका पहिले’ नीति उनले अघि सारेका छन ।

उता बाइडेन भने अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गर्न व्यस्त छन । महिलाहरूको गर्भपतन अधिकार संकुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासका विषयमा उनले निकै चासो देखाएका छन् । त्यसका साथै, ट्रम्प विजयी भएको खण्डमा ‘देश पछाडि फर्कने’ बाइडेनको दाबी छ । ‘हामीले एउटा गम्भीर वास्तविकताको सामना गर्दैछौं,’ उम्मेदवार बन्न आवश्यक पार्टी प्रतिनिधिहरूको गत साता समर्थन जुटाएपछि बाइडेनले भनेका थिए, ‘अमेरिकामा स्वतन्त्रता र लोकतन्त्र गृहयुद्धयताकै जोखिममा छ ।

दुवै नेताले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन आ–आफ्ना दलका तर्फबाट आवश्यक पर्ने प्रतिनिधिहरूको समर्थन जुटाइसकेका छन । विभिन्न राज्यमा भएको प्राइमरीमा ट्रम्पले १२ सय ७३ प्रतिनिधिको समर्थन जुटाइसकेका छन । रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्न कम्तीमा १२ सय १५ जना पार्टी प्रतिनिधिको समर्थन आवश्यक पर्छ । त्यस्तै, डेमोक्रेटिक दलबाट उम्मेदवार बन्न १९ सय ६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक हुनेमा २१ सय ७ प्रतिनिधि बाइडेनको पक्षमा उभिइसकेका छन ।

दुवै नेताले उम्मेदवार बन्ने दौडमा पार्टीभित्रबाट भने खासै कडा चुनौती सामना गर्नुपरेन । अघिल्लो राष्ट्रपतीय चुनावमा विजयी बाइडेन अर्को कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिने कतिपयको आकलन थियो । ट्रम्पले पनि रिपब्लिकन दलमा ‘कमब्याक’ गर्न सक्ने निकै झिनो आशा देखिएको थियो । तर चुनावी मिति नजिकिँदै गर्दा ट्रम्प पार्टीभित्र निकै हाबी भए र आफूलाई विकल्पविहीन उम्मेदवारका रूपमा उभ्याउन सफल भए ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । २०२० को चुनावमा बाइडेन ३०६ इलेक्टोरल मतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्पको पक्षमा २ सय ३२ मत परेको थियो । डेमोक्रेटिक दल विजयी भएको मेइन र रिपब्लिकन दलले जितेको नेब्रास्काबाट एक/एक इलेक्टोरल मत विपक्षी उम्मेदवारलाई गएको थियो । अमेरिकी राज्य क्यालिफोर्नियामा सबैभन्दा बढी ५४ र अलास्का, डेलावयर, मोन्टाना, नर्थ डकोटा, साउथ डकोटा, भर्मन्ट, बायोमिङ र डिस्ट्रिक्ट अफ कोलम्बियामा सबैभन्दा कम ३/३ डेलिगेट्स निर्वाचित हुन्छन् । २०२४ का लागि भने केही राज्यमा एकदेखि दुई इलेक्टोरल मत हेरफेर भएको छ ।

डेमोक्रेटिक दलको वर्चस्व रहेका राज्यलाई ‘ब्लु स्टेट्स’ का रूपमा चिनिन्छ । यो समूहमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावयर, हवाई, इलिनोइस, मेइन, मेरिल्यान्ड, मासाचुसेट्स, न्यु हेम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन, रोड आइल्यान्ड, भर्मन्ट, भर्जिनिया, वासिङ्टन र डिस्ट्रिक्ट अफ कोलम्बिया छन । त्यस्तै, मत परिणाम रिपब्लिकनको पक्षमा आउने ‘रेड स्टेट्स’ मा अलबामा, अलास्का, अर्कान्सस, इडाहो, इन्डियाना, आयोवा, कान्सस, केन्टुकी, लुजियाना, मिसिसिपी, मिजोरी, मोन्टाना, नेब्रास्का, नर्थ डाकोटा, साउथ डाकोटा, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनसी, युटा, वेस्ट भर्जिनिया र वायोमिङ छन ।

त्यसैगरी, एरिजोना, फ्लोरिडा, जर्जिया, मिसिगन, मिनिसोटा, नेभादा, नर्थ क्यारोलाइना, ओहायो, पेन्सिलभेनिया र विस्कन्सिन ‘स्वीङ स्टेट’ हुन । यी राज्यको नतिजाले नै समग्र राष्ट्रपतीय चुनावको मत परिणाम प्रभावित हुने निश्चित छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np