ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

विश्वमै दुर्लभ तीन महिने महायज्ञ निलकण्ठ बाबाधाममा चल्दै

हिन्दु धर्मावलम्बी एकपटक पुग्नैपर्ने धर्मगुरुहरुको सुझाव
२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

बुटवल,२० फागुन । बुटवलको निलकण्ठ बाबा धाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रममा विश्वमै पहिलोपटक तीन महिना लामो महायज्ञ सञ्चालन भएको छ । गत पुस १ गतेदेखि सुरु भएको महायाग सकिन १२ दिन मात्र बांकी छ । ३ महिने शिवशक्ति,११ अतिरुद्री, अचुतचण्डी, राष्ट्रकल्याण महायागमा हालसम्म १ लाख भन्दा बढि भक्तजनले दर्शन गरेका छन् । महायाग ७८ औं दिनसम्म आईपुग्दा १ लाख भन्दा बढि भक्तजनले दर्शन गरेको आयोजकले बताएका छन् । भगवान रामको पालामा बाहेक नेपाल भारत लगायत विश्वमा कहि कतै नभएको कठिन महायाग बुटवलमा भएकाले दर्शन गरी पुण्य लाभ लिन आयोजकले सबैमा अपील गरेका छन् । यहायागमा अभिशेक लिन छुटेका भक्तजनलाई यज्ञ स्थलमा आउन धामका सह अध्यक्ष चुरामणी पौडेलले आग्रह गरे ।

नेपाल राष्ट्र लगायत विश्व कल्याणको कामना गरेर धामकी संरक्षक माता देवमाया भट्टराईको संकल्पबाट आयोजना गरिएको कठिन र विश्वमा कहि हुन नसकेको महायज्ञको हिन्दु धर्मावलम्बीले एक पटक दर्शन गर्नुपर्ने यज्ञाचार्य डा राजेन्द्र रेग्मीको भनाइ छ ।

महायज्ञ प्रचारप्रसार समितिका संयोजक समेत खेमराज रेग्मीले यस्तो शक्तिशाली महायज्ञ बुटवलमा हुनु बुटवलको गौरब भएको भन्दै हिन्दु धर्मावलम्बीले दर्शन गर्नुपर्नेमा जोड दिए । महायागमा पुर्व राजा ज्ञानेन्द्र शाह,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायत विशिष्ठ ब्यक्तित्वहरूले दर्शन गरिसकेका छन् भने कतिपय अब आउने क्रममा रहेको धामले जनाएको छ । यो महायाग अति नै शक्तिशाली र कठिन अनुष्ठान भएको धामका संरक्षक तथा अध्यक्ष माता देवमाया भट्टराईले बताइन् ।

पछिल्लो समय धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित धाममा सञ्चालन भएको तीन महिने महायाग चैत ४ गतेसम्म चल्ने महायाग प्रचारप्रसार विभागका संयोजक गणेश पौडेलले जानकारी दिए । धाममा १३ औ पटक हुन लागेको महायागमा यज्ञआचार्य डा. राजेन्द्र रेग्मी र आचार्य हाकिम भण्डारी (वशिष्ट) लगायत १ सय २१ जना ब्राह्मणबाट ४ बेद , पुराणका उपासना पाठ मन्त्रजप भईरहेको छ । महायाग सम्पन्न गर्न करीब ४ करोड रुपैया खर्च हुने अनुमान रहेको आर्थिक उपसमितिका संयोजक लेख बहादुर कार्कीले जानकारी दिए । यहां कक्षा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गुरुकुलमा हाल ७५ जना छात्रहरु अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?