ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

५० करोड लागतमा भैरहवामा पर्यटकलक्षित होटल ल्याण्डमार्क सञ्चालनमा

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

भैरहवा, २० फागुन ।

पर्यटकलाई लक्षित गर्दै भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । ५० करोड लगानीमा भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका–३ मा १० कठ्ठा क्षेत्रफलमा होटल सञ्चालनमा ल्याएका हुन् । पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।

२०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ ।

प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिएको बताए ।

भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठासहित सेवा सुरु गरेको जानकारी दिंदै उहाँले होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको बताए ।

होटेलको मुख्य विशेषता अधिकांश कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ । उनले निकट भविष्यमै एक बिघा क्षेत्रफलमा १० हजार स्क्वायर फुटमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको जानकारी दिए ।

पाण्डेका अनुसार भारतीय नागरिकलाई विवाह र भोज समारोह आयोजना गर्न आकर्षित गर्ने गरी हलको डिजाइन गरिने छ । उनले भने, ‘हलमा विवाह गर्दा भारतीय ग्राहकले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन हुनेछ ।’

उनले उक्त हल नेपालीलाई भारतीयभन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराई आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने योजना रहेको बताए ।

पाण्डेले भारत सरकारले हालै मात्र एकजना भारतीयले पाँच हजार डलर साथमा लिएर घुम्न पाउने कानून पारित गरेकाले होटेललाई वेडिङ डेस्टिनेशन बनाउन सहज भएको बताए ।

यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । सञ्चालक आशा गुरुङले होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?