ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा
लुम्बिनीमा तेस्रो त्रिपिटक पाठ सुरु

बुद्धज्ञान शिक्षा विश्वव्यापी बनाउन पहल गरौँ : गृहमन्त्री श्रेष्ठ

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

लुम्बिनी,२० फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आईतबारदेखि शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका विच तीन दिने त्रिपिटक ९पाठ० को उद्घाटन गरेका हुन । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउनुपर्ने बताए ।

‘एउटा मेरो मनको इच्छा छ, प्रधानमन्त्रीसँग पनि छलफल गरेर बुद्धको मेन टिचिङ जुन छ, त्यसलाई विश्वव्यापी बनाउन ‘इन्टरनेशनल मेडिटेशन डे’ का रुपमा घोषणा गर्न संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्ने पक्षमा छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्र्तराष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको सुनाए । ‘कुन डे भन्ने कुरा छलफल गरौला तर मेरो ह«दयमा भएको ध्यान दिवसका बारेमा सरकारले प्रस्ताव लैजान्छ’ उनले भने ।

उनले मेडिटेशनलाई गृहमन्त्रालयले शुरुवात गरिसकेको समेत बताए । उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने बताए । ‘गृहमन्त्रालयमा १५ मिनेट ध्यान गरेर मात्रै काम गर्ने अभियान शुरुवात नै गरिसकेका छौं, अब कारागारहरुमा पनि ध्यानविधि शुरुवात गराउने अभियानमा छौं’ उनले भने ।

बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको आग्रह छ ।

‘बुद्धले आफ्नो बाटो आफैले हिडनुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसाथ गरेको छ’ उनले भने । तेस्रो अन्र्तराष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्वपूर्ण योगदान गर्ने उनले बताए । गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताए । विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक रहेको उनले बताए । त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफुले सहयोग गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले बुद्धको दर्शन र विचारलाई विश्वले अंगिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताए । उनले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाहरुको संग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए । उपाध्यक्ष डा। लामाले बुद्ध दर्शन नेपालको संस्कृती र परम्परा भएपनि विश्वले अंगिकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेकाले शान्तिको सन्देश फैलाउनका लागि सरकारले पहलकदमी गर्नुपर्ने बताए ।

उदघाटन समारोहमा चोकी निमा रिन्पोछेले बुद्व दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए । यस्तै उद्घाटन समरोहमा अखिल नेपाल भिक्षु महासंघका संघनायकरसंरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा। सुर्वणलाल ब्रज्रचार्य, नेपालका लागि श्रीलंकाका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्रिपिटक पाठमा छिमेकी देश भारत, श्रीलंका, थाइल्याण्ड तथा म्यानमारबाट समेत पाहुनाहरुको उपस्थिती रहेको थियो । तीन दिने पाठमा भारतका बैद्ध तिर्थस्थल बोदगया, सारनाथ, कुशिनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी सहित देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिती रहेको छ ।

अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रर्वद्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको आयोजकले जनाएका छन् ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । बर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन अन्र्तराष्ट्रिय बुद्धिष्ट ध्यान केन्द्रमा राखिएको प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?