ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बाली उपचार चिकित्सामा मिश्र सरको व्यस्तता उस्तै

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

नवलपरासी, २० फागुन । लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाको जिम्मेवारी सम्मालिदै आएका बरिष्ठ उपसचिव अवकाश लिएर आफ्नै बाली उपचार चिकित्सा तथा उपचार केन्द्र सञ्चालनमा ल्याएका छन् । सरकारी सेवा गरेर अवकाश लिए पछि पनि आफ्नो ज्ञान र सिपलाई किसानका लागि उपयोगी हुने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा भूतपूर्व बरिष्ठ उपसचिव देवेश कुमार मिश्रले उक्त उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
पशु रोग सम्बन्धी विभिन्न सेवा केन्द्रमा चिकित्सक भएपनि बनस्पति जन्य बालीनालीमा आउने गरेको समस्यालाई कम आँकलन गरिने र समान्य लापर्वाहीले पनि किसानले नोक्सानी ब्यहोर्ने अवस्था अहिले पनि विद्यमान रहेको छ । लक्षणको आधारमा अहिले पनि उपचार गर्ने गरिएको छ, उनले भने, तर कारणको आधारमा उपचार गरियो भन्ने किसानको नोक्सानी हुँदैन वा कम हुन्छ । यसले गर्दा आफूले जानेको र अनुभवले सिकेको कुरालाई उपचार केन्द्र मार्फत किसानलाई सिकाउन सकिन्छ भनेर यो काममा लागेको उनको भनाई थियो । केन्द्रमा मसुरोको पात डढ्ने गरेको भन्दै उनका उपचार केन्द्रमा औषधी लिन आएका किसानलाई बालीको नमुना ल्याउन लगाएको बताए ।

सम्बन्धित किसानलाई कुनै रोग लागेर सो समस्या आएको हो कि भनि भ्रममा थियो । तर नमुना झिकाए पछि मसुरोको पातमा भित्रबाट स–साना मसिाना किराले पात खाने गरेको अवस्थामा भेटियो । मसुरोमा रोग नलागेर किरा पो लागेको भनेर किसानले थाहा पाए,जस्ले गर्दा किरा मार्ने विषादी लिएर गए । यदि अन्य समान्य एग्रो पसलमा लक्षणको आधारमा अन्दाजी औषधी लगेर झर्केको भए उल्टै बालीलाई नोक्सानी हुन सक्थ्यो, उनले भने, तर यसले गर्दा मानिस र पशुको चिकित्सा जस्तै बाली चिकित्सा पनि आवश्यक छ । बाली चिकित्सालाई उत्प्रेरित गर्नका लागि पनि आफूले उपचार केन्द्र खोलेको सुनाए । आफू अवकाश प्राप्त कर्मचारी हो । सरकारले आफुलाई सेवा निवृत्तिभरण (पेन्सन) दिइने गरेको छ । यदि घरमा मात्रै बसिदिएको भए पनि हुन्थ्यो, उने थपे,तर आफुले अहिलेसम्म सरकारी सेवामा रहेर प्राप्त गरेको ज्ञान र अनुभुति किसानलाई बाड्नका लागि यो उपचार केन्द्र खोल्ने योजना बनाएको हुँ ।

पेन्सन पाउने भए पनि किन काम गरिरहेका छन ? भनेर भन्ने मानिसको पनि कमि छैन् । तर सरकारी सेवामा पाएको अनुभव र ज्ञान वितरणका लागि भन्नेले जे सुकै भनुन् उनले भने,तर किसानको सेवा गर्न पाइएकोले आफू सन्तुष्ट छु । अहिले धेरै किसानमा यो जागरण आउन थालेको छ कि बालीमा देखिने समस्या त्यसै गएर औषधी वा विषादी ल्याउने र छर्कने काम छाड्नु पर्छ । खेतमै चिकित्सक बोलाएर परिक्षण गराई मात्र बाली उपचार गराउनु पर्छ वा नमुना जँचाएर उपचार गर्नु पर्छ । यस्ता कार्यक्रम स्थानिय सरकार र प्रदेश सरकार वा संघिय सरकारले पनि अगामी दिनमा बाली उपचारका लागि चिकित्सा सेवा उपलब्ध गराउन अभियान चलाउनु पर्ने उनको भनाई थियो । अवकाश पाउने वित्तिकै उनलाई रामग्राम नगरपालिको कृषि विज्ञ कार्यदलको संयोजक समेत नियुक्त गरेको छ ।

रामग्राममा आवश्यक परामर्श गरि अहिले आफ्नै उपचार केन्द्र प्रतापपुरमा सञ्चालनमा ल्याएको कार्य सराहनिय भएको सेवाग्राहीले समेत महशुस गर्न थालेका छन् । प्रतापपुर गाउपािलका ९ स्थित आसिर्वाद एग्रो सप्लायर्समा उपचार बाली उपचार गर्दै आएका मिश्रले भने, अहिले गाउपालिकाले आफ्नै माटो परिक्षण प्रयोगशाला पनि सञ्चालनमा ल्याउदैछ । त्यसमा समेत सहजीकरण गर्न सकिने उनको भनाई रहेको छ । लामो समय देखी बाली संरक्षण र प्लान्ट इन्सपेक्टरको रूपमा काम गरेका थिए । उनी केही समय आफ्नै जिल्लामा कृषि ज्ञान केन्द्रको प्रमुख भएर पनि काम गरेका थिए । तर सरकारी निकायमा बसेर काम गर्नु भन्दा अहिलेको अवकाश पछिको पनि किसानसँगको सहकार्य रमाईलो भएको अनुभुति सुनाएका थिए । किसानलाई सरकारी निकायबाट सेवा गर्न खोजे पनि धेरै विधि र प्रकृयाको जटिलता रहेको छ, उनले भने,तर अहिले आफ्नो विज्ञताले किसानलाई तुरन्तै राहत दिलाउने अवस्था देखिएको छ । किसानहरूको पनि सन्तुष्टि बढ्दै गएको छ । हाल दैनिक १० देखी १५ जना किसान आउने गरेका छन् । पछि किसानले सेवाबारे बुझदै गए पछि बढदै जानेमा आफु आशावादी भएको बताए । स्थानीय सरकारले पनि जसरी आधारभुत अस्पतालबाट मानिसको चिकित्सा सेवा दिईने तर्फ लागेको छ । पशु अस्पताल र क्लिीनिकहरू पनि खुल्नेक्रम छ, त्यसै गरि बालीका लागि पनि कृषि प्राविधिकलाई चिकित्सय पद्यतीको आधारभूत तालिम प्रदान गरि सञ्चालनमा ल्याउनु पर्ने उनको सुझाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?