ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

नेताका सम्पत्ति शुद्विकरण गर्नुपर्ने

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

पाल्पा, २० फागुन । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखि प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने बताएका छन । मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारवाही नगरेसम्म देश समृद्धिको बाटो जान नसक्ने बताउदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएकाले सरकार गम्भिर भएर लागेको बताए । तानसेन नगरपालिकाले आयोजना गरेको तानसेन महोत्सव, २०८० उद्घाटन समारोहमा बोल्दै नेताहरू पारदर्शी हुन जरुरी छ त्यसैले सर्वसमतिले सम्पती छानविन गरेर सुशासन कायम गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधानसभा सदस्य लिला सोमै, प्रदेश सांसद विर बहादुर राना, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका उपाध्यक्ष सुमन गैरे, राप्रपा अध्यक्ष डुल बहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका कार्यवहक अध्यक्ष मोहन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका जिल्ला अध्यक्ष धनराज पौडेल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले तानसेन लाई चलायमान गराउने गरी महोत्सव संचालन हुनुपर्नेमा जोड दिए ।
कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित नगरपालिकाले फागुन १९ देखि २९ गतेसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा ३ सय भन्दा स्टलहरू रहेका छन् । महोत्सवले कृषि, पर्यटन, लघु तथा साना उद्यमी प्रोत्साहन गर्नुका साथै युवाहरूलाई बृत्ति विकास र रोजगार सम्बन्धी मार्ग निर्देशन र स्वरोजगार बनाउने प्रकृतिका प्रर्दशनी र अवसरहरू मेलामा राखिएको छ । सुव्यवस्थित पूर्वाधार पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी साँस्कृृति नगर भन्ने नाराका साथ शूरु भएको तानसेन महोत्सव तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रतिक्षा गाहा सिंजालीको धन्यवाद ज्ञापन र प्रवक्ता यादव सिंह कार्कीको संचालनमा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?