ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

धार्मिक बसले बढायो श्रद्धालु

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

बुटवल, २० फागुन । बुटवलमा झण्डै ३ किलोमिटर दुरीमा रहेको छ सिद्धबाबा मन्दिर । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको यो मन्दिर निःशुल्क धार्मिक बस सञ्चालन गरेपछि श्रद्धालुहरूको संख्या समेत बढाएको छ । यो क्षेत्रमा निःशुल्क धार्मिक बस सञ्चालन गर्ने सिद्धबाबा मन्दिर एक मात्रै मन्दिर हो । बुटवल बजार देखि केही किलोमिटर दुरीमा रहेपनि सार्वजनिक यातायातको पहुँच भएपनि सहज रूपमा यात्रा नहुने गरेको कारण मन्दिर व्यवस्थापन समितिको निर्णयबाट बस सञ्चालन गरिएको हो । मन्दिरका तर्फबाट निःशुल्क बस चलाएर भक्तजनको सेवामात्र होइन, मन्दिरको आम्दानी पनि बृद्धि गरेको छ । स्थानीय श्रद्धालुहरूले आफू बसको यात्रा गर्दा केही न केही दान स्वरूप दान पेटीकामा चढाउने गरेको पाईन्छ । तर मन्दीरले यसलाई अनिवार्य गरेको छैन । वि.सं. २०७६ सालको शिवरात्रीको अवसरबाट यो मन्दीरमा धार्मिक बस सञ्चालनमा आएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शेरचनका अनुसार दैनिक १० ट्रिप बसले बुटवलदेखि मन्दीर सम्मको यात्रा गर्र्दै आएको छ । एक ट्रिपमा २० देखि २५ जना श्रद्धालुहरूले यात्रा गर्दा दैनिक एक तर्फीमा २५० आतेजाते गर्दा दैनिक ५०० जनाले यात्रा गर्दै आएका हुन ।
यसरी दैनिक ५ सय जनाले यात्रा गर्दा मासिक १५ हजार भन्दा श्राद्धालुहरूले यात्रा गर्दै आएका हुन । अध्यक्ष शेरचनका अनुसार मन्दीरमा बस सञ्चालन आएपछि धार्मिक रूपले सेवा गर्ने मौका समेत मिलेको बताउँछन् । उनी भन्छन्, यसमा नाफा घाटा भन्दा पनि हामी सेवा भावले सुरुवात गरेका हांै, बस सञ्चालन भएपछि मन्दीरमा श्रद्धालुहरूको संख्या बढ्दै गएको छ ।
बस नियमित रूपमा चल्ने भएको कारण श्रद्धालुहरूले अन्य सार्वजनिक बस कुर्नुपर्ने, चढ्नुपर्ने झन्झटबाट समेत मुक्त भएको कारण धेरैबाट यो कार्यको सह्राना समेत भएको अध्यक्ष शेरचनको भनाइ छ । मन्दिरले व्यवस्थापन गरेको धार्मिक बसमा शनिवारको दिन, अन्य चाडपर्व, मेला पर्वको अवसरमा भने नियमित ट्पि भन्दा बढि नै सञ्चालन गर्ने गरेको व्यवस्थापन समितिले जनाएको छ । श्रद्धालुको आवश्यकतालाई मध्यनजर गरेर ट्रिप समेत थप्ने काम गरिएको छ ।

बुटवलदेखि नजिकै रहेको यो ऐतिहासिक मन्दिरको आफ्नो विशिष्ट महŒव छ । धेरैको आस्थाको धरोहरका रूपमा रहेको यस मन्दिरमा दर्शनार्थीहरूको सधैँजसो घुइँचो लाग्ने गर्दछ । त्यसमाथि निःशुल्क बस चलाएपछि आफूहरूलाई धेरै सहज भएको भक्तजनहरूले बताएका छन् । मन्दीर व्यवस्थापन समितिले अहिले एउटा मात्रै बस सञ्चालनमा आएको र यसलाई थप्ने समेत योजना बनाएको थियो । श्रद्धालुहरूको चापलाई मध्यनजर गर्दै यसलाई थप्दै जाने योजना बनाएको भएपनि पछिल्लो समयमा भएको आर्थिक मन्दीको कारण भने तत्काललाई बस थप्ने योजना नभएको अध्यक्ष शेरचनले जानकारी दिए । तर श्रद्धालुको चाप बढ्दै गएमा अन्य रुटमा पनि बस सञ्चालन गर्ने योजना भएमा समितिले निर्णय गरेर बस थप्न सक्ने उनको भनाई छ ।

सिद्धवाबा मन्दिरको व्यवस्थापन समिति पाल्पाले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने ड्राईभर टोलबाट निःशुल्क रूपमा मन्दिर जाने आउने व्यवस्था सहित बस चलाएको छ । अझ वृद्धा, अशक्तदेखि विद्यार्थीका लागि बसले निकै ठूलो राहत प्रदान गरेको छ ।
खासगरी आफ्नै सवारी साधन नहुने र माईक्रो बस चढेर जानेहरू मन्दिरको बस कुरेर बस्ने गरेको पाईन्छ । बुटवलको योगीकुटी, मिलनचोक, ट्राफिक चोक, बुटवल बहुमुखी क्याम्पस अगाडि, गोलपार्क आदि ठाउँमा धेरै दर्शनार्थीहरू मन्दिरको बस कुर्ने गरेको पाईन्छ ।
बिहान प्रायः साढे ६ बजेतिर सिद्धबाबा मन्दिरले संचालन गरेको लु१क ४०५७ नम्बरको गाडी रूपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभर टोलबाट छुट्ने गर्दछ । उक्त बसमा बिहानको समयमा विद्यार्थीहरू पनि चढ्ने गर्दछन् । बस नभएका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरू समेत बिहानको समयमा सोही बस चढेर आफ्नो क्याम्पस जाने गर्छन । रुटमा पर्ने त्यस्ता विद्यार्थीहरूलाई पनि बुटवलसम्मको सुबिधा बसले दिएको छ ।

प्रायः शनिबार, सोमबार तथा विभिन्न तिथि एवम चाडहरूमा दर्शनार्थीहरूको भीड बढी हुन्छ । त्यस्ता महवपूर्ण दिनहरूमा भक्तजनहरू चोकचोकमा बस्ने हुनाले उनी चोकचोकमा हेर्दै तिलोत्तमाबाट निस्कन्छन् । सिद्धबाबा क्षेत्रमा माईक्रो र लामो दुरीका पाल्पा, गुल्मी, स्यांजा, पोखराला तिर जाने गाडी पाइएपनि समयमा नपाइने अनि भिड हुने र प्रायः लामो दुरीका बसहरूले सिद्धबाबासम्म यात्रु लैजान नमान्ने, लगे पनि सिटमा बस्न नदिने गर्दा यात्रुहरू आजित थिए । यस्तैमा मन्दिरले संचालन गरेको बसले धेरै भक्तजनहरूलाई लाभ दिएको छ । भक्तजनको सहजताका लागि २६ लाख ६० हजारमा २६ सिट क्षमताको टाटाको गाडी सञ्चालनमा ल्याइएको हो ।

यस्तो छ सिद्धबाबाको इतिहास :

दोभानको सिद्धबाबा–कुहिरेभिर क्षेत्र धेरै साधु सन्तहरूको तपस्या स्थल हो । ति धेरै साधु सन्तहरूमध्ये राजर्षि भर्तृहरि लोकमा प्रसिद्ध भए । सिद्धबाबाको रूपमा कहलिए । भर्तृहरि भारतको उज्जैनका चक्रवर्ति राजा थिए । उज्जैन अहिले भारतको मध्य प्रदेश राज्यमा पर्दछ । राजकाज, भोगविलास र गृहस्थी जीवनकै क्रममा भर्तृहरिलाई बैराग्य उत्पन्न भयो । बैराग्य बोधपछि उनी राजपाट त्यागी ध्यान र ज्ञानको खोजीमा उत्तरापन्थ हिमालय क्षेत्रतर्फ लागे । त्यसक्रममा गोरखपुर शहरस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथसँग दिक्षा लिई उत्तरापन्थतर्फ अघि बढे । त्यसक्रममा बुटवल–दोभान क्षेत्रको कुहिरेभिरको जङ्गलवीचको गुफामा बसे ।
तल तिनाउ नदी बगेकी, माथि जङ्गल बीचमा गुफा र गुफा वरीपरी लटरम्म फलफूल फलेका, गुफाक्षेत्रबाट कलकल झरना बगेकी, नजिकै मानव बस्ती पनि रहेको जस्ता विशेषता बोकेको उक्त गुफा साँच्चै सुन्दर र मनमोहक छ । यही गुफालाई भर्तृहरिले ध्यानका लागि उपयुक्त स्थल ठाने र यही गुफामा ध्यानमग्न भए । स्वयं भर्तृहरीले आफ्नो कृति बैराग्य शतकको श्लोक नम्बर ५४ मा लेखेका छन । ‘धार्मिक बस सञ्चालन गरेपछि श्रद्धालुहरूको सेवा गर्न पाएका छौ, उहाँहरूको सेवा नै धर्म हो, बस सञ्चालनमा आएपछि धार्मिक पर्यटक समेत बढ्दै जानुभएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?