ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यम

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

आजकाल शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यमको प्रयोग बढ्दो छ । कोभिड महामारी पछि हाम्रो जीवनका विविध आयाममा नयाँ सामान्य (न्यू नर्मल)को अवस्था सिर्जना भएको छ । शिक्षण सिकाई सहजिकरणमा अनलाइन र डिजिटल माध्यमको प्रयोग बढ्दो छ । कोभिड १९ महामारीको कारणले सिर्जना गरेको लकडाउन, निषेधाज्ञाका कारणले गर्दा शिक्षण सिकाईको वैकल्पिक माध्यमका रुपमा अनलाइन तथा भर्चुअल माध्यमबाट शिक्षण सिकाई सहजिकरण बाध्यात्मक भएको थियो । तत्कालिन परिस्थिती सँग जुध्न अल्पकालीन उपाएका रुपमा अवलम्बन गरिएको यस्तो शिक्षण पद्धती अहिले बिस्तारै नियमित बन्दै छ । सूचना, संचार तथा विज्ञान प्रविधिको विकास र बिस्तारसँगै हाम्रो जीवनपद्धतीमा बदलाब आएको छ । त्यसैले वर्तमान युगलाई सूचना र प्रविधिको युग भनिन्छ । साक्षरता सम्बन्धि परम्परागत परिभाषा पनि बदलिएको छ । सामान्य लेखपढ र हरहिसाब गर्न जान्नु नै साक्षर हुनु हो भन्ने परम्परागत मान्यता फेरिएको छ । डिजिटल साक्षरताको महत्व बढेर गएको छ ।
विश्व समुदायले शिक्षा प्रणालीमा धेरै खालका सामना गरिहनुपरेको छ यतिबेला । सन् २०२० मा युनेस्कोले सार्बजनिक गरेको प्रतिवेदनका अनुसार शिक्षण संस्थाहरु बन्द हुँदा विश्वभरीबाट करिब १.५ अरब विद्यार्थी र युवाहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित भए । वैकल्पिक माध्यमबाट हुने सिकाई सहजिकरणबाट दुरदराजका विपन्न वर्गका विद्यार्थी अझ धेरै समस्यामा परे । हाम्रो सार्बजनिक शिक्षाको दुरावस्था भएको कुरा बिभिन्न सञ्चार माध्यम र अध्ययन अनुसन्धानले उजागर गरेका छन् । तेसैपनि हाम्रो शिक्षाको पहुँच असमान थियो । दुई खालको शिक्षा व्यवस्था थियो । कोभिड १९ ले गर्दा यस्तो असमानता झन फराकिलो बनिरहेको छ । हामी यथास्थितिमा नै रहन खोज्छौं त्यसैले परिवर्तनलाई आत्मसात गर्ने कुरामा हामी सधैं अनिच्छुक देखिएका छौंैं । वर्तमान विश्वको यथार्थ गतिशीलता र परिवर्तन हो ।
प्रविधी, डिजिटल सीप र ज्ञान जान्न र सिक्नै पर्ने बाध्यता भएको छ यतिबेला । यद्यपी कोभिड आउनुभन्दा अघि नै २१औं शताब्दी सूचना, संचार र प्रविधीको संसार हुने अड्कल गरिएको थियो । नेपालमा पनि सूचना र संचारको क्षेत्रमा उल्लेख्य प्रगती त भएको छ । तर यी दुईलाई चलाउने प्रविधिको विकास, पहुँच र सर्वशुलभता भने अझै हुन सकेको छैन ।

के हो डिजिटल साक्षरता ?

इन्टरनेट र कम्प्युटरको आधारभूत प्रयोग गर्न जान्नु मात्रै डिजिटल साक्षरता होईन । आवश्यकताका आधारमा चाहिने सूचना प्राप्त गरि ती सूचनाहरुलाई व्यक्ति र समाजको हितमा प्रयोग गर्न सक्ने सीप नै डिजिटल साक्षरता हो । डिजिटल साक्षरता जीवनलाई सहज बनाउन प्रविधिबारे जान्ने, बुभ्mने र यसको प्रयोग गर्न सक्ने क्षमता हो । यसभित्र सूचना तथा सञ्चार प्रविधी सम्बन्धी प्राविधिक ज्ञान र सीप दुबै पर्छन् । सूचना प्रविधिको प्रयोग गर्ने, यसका सिमा, जोखिम आदि बुभ्mने र सावधानीका साथ प्रयोग गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । विभिन्न डिजिटल प्लेटफर्मलाई ठिक तरिकाले प्रयोग गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ । यसलाई आजभोली जीवनोपयोगी सीपको रुपमा लिने गरिन्छ र पाठ्यक्रममा समेत डिजिटल साक्षरता पाठ समावेश गरिएको छ । डिजिटल साक्षरताभित्र खास गरेर तीन पक्ष पर्दछन् –

पहिलो हो डिजिटल सामाग्री प्राप्त गरेर उपयोग गर्ने ।
दोस्रो हो– डिजिटल सामाग्री सिर्जना गर्ने र
तेस्रो हो –डिजिटल सामाग्री संचार वा वितरण गर्ने ।

अबका दिनमा प्रविधी परिवर्तन सबैखाले उद्योग र समाज रुपान्तरणको चालक शक्ति हुनेछ भन्ने प्रक्षेपण गरेका छन् विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस चबले । चौंथो औद्योगिक क्रान्तिको अवधारणा सार्बजनिक गर्दै उनी भन्छन् – ‘२१ औं शताब्दिको औद्योगिक क्रान्ति प्रविधीले गर्नेछ’ । जसरी पहिलो औद्योगिक क्रान्ती –वाष्प इञ्जिन, रेलमार्गको विस्तारले भयो, दोस्रो–बृहद् उत्पादन र विद्युतिकरणबाट भयो, तेश्रो –विद्युतिय सूचना प्रविधिको प्रयोग र कम्प्युटर,इनटरनेटको आविष्कारले भयो । त्यसैगरी अब चौंथो औद्योगिक क्रान्ती जुन निकट भविष्यमा हामी अनुभव गर्दै छौं यसले हाम्रो जीवनमा कहिल्यै अनुभव नगरिएको गती, मात्रा र बलमा परिवर्तन हुनेछ भन्ने चबको प्रक्षेपण छ । यसले हाम्रो मानव अनुभवको सारलाई प्रभावित गर्नेछ । सूक्ष्म एवम् उन्नत कम्प्युटरको विनिर्माणमा प्रयोग हुने सूक्ष्म प्राद्योगिकी (न्यानो टेक्नोलोजी), ब्रेन रिसर्च, थ्रि डी पेण्टिङ्ग, मोबाइल नेटवर्क र कम्प्युटिङ्गले अलि भिन्नै खाले वास्तविकता सिर्जना गर्नेछ जुन पहिले हाम्रो कल्पना बाहिरका कुरा थिए ।

हाम्रो जीवन र व्यवहारलाई पहुँचयोग्य, शुलभ र अनुकुल प्रविधिले परिवर्तन गर्दै गैरहेको हामी देखिरहेका छौं । अनुभव गरिरहेका छौं । विकसित भैरहेका नयाँ नयाँ प्रविधिले वर्तमान/समकालिन समयमा मानव विकास प्रभावित भैरहेको छ । सामाजिक मान्यता, राष्ट्रिय राजनीतिक धारणा देखि आर्थिक विकास र अन्तर्राष्टिय« सम्बन्धको विकासक्रममा प्रविधिले महत्वपूर्ण भूमिका खेलिरहेको छ । विश्वव्यापिरुपमा विस्तार भैरहेको समकालिन ‘प्रविधी संस्कृती’ लाई ‘सामाजिक–प्राविधिक परिकल्पना’ को रुपमा लिन सकिन्छ । आर्थिक इतिहास र राजनीतिक परिवर्तनसँग जोडेर हेर्दा खास गरेर सूचना, संचार र प्रविधी (आइसिटी)ले बजार, सूचना प्रवाह, रोजगार टे«ण्ड, वातावरणिय प्रभाव पर्नेछ र विश्वशक्ती सन्तुलनमा नै बदलाब आउँनेछ भन्ने दाबी गरेका छन् क्लाउस चबले आप्mनो पुस्तक –‘दि फोर्थ ईण्ड्रष्ट्रियल रिभोलुसन’मा ।
डिजिटल साक्षरता र अनलाइन पठनपाठन
विश्वविद्यालय तहमा पढाउने एकजना प्राध्यापक साथिले एकदिन जुम मिटिङ्गमा भन्दै हुनुहुन्थ्यो– अनलाइन भर्चुअल माध्यमबाट (माइक्रोसफट टिम्स) मार्फत विद्यार्थिलाई शिक्षण सिकाईमा सहजिकरण गर्दा एकजना पाका प्राध्यापकले विद्यार्थिहरुलाई नोट लेखाईरहनु भएको थियो । अर्का प्राध्यापकले मोबाइलले किताबको फोटो खिचेर त्यसैलाई स्लाईडमा देखाएर पढाएको पनि भेटियो । भर्चुअल अनलाईन कक्षामा पनि कक्षाकोठाको नियमित पठनपाठनमा जस्तै शिक्षकले भट्याउने अनि बिद्यार्थिहरुले चुपचाप सुनेर नोट लेख्ने गरेको पाइयो । बर्षौंको शिक्षण अनुभव संगालेका यस्ता थुप्रै शिक्षाकर्मीहरु अहिले अप्ठ्यारोमा पर्नुभएको छ । कम्प्युटर, ल्यापटपमा सामान्य टाइप गर्ने सीप समेत छैन कतिपयमा । अझ विशुद्ध नेपाली माध्यममा पढाउनेहरुले निकै असजिलो अनुभव गरेको कुरा सुनाउनुहुन्छ अनौपचारिक गफगाफको बेलामा । धेरैले पावर प्वाइन्ट स्लाइड बनाउने, इन्टरनेटबाट सामाग्री खोज्ने र आकर्षक तरिकाले डिजिटल यन्त्रको प्रयोग गरेर पठनपाठनलाई रोचक बनाउन सकिरहनुभएको छैन । यसरी डिजिटल साक्षरतामा बौद्धिक वर्ग समेत पछाडी देखिनु विडम्बना हो ।

पक्कैपनि परम्परागत रुपमा चक/डस्टर वा मार्कर/बोर्ड प्रयोग गरेर लेक्चर विधिबाट शिक्षण गरिरहेका धेरैलाई अहिले अनलाइन शिक्षण फलामको च्यूरा भएको छ । डिजिटल साक्षरता सीप नहुँदा शिक्षण सिकाई सहजिकरण बोझिलो हुनपुगेको छ । शहरका धेरैजसो नीजि शिक्षण संस्थाका शिक्षक/प्राध्यापकहरु त् जसोतसो प्रविधीमा अभ्यस्त हुन सिक्दैछन् । तर दुरदराजका ग्रामिण इलाकामा बस्ने विद्यार्थी र शिक्षकहरुसम्म प्रविधिको पहुँच पुग्न सकिरहेको छैन । पुगेका ठाउँमा पनि शुलभ छैन । सामाजिक र संवेगात्मक रुपमा अनलाइन सामाग्री विकास गर्दै पठनपाठनलाई प्रभावकारी बनाउने कार्य अझै चुनौतिपुर्ण छ ।

डिजिटल साक्षरता भित्र खास गरेर निम्न सीपहरु पर्छन्–
१ कुनै दृश्यको प्रयोगबाट वा देखाइएको कुनै दृश्यबाट पढ्न र सूचना प्राप्त गर्न सक्ने क्षमता –यसलाई फोटो भिजुअल साक्षरता भनिन्छ ।
२ पुनःउत्पादन साक्षरता– डिजिटल प्रविधिको प्रयोग गरी आप्mनो लागी नयाँ कामको सिर्जना गर्नु वा दुई वा दुई भन्दा बढी डिजिटल कार्यहरु जोडेर नयाँ मोडेल तयार गर्ने कार्य अर्थात् प्रविधिको प्रयोग गरी नयाँ एप्स तयार गर्नु ।
३ सूचना साक्षरता–विभिन्न वेभसाइटबाट आवश्यक सूचना खोज्नु, सूचनाको मूल्याङ्कन गर्नेजस्ता क्षमता विकास गर्नु ।
४.सामाजिक र संवेगात्मक रुपमा अनलाइन सामाग्री विकास गर्नु ।
औद्योगिक क्रान्ती पछिको करिब तीन सय बर्षको समयावधिमा मानवीय चाहनाहरु झन् बढ्दै र बिस्तारित हुँदै गएका छन् । विश्व्यापिकरणको वर्तमान युगमा संसारमा भैरहेका नयाँ नयाँ प्रयोग, विकासक्रम, विषय र छलफलबाट हामी टाढा रहन सक्दैनौं । समयानुकुल, जल्दाबल्दा विषयहरु आम सरोकारका विषयमा पर्नुपर्दछ । ज्ञानमा आधारित समाज वर्तमान विश्व व्यवस्थाको अर्थपूर्ण र महत्वपूर्ण विशेषता हो । समकालिन अर्थतन्त्रका प्रमुख क्षेत्रहरु ज्ञान उत्पादन र बिस्तारमा बढी निर्भर छन् । विज्ञान र प्रविधिमा भइरहेको तीब्र विकासका साथसाथै अप्रचलनले गर्दा ज्ञानमा निर्भर उत्पादन र सेवाका गतिविधिहरु विश्वव्यापी रुपमा बढ्दै गैरहेका छन् । जसलाई अर्थशास्त्र, समाजशास्त्र र व्यवस्थापनशास्त्रका समकालिन साहित्यमा ‘नलेज इकोनमी’ अर्थात् ज्ञानमा आधारित अर्थतन्त्र भनिन्छ । ज्ञानमा आधिारित समाजतर्फको संक्रमणकालमा छौं हामी यतिबेला । तसर्थ डिजिटल साक्षरता र ज्ञान शिक्षण सिकाईमा अवलम्बन गर्दै जानुपर्ने बाध्यता सिर्जना भैसकेको छ ।
भनिन्छ आवश्यकता नै आविष्कारको जननी हो । चुनौती सँगसँगै अवसरहरुले पनि पछ्याइरहेका हुन्छन् । डिजिटल साक्षरता सम्बन्धित उपर्युक्त सीपहरु सिकौं, बुझौं र डिजिटल्ली साक्षर बनौं । समयको पदचाप पछ्याउन सक्नेमात्र प्रतिष्पर्धामा खरो उत्रिन सक्छन् ।
(लेखक लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलमा अध्यापन गर्छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?