ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

वन्यजन्तु संरक्षणका चुनौतीहरू

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

जीवजन्तुहरूमध्ये घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पंक्षी, घस्रिने जन्तु (रेप्टायल्स), माछा, भ्यागुता जाति (एम्फिवियन्स) र कीरा फट्यांग्रा र फुल पार्ने जन्तुको फुल समेतलाई “वन्यजन्तु” भनि वन्यजन्तु संरक्षण ऐन २०२९ ले परिभाषित गरेको छ । अहिलेसम्म विश्वमा १७ लाख २९ हजार सात सय प्रजातिका जीवजन्तु र वनस्पतिहरू पहिचानं भएका छन् । नेपाल वातावरण प्रतिवेदन २०१९ का अनुसार विश्वमा हालसम्म पत्ता लागेका वनस्पतिहरूका प्रजातिहरू मध्ये ३.३ प्रतिशत अर्थात १२ हजार ४८० प्रजतिहरू र जीवजन्तु प्रजातिहरू मध्ये १.१ प्रतिशत ( ११,७०६ प्रजाति) नेपालमा पाइन्छन् । सानो क्षेत्रफलमा यति धेरै प्रजातिहरू पाइएकोले जैविक विविधताको दृष्टिमा नेपाल विश्वमा २५ औं र एसियामा एघारौं सम्पन्न राष्ट्र मानिन्छ ।
हिमाल, पहाड, तराइ अनि नदी र पहाडले बनाएका खोच, गल्छी, उपत्यका र बेसीले नेपाललाई जैविक विविधताको फैलावटमा महत्वपूर्ण भूमिका खेलेका छन् । जीवजन्तुको ठुलो हिस्सा वन जंगलमा नै रहेको छ । सबै वनमा कुनै न कुनै वन्यजन्तु प्रजातिहरू पाइने भएपनि धेरै वन्यजन्तुहरू राष्ट्रिय निकुन्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्र भित्र रहेका छन् । वन्यजन्तु संरक्षण ऐन २०२९ ले आसामी रातो बाँदर, सालक (२ प्रजाती), हिसपिड खरायो ,सोंस, ब्वांसो, हिमाली रातो भालु, हाब्रे (रेडपाण्डा), पाटे शिलु (लिङ्गसाङ), हुंडार, चरी बाघ (लेपर्ड क्याट), लिंक्स, ध्वांसे चितुवा, बाघ, हिउं चितुवा, जङ्गली हात्ती, गैंडा, पुड्के बँदेल, कस्तुरी मृग, बाह्रसिंगा, गोरवड्सन, योक नाक, अर्ना, नायन, कृष्णसार, चौका, चीलु गरि २७ वटा स्तनधारी जीव; कालो स्टर्क, सेतोस्टर्क, सारस, चीर, डांफे, मोनाल, खर मुजुर सानो खर मुजुर, ठूलो धनेश गरि नौवटा चरा र अजिङ्गर, घडियाल गोही, सुन गोहोरो गरि तीनवटा घस्रने जातका जन्तु (रेप्टायल्स) लाई संरक्षित वन्यजन्तुको सुचिमा राखेको छ । त्यसैगरी आइयुसियन (विश्व संरक्षण संघ) ले नेपालका ८४ प्रजातिका जिवजन्तुलाई संकटापन्न सुचिमा राखेको छ ।

पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिमा वन्यजन्तुहरू निकै महत्वपूर्ण मानिन्छन । वन्यजन्तुहरूले वनको पारिस्थितिक प्रणालीलाई संचालन गरिरहेका हुन्छन । वनको संरक्षण र विस्तारमा वन्यजन्तुहरूको भूमिका ठूलो हुन्छ । वन्य वनस्पति र वन छेउछाउका खेतबारीहरूमा लगाइने बालीहरूमा परागसेचन गरि वनस्पति उत्पादकत्व वृद्धि गर्न चरा, किराफट्यांग्रा, मौरीले सहयोग पुयाएका हुन्छन । बाघ, गैडा, अजिंगरजस्ता जीवले वन संरक्षणमा सहयोग गर्दछन । वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यताको रक्षा गर्दछन र पर्यटनमा सघाउँछ । नेपाल आउने अधिकांश पर्यटकहरू जंगल सफारी, पदयात्रा गरि गैडा, बाघ, हात्ती, चरा लगायतका जीवजन्तुहरू अवलोकनमा आफुलाई केन्द्रित गर्ने भएकोले नेपालमा पर्यटन विकासमा ठूलो मद्दत पुगिरहेको छ । मुलतः हिमाली र तराईका आदिवासीहरूको परम्परा र जीविकोपार्जन वन्यजन्तुसंग पनि सम्बन्धित भएको देखिन्छ । वन्यजन्तुहरूलाई मारेर वा तिनीहरूका अवयवहरू संकलन गरेर खाने, विक्री गर्ने कार्य मानव सभ्यताको विकासक्रम संगै चलिरहेको छ । जंगलका चरा, खरायो, बँदेल. हरिण र माछा लगायतका जीवहरू संकलन गर्ने परम्परागत अहिलेपनि नेपालका गाउघरमा चलिरहेकै छ । विश्वब्यापी रूपमै अहिले वन्यजन्तुहरू संकटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरी शिकारी, वन विनास, तिब्र शहरीकरण र प्रदुषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अंगहरूको ठूलो माग भएकोले विश्वभरी वन्यजन्तुहरूको शिकार गर्ने कार्य भैरहेको छ । संरक्षित क्षेत्रमा वन र सुरक्षा निकायको उपस्थितिले पछिल्ला वर्षहरूमा शिकारमा केहि कमी आएको भएपनि संरक्षण क्षेत्र भन्दा बाहिर र सुरक्षा निकायको पहुँच नभएको ठाउँमा व्यापारिक र घरायसी प्रयोजनको लागि वन्यजन्तुको शिकार भैरहेको छ । पछिल्लो समयमा नेपालमा चोरी शिकार भन्दा कमजोर वन व्यवस्थापन, प्रदुषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनाशले वन्यजन्तु विनाशमा मुख्य भूमिका खेलेको छ । सुकुम्बासीको नाममा जंगल विनाश भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका विरुवा र कन्दमूलहरू तथा मिश्रित प्रजातिका झाडीहरू निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हुदै गएको छ । रुख काटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहिरिने वनडढेलोको कारणले वन्यजन्तुको प्रजनन र वृद्धिमा प्रतिकुल असर पुगी वन्यजन्तुको संख्या द्रुत रूपमा घट्दै गएको छ ।

अचेल वन छेउछाउका खेतवारीमा किटनाशक विषादीको प्रयोग निर्वाध बढिरहेको छ भने शहरी क्षेत्र नजिकका वनहरू अघोषित डम्पिङ साइट बनिरहेका छन् । वनमा फ्याँकिएको फोहर वर्षादको पानीले वनमा छरिदा चरनक्षेत्र असुरक्षित बन्दै गएको छ । बाँच्नको लागि खेतवारीमा विषादीयुक्त अन्न, विषादीले मरेका साना जीव र वनको फोहर समेत खाँदा वन्यजन्तुहरू मर्ने क्रम बढिरहेको छ । पछिल्लो समयमा भूक्षयले वन क्षेत्रमा भएका पोखरी, ताल, खोल्सा र खोलाहरू पुरिदै गएका छन् । यस्ता कार्यहरूले वन क्षेत्रमा पानीको अभाव हुन् गई वन्यजन्तुको आहार विहारमा प्रतिकुल असर परिरहेको छ । वनमा सुरक्षित वासस्थान, आहारा र पानीको कमी भएपछि वन्यजन्तुहरू वन छेउछाउका वासिन्दाको घर, गोठ र खेतबारिमा पस्न थालेका छन् । वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने, पशुपन्छी मार्ने र बाली नष्ट गर्ने काममा बृद्धि हुदै जाँदा पछिल्लो समयमा वन्यजन्तु र मानिस विचका द्वन्द्वहरू समेत बढिरहेका छन् । खेतवारीमा आएका वन्यजन्तुलाई आक्रमण गरेर घाइते बनाउने, मार्ने कामले तिब्रता पाएको छ । वन्यजन्तु संरक्षण ऐन २०२९ कोे दफा २६ र वन ऐन २०७६ को दफा ४९ ले गैरकानुनी किसिमले वन्यजन्तु मार्न र वनमा शिकार खेल्न नपाइने कुरा उल्लेख गरेको छ । वन्यजन्तु मार्न नपाइने कानूनी व्यवस्था भएपनि नेपालमा वन्यजन्तु मारिने क्रम रोकिएको छैन ।
वन तथा कृषि प्रणालीको संचालन, सौन्दर्यता र पर्यापर्यटनमा महत्वपूर्ण भूमिका खेलेका वन्यजन्तुहरू मानिसका अमुल्य सम्पत्ति हुन् । चोरी शिकारले यी सम्पदाहरू संकटमा परिरहेका छन् । अज्ञानताको कारणले गरिव र विपन्न वर्गका मानिसहरूले तस्करहरूको स्वार्थमा वन्यजन्तु शिकार गरिरहेका छन् । चोरी शिकारलाई रोक्न र समुदायको आवश्यकता पूरा गर्नको लागि वन्यजन्तुको लागि वनमाथिको निर्भरता हटाउनको लागि सबैभन्दा पहिले वन नजिकका वासिन्दाहरूलाई आयआर्जनका स्थायी विकल्पहरू उपलब्ध गराउनुपर्छ । अहिलेको चुनौती भनेको वन्यजन्तुमा भैरहेको निर्भरतालाई घटाउदै यिनीहरूको संख्या विस्तार गर्नु हो । मानिस र समुदायलाई कारवाही गरेर र वन प्रवेशमा रोक लगाएर मात्र वन्यजन्तु संरक्षण गर्न सकिदैन । जसको लागि व्यक्तिगत वा सामुदायिक रूपमा वन्यजन्तुको पालन र उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्छ । वन्यजन्तु पाल्न पाउने गरि सरकारले ब्यवसायिकरूपमा वन्यजन्तु पालन, प्रजनन तथा उपयोग सम्बन्धि मापदण्ड, २०८० ल्याईसकेको छ । यो मापदण्डले रतुवा, चित्तल, बँदेल लगायतका ७ किसिमका स्तनधारी, सर्प, मगर गोही, कछुवा (संकटापन्य र अति संकटापन्य बाहेक), पाहा भ्यागुता र मयुर, कालिज, सुगा, मैना लगायतका २१ प्रजातीका चराहरू पालन, उपयोग तथा बेचबिखन गर्न पाउने ब्यवस्था गरेको छ । यो मापदण्डलाई नागरिकस्तरसम्म जानकारी दिन र कार्यान्वयनमा सहजीकरण गरेमा धेरै मानिसहरूले पशुपालन जस्तै गरि वन्यजन्तु पालेर उपभोग गर्न सक्छन, जसले गर्दा वन्यजन्तुको लागि वन माथिको निर्भरतालाई घटाउन सकिनेछ र वनका वन्यजन्तुहरूलाई सुरक्षित राख्न सकिनेछ ।

संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको छ । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोवास गर्ने समुदायहरूको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हँुदै आएको छ । हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदरलगायतका वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते) बालीनाली, घर, गोठको क्षति हुने गरेको छ । आ.व. २०७८/०७९ मा नेपालभरि वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ५८, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या ११६ रहेकोमा आ.व. २०७९/०८० मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३९, सामान्य घाइते संख्या ७२ र सख्त घाइते हुनेको संख्या १२४, घर÷गोठको क्षति ५३१ छ । यसरी वन्यजन्तुबाट भएको क्षतिको कुल १०४२६ वटा घटना दर्ता भएको छ । वन्यजन्तुबाट मानविय क्षति मात्र नभई मानविय कारणबाट वन्यजन्तुमा हुने क्षति समेत बढिरहेको छ । आ.व.२०७८/७९ मा २० वटा संरक्षित क्षेत्रहरूमा जम्मा ४५८ वटा वन्यजन्तुको मृत्यु भएको थियो । आ.व.२०७९/८० मा २० वटा संरक्षित क्षेत्रहरूमा जम्मा ५५८ वटा वन्यजन्तुको मृत्यु भएको थियो । तराईका संरक्षित क्षेत्रहरूमा मृत्यु हुने वन्यजन्तुको संख्या बढ्दो छ भने पहाड तथा हिमाली क्षेत्रमा यो संख्या तुलनात्मक रूपले कम देखिन्छ ।संरक्षण क्षेत्र बाहिर वन्यजन्तुले गरेको क्षति र वन्यजन्तुमा परेको क्षति यो भन्दा धेरै रहेको छ ।

अहिले नेपालमा वन संरक्षणका राम्रा अभ्यास र उपलब्धिहरू भएपनि वन संरक्षण गर्दा वन्यजन्तुलाई वेवास्ता गरिएकोले वन्यजन्तु संरक्षणमा कठिनाइ देखिएको छ.। वन्यजन्तुका प्रजातिहरू जोगाउदै यिनीहरूको संख्या विस्तार गर्नको लागि अहिले नेपालमा भैरहेको वन व्यवस्थापनलाई वन्यजन्तु मैत्री बनाउनु पर्छ । सामुदायिक र साझेदारी वनमा वन्यजन्तुको लागि विशेष स्थानको व्यवस्था, जैविक करिडोरहरूको निर्माण, प्रदुषण नियन्त्रण, डढेलो नियन्त्रण र वनक्षेत्रमा पानीको व्यवस्था जस्ता कार्यहरू गरेमा वन्यजन्तुलाई वनमा सुरक्षित राख्न सकिन्छ । वस्ती र खेतवारीमा वन्यजन्तुले क्षति पु¥याएमा सहज रूपमा क्षतिपूर्ति पाउने व्यवस्था गर्ने र किसानलाई वन्यजन्तुले नरुचाउने बाली लगाउन र त्यस्ता बालीको बजारीकरणमा सघाउने हो भने मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्वलाई घटाउन सकिन्छ । यस्ता कार्यक्रम ल्याउन सकिएन भने वन्यजन्तु मारिने र मासिने क्रम निरन्तर चलिरहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?