ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

लुम्बिनीको शिखर सम्मेलनबारे संघीय संसदमा उठ्यो प्रश्नः सम्मेलन रोक्न एमालेको माग (भिडियोसहित)

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

बुटवल, २० फागुन ।

यही फागुन २८ र २९ गते लुम्बिनीमा विवादकै विचमा हुन लागेको ‘अन्तराष्ट्रिय लौरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन’ रोक्न नेकपा एमालेले माग गरेको छ । एमालेबाट निर्वाचित प्यूठानका संघीय सांसद एवं पार्टीका पोलिटब्यूरो सदस्य सूर्य थापाले संघीय संसदमा विशेष समय माग गर्दै लुम्बिनी प्रदेश सरकारले गर्न थालेको उक्त सम्मेलन रोक्न माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय स्तरका सम्मेलन गर्ने क्षेत्राधिकार प्रदेश सरकार अन्तर्गत नरहेको बताउँदै थापाले लुम्बिनी प्रदेश सरकारले विवादित छविका दलाई लामालाई बोलाएर देशलाई द्वन्द्वमा झोस्न खोजेको आरोप लगाए । ‘मार्च १० तारिखका दिन दलाई लामाले चीन विरुद्ध तिब्बतमा विद्रोह शुरु गरेको दिनलाई सम्झेर शिखर सम्मेलन गर्ने प्रदेश सरकारको तयारी रहेछ’, नेता थापाले भने, ‘तर, यसबारे चौतर्फी विरोध भएपछि मार्च १० तारिख हटाइएको छ । यो सम्मेलन देशको हितमा छैन ।’

उनले पवित्र शान्तिभूमी लुम्बिनी प्रदेशकै मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धसँग पनि जोडिएको विषय भएकाले प्रदेश सरकारको ‘तजविजको’ मात्र कुरा नरहेको उल्लेख गरे । यस्ता कार्यक्रमको आयोजना संघीय सरकार र परराष्ट्र मन्त्रालयको सहभागितामा गर्नुपर्ने उनको तर्क थियो ।

‘प्रदेशमा परराष्ट्र मन्त्रालय नै छैन्, के को अन्तर्राष्ट्रिय सम्मेलन ?’, थापाले प्रश्न गर्दै भने, ‘यो सम्मेलनको बारेमा शंका गर्ने धेरै विषय छन् । लुम्बिनी प्रदेश सरकारले नेपाललाई सामरिक द्वन्द्वमा फसाउन खोजेको प्रष्ट हुन्छ ।’ उनले विवादित छविका दलाई लामालाई नै केन्द्रित गरेर सम्मेलन गर्न खोजेको समेत आरोप लगाए ।

संयूूक्त राष्ट्रसंघको वडापत्र, सार्क घोषणापत्र, पंचशिलको सिद्धान्त र नेपालको घोषित परराष्ट्र नीति विपरितका गतिविधि नगर्न समेत उनले प्रदेश सरकारलाई चेतावनी दिए । ‘यसबारे प्रधानमन्त्रीसँग प्रश्न मागिएको छ, तर जवाफ आएको छैन’, थापाले भने, ‘तर, मुख्यमन्त्रीसँग जवाफ माग्ने यो विषय नै होइन ।’ उनले शान्तिभूमी लुम्बिनी क्षेत्रलाई अहिंसाको बाटोमा नलैजान समेत प्रदेश सरकारलाई सुझाव दिए ।

शिखर सम्मेलनबारे लुम्बिनी प्रदेशसभामा समेत आइतवार एमाले सांसदहरुले विरोध जनाएका छन् । बैठकमा विरोध गर्ने भएपछि मुख्यमन्त्री डिल्ली बहादुर चौधरी प्रश्नको जवाफबाट भागेको एमालेका सांसदहरुले आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?